इरान युद्ध बन्न सक्छ पेट्रोडलरमाथि अर्को धक्का
- जेष्ठ १, २०८३
देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने उद्देश्यले राजनीतिक पार्टीको स्थापना भएको हुन्छ । राजनीति सही हुन राजनीतिक सिद्धान्त सही हुन जरुरी हुन्छ । राजनीतिमा इमानदारिता र अनुशासन महत्वपूर्ण हुन्छ । राजनीतिक कार्यकर्ता इमानदार, अनुशासित, सभ्य र सु–संस्कृत हुनु आवश्यक छ । राजनीतिक कार्यकर्ताले व्यक्तिगत सम्पत्ति र घरपरिवारभन्दा पनि देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने क्षमताको विकास गर्दै जानुपर्छ । राजनीतिक कार्यकर्ताले सादा जीवन उच्च विचार बोकी देश र जनताको हितको लागि आफ्नो जीवन बलिदान दिन तयार हुनुपर्ने हुन्छ ।
राजनीति भनेको हुलदङ्ग होइन । राजनीति सबै नीतिहरूको प्रमुख नीति हो । निःस्वार्थरूपले देश र जनताको सेवा गर्नु नै जनताको राजनीति हो । आफ्नो वर्गीय शत्रु को हो ? वर्ग मित्र को हो ? भन्ने राजनीतिक ज्ञान, बुद्धि र विवेक भएको खण्डमा मात्र पार्टी नेतृत्वले पार्टीको सिद्धान्तअनुसार पार्टीलाई अगाडि बढाउन सक्छ । दलले सदैव सैद्धान्तिक र वैचारिक राजनीति गर्दछ । राजनीतिक पार्टीले आफ्ना कार्यकर्ता तथा जनतालाई स्वाभिमानी भई बाँच्न सिकाउँछ, देशभक्तिको भावना जागृत गराउँछ । सिद्धान्तमा अडिग रहन सिकाउँछ ।
राजनीतिक पार्टीहरू समाजका फरक–फरक वर्गको प्रतिनिधित्व गर्ने तथा एउटा न एउटा राजनैतिक दर्शनअनुसार आदर्श समाज निर्माण गर्न चाहने जनताका इच्छाहरूलाई अभिव्यक्त गर्ने सङ्गठित समूह हुन् । तर, वर्तमान स्थितिमा राजनैतिक पार्टीहरूको विरोध र सङ्घर्ष व्यक्तिगतरूपमा, आफ्नै पार्टीभित्र गुट–उपगुट देखिरहेको तीतो ययार्थ हाम्रोसामु ताजै छ ।
कम्युनिस्ट सिद्धान्त र विचारको सैद्धान्तिक विषयलाई बङ्ग्याएर तर्कबाट हारेका संशोधनवादीको बाटोमा अघि बढेका नक्कली कम्युनिस्टहरूले जनतालाई भ्रममा पारिरहेका छन् । ‘देशलाई पतनको दलदलमा’ घचेट्ने कामको निम्ति को–को जिम्मेवार छन् ? पारिवारिक स्वार्थसिद्धि गरी देशलाई दरिद्र बनाउने कार्यमा को को मुछिएका छन् भन्ने कुरा आफू संलग्न पार्टीका कार्यकर्ताले बुझ्न जरुरी छ ।
पँुजीवादी शासक दलका नेताहरूमा सिद्धान्तमा अडान नभएकै कारण तिनै दलका कार्यकर्ताको दुखेसो र आक्रोस सुनिन थालेको छ । पार्टी कार्यकर्ता पनि आफ्नो नेतृत्वको ढुलमुले प्रवृत्तिले गर्दा कुन बेला कुन दल र पार्टीको कार्यकर्ता हुँ भन्ने विषयमै अलमलमा परेको देखिन्छ । यस्तो अलमल र ढुलमुले विशेषगरी एमाले र माओवादी केन्द्रको एकताले बनेको ‘नेकपा’ का कार्यकर्तामा देखिएको हो ।
राजनीतिक दलको कार्यक्रम कुनै जात्रा वा रमाइलो गर्नको लागि अवश्य होइन । कुनै पनि दलले कार्यक्रम गर्नुको अर्थ केही नयाँ सन्देश दिन हो, गालीगलौज र व्यक्तिगत आरोपप्रत्यारोप लगाउन होइन । राजनीतिक सिद्धान्त बोकी जुलुसमा लागेको भन्दा पनि मासु भात, रक्सी खान पाइन्छ, घुमफिर र रमाइलो गर्नुका साथै भत्तासमेत पाइन्छ, ठेक्कापत्ता पाइन्छ भनेर जुलुसमा हिँडेको देखिन्छ । यस्तो स्थितिमा सर्वसाधारण जनतादेखि पार्टी कार्यकर्ताले समेत अनावश्यक दुःख पाइरहेका छन् ।
राजनीतिक दलका सभामा यस्ता विकृति देखिएपछि इमानदार तरिकाले देश र जनताको पक्षमा राजनीति गर्नुपर्छ, लड्नुपर्दछ भनेर राजनीतिमा लागेका नयाँ पुस्तामा निरासा एवम् राजनीतिप्रति नै वितृणा जागेको छ । आफूलाई कम्युनिस्ट भन्न रुचाउने यी दुई खेमाबीच गालीगलौजको दोहोरी चलिरहेको छ । सिद्धान्ततः यो असल राजनीति होइन । यो राजनीतिक चरित्र पनि होइन । शासक दलका नेताहरूको गैरजिम्मेवार र पाखण्डी व्यवहारले जनता आजित हँुदै छन् ।
सर्वोच्च अदालतको फैसलाबाट संसद्को पुनः स्थापना भयो । अदालतले नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरिदिएको छ । अदालतको उक्त निर्णयले नेकपाका नेता कार्यकर्ता झस्किएको स्थिति छ । नेकपा खारेज भएपछि नेकपाभित्र खैलाबैला हुनुका साथै नेतृत्व फेरबदल, भागबन्डाको दृश्य देखिरहेको छ । यतिबेला सिद्धान्त र वैचारिक छलफल झन् उठ्नुपर्ने हो । तर, त्यस्तो नभएर जिल्ला–जिल्लामा कार्यकर्ता कार्यकर्ताबीच झडप भइरहेका समाचारहरू अखबारले छापिरहेका छन् ।
कथित कम्युनिस्ट भनाउँदाहरू अन्य पुँजीवादी दलहरूजस्तै सत्तामा लिप्त भएर देश नै विखण्डन गर्नतिर अग्रसर देखिन्छन् । कुर्सीको लागि कुकुरझगडा गर्ने पुँजीवादी दलहरूको संस्कारलाई विस्तारवादी भारतले भजाउन निरन्तर सफल भइरहेको छ । पुँजीवादी शासक दलहरू भारतीय एकाधिकार पँुजीको अगाडि झुक्दै देशलाई नै नवउपनिवेशको चङ्गुलमा फसाउनेतिर उद्यत छन् । शासक दलहरूको यस्तो कमजोर अवस्थाको फाइदा उठाउँदै भारतीय विस्तारवादले नेपाली भूमिमा अतिक्रमण गर्नुका साथै धार्मिक, सांस्कृतिकरूपमा अतिक्रमण गर्दै आएको छ । तर, नेपालका शासक दलहरू आफ्ना व्यक्तिगत र दलगत स्वार्थपूर्तिका निम्ति जनताको आँखामा छारो हालेर भारतकै जयजयकार गरिरहेका छन् । कुर्सीको लागि कुकुर झगडा गर्ने पुँजीवादी दलहरूको संस्कारलाई विस्तारवादी भारतले आफ्नो अनुकूल खोजिरहेको छ । जुन देशभक्त नागरिकका लागि असह्य छ । यसरी नेताहरू स्वयम् आफ्नो व्यक्तिगत र दलगत स्वार्थमा अल्झिएको अवस्थामा ती दलका कार्यकर्ताबाट सच्चा देशभक्त, क्रान्तिकारी भावनाको आशा गर्नु मूर्खता हुनेछ ।
नेपालका शासक पार्टीहरू सरकार गठनदेखि चुनाव जित्न भारतीय एकाधिकार पँुजीसँग आत्मसमर्पण गर्दछन् । उनीहरूको आत्मसमर्पणले नेपाललाई भारतको नवउपनिवेश बनाउँदै छ । नेपाल मजदुर किसान पार्टीले शासक पार्टीको यो आत्मसमर्पणवादको विरोध गर्दै जनतालाई सचेत पार्दै आएको छ । नेमकिपा भारत र भारतीय जनताको विरोधी होइन । नेमकिपाले आफ्नो स्थापना कालदेखि नै भारतीय पुँजी र भारतीय विस्तारवादको थिचोमिचो र हस्तक्षेपको विरोध गर्दै आएको छ ।
नेमकिपाका अध्यक्ष रोहितले एक प्रसङ्गमा अन्तर्वार्ता दिँदै भन्नुभएको थियो– एमाले र माओवादी केन्द्रको एकताले देशले ठूलो पुँजीवादी पार्टीको सरकार बनाउन सहयोग गर्नेछ । ओली र प्रचण्डको सरकार प्रगतिशील सरकार नभएर भारतीय एकाधिकार पुँजीको सेवा गर्ने उद्देश्यले बनेको हो । नेकपाले जनतालाई भ्रममा पारेर सत्ताको स्वार्थ पूरा गरेको छ । पुँजीवादी पार्टीहरूलाई पालैपालो सत्तामा पु¥याउने ‘घोडा फेरेको’ हुन्छ । नेकपा पनि नेकांजस्तै पुँजीवादी पार्टी हो भन्ने प्रस्ट छ ।’ यसकारण आम सचेत जनता फेरि प्रश्न गर्दै छन्, भारतीय एकाधिकार पुँजीले फेरि नयाँ घोडाको खोजी गर्दै छ कि ?
नेपालको कम्युनिस्ट आन्दोलनमा राजनीतिक अपरिपक्वता र उत्ताउलोपन एउटा नकरात्मकरूपमा देखा परिरहेको छ । वैचारिक गम्भीरता र दूरदर्शिताको अभावमा कम्युनिस्ट आन्दोलनले ठूलो क्षति व्यहोर्नुपरेको छ ।
सिद्धान्ततः यो ओली नेतृत्वको सरकार पुँजीवादी सरकार हो । एक सन्दर्भमा कमरेड रोहितले पार्टी कार्यकर्तालाई प्रशिक्षण गर्दै भन्नुभएको थियो, “पुँजीवादी सरकार भनेको फोहोर पानीको पोखरी हो, त्यसमा नुहाएर हामी सफा हुन सक्दैनौँ ।” नेपालमा भएका परिवर्तनका हरेक जनपक्षीय आन्दोलनहरूमा यहाँका गरिब, मजदुर, किसान, युवा, महिला, विद्यार्थीलगायतको उल्लेखनीय भूमिका रहेको छ । यसकारणले पनि स्पस्ट छ कि हरेक कुराको निक्र्योल राजनीतिले गर्छ । जुन देशको राजनीतिक व्यवस्था ठीक ढङ्गले बढेको छ, त्यस देशले पनि चाँडै विकास गरेको छ । हरेक देशको प्रगति र दुर्गतिमा त्यस देशको राजनीतिक व्यवस्थाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
सच्चा कम्युनिस्टहरू बहुमत जनताको सेवा गर्नु नै देशमा पार्टी स्थापना गरेका हुन्छन् । देशको आमूल परिवर्तनको लागि लडिरहेका हुन्छन् । व्यापक कामदार जनतालाई सैद्धान्तिक, वैचारिक, सांस्कृतिक र राजनीतिकरूपले जनताको घरदैलोमा पुगेर सचेत र सङ्गठित गर्छन् । कम्युनिस्टहरू शोषितपीडित तथा गरिबहरूको स्वतन्त्रता र मुक्ति खोज्छन् । भ्रामक कुरा फलाकेर जनतालाई जालझेलमा पार्दैनन् । उनीहरू कुनै पनि लोभलालचमा फस्दैनन् । माक्र्सवाद–लेनिनवादलाई मार्गनिर्देशक मानेर एउटा कम्युनिस्ट पार्टी स्थापना भएको हुन्छ । कम्युनिस्ट कार्यकर्ताले राजनीतिक संस्कार सिकेका हुन्छन् । उनीहरूमा राजनीतिक चेतना बसेको हुन्छ । उनीहरू जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने भावनाले अगाडि बढेका हुन्छन् । कम्युनिस्ट कार्यकर्ता इमानदार, अनुशासित, परिश्रमी हुन्छन् ।
विडम्बना ¤ आफूलाई कम्युनिस्ट पार्टीका कार्यकर्ता भन्नेहरूले राजनीतिक संस्कार सिकिरहेका छैनन् । राजनीतिलाई गलत ढङ्गले व्याख्या विश्लेषण अराजक र सिद्धान्तहीन राजनीति गरिरहेका छन् । राजनीतिलाई मागिखाने भाँडो बनाइरहेका छन् । यसरी राजनीतिमा गलत मानिसको प्रवेश भइरहेको छ । निर्वाचनमा करोडौँ खर्च गर्ने र निर्वाचन जितेर सत्तामा गएपछि साँवाब्याज असुल्ने, चुनाव जित्नकै लागि चुनावमा जनतालाई आश्वासन दिने, जितेर गएपछि जनतालाई बेवास्ता गरी आफ्नै दुनो सोझ्याउने प्रवृत्ति आफूलाई कम्युनिस्ट दाबी गर्ने पार्टीहरूमा पनि देखिएको छ । यस्तो प्रवृत्तिले नेपालको राजनीतिमा विकृति विसङ्गति आउनुका साथै राजनीतिप्रति जनताको वितृष्णा जाग्नु, यस्तै गलत क्रियाकलापले गर्दा हो ।
जनता शोषक र शोषित दुई वर्गमा विभाजित छन् । वर्ग बाहिर राजनीतिक पार्टी हुदैन । वर्ग र जाति पनि राजनीति बाहिर छैन । कम्युनिस्ट घोषणापत्रमा उल्लेख भएझैँ ‘पुँजीपति वर्ग मजदुर वर्गका जन्मजात शत्रु हुन्छन् । नेपाली इतिहासमा राणाकाल, शाहीकाल, पञ्चायतकाल, प्रजातन्त्र र अहिलेको लोकतन्त्र भनिने यस राजनीतिक व्यवस्थामा नेपाली जनताले दुःख पाइरहेका छन् । पुँजीवादी गणतन्त्रमा उत्पादनका मुख्य–मुख्य साधनहरू केही व्यक्तिको कब्जाकै कारण गरिब नेपाली जनताले दुःख पाइरहेका छन् ।
वर्गविहीन र राज्यविहीन व्यवस्था ल्याउन, मजदुर र किसानको भेद हटाउन, गाउँ र सहरको भेद हटाउन, शारीरिक र मानसिक श्रमको भेद हटाउन, योग्यताअनुसारको काम र आवश्यकताअनुसारको सबै वस्तु पाउने व्यवस्था गर्न एक सभ्य र सुसंस्कृत समाज चाहिन्छ । यसको लागि समाजवाद हुँदै साम्यवादी समाज स्थापना गर्नुपर्दछ । समाजवादको अर्थ उत्पादनका मुख्य–मुख्य साधनहरू राष्ट्रियकरण वा सामाजिकीकरण हो, शिक्षा र स्वास्थ्य उपचारको निःशुल्क बन्दोबस्त हो र रोजगारीको सुनिश्चितता हो । उत्पादनका सामानहरूमा क्रमशः राष्ट्रियकरण गर्दै जानु नै समाजवादउन्मुख हो भने निजीकरणतिर अगाडि बढ्नु पुँजीवादलाई बलियो बनाउनु हो । कम्युनिस्ट सरकारले जनतालाई आत्मनिर्भरतामा जोड दिनुपर्ने हो । राष्ट्रिय पुँजीलाई जोड दिनुपर्ने हुन्छ । तर, यसको ठिक उल्टो पुँजीवादी दलहरू पुँजीवादी क्रान्तिलाई अगाडि बढाइरहेका छन् । बहुमत कामदार जनताको हक हित र अधिकार सुनिश्चित हुने व्यवस्था भनेको समाजवादी व्यवस्था हो । क्रान्तिकारी भूमिसुधार र ज्येष्ठ नागरिकहरूलाई आदर निकेतनको सुनिश्चितता सरकारले नै गर्दछ । कम्युनिस्ट सरकारले आत्मनिर्भरतालाई जोड दिनुपर्ने हुन्छ । राष्ट्रिय पुँजीलाई जोड दिनुपर्ने हुन्छ ।
एमाले र माओवादी नेपालको कम्युनिस्ट आन्दोलनको मूलधार दाबी गर्छन् । तर, ती दुवै पार्टीले पुँजीवादी सरकारको नेतृत्व गरे । पुँजीवादी पार्टीले पुँजीवादी क्रान्ति गर्छ । पुँजीवाद शोषणमा आधारित व्यवस्था हो । नेकपा नामको एमाले र माओवादी सरकारमा गए नेकांको कामभन्दा फरक नगरेको अनुभव नेपाली जनताको छ । एमाले र माओवादीको एकतादेखि विभाजनसम्म देशभित्र र बाहिरको परिस्थितिको दबाबले भएको कुरा अहिले सतहमा देखापरेको छ । अब ओली नेतृत्वको सरकारले पनि नेपाली काङ्ग्रेस, मधेसवादी दल र राप्रपाको सरकारकै भूमिका खेल्दै आएको जनताले अनुभव गर्दै छन् । यसतर्फ जनता समयमै चनाखो हुनुपर्ने समयको माग हो । यसैले जनता ठगिन र दुःख पाउनबाट जोगिनुपर्दछ ।
Leave a Reply