भर्खरै :

लानस्टिन ह्युगका तीन साना कविता

लानस्टिन ह्युग अमेरिकी कवि, सामाजिक अभियन्ता, उपन्यासकार, नाटककार र स्तम्भकार हुन् । उनी संरा अमेरिकी समाजमा व्याप्त रङभेदको विरोधमा हर्लिम पुनर्जागरणका नेता हुन् । उनले अफ्रिकी अमेरिकी जनतामाथि अमेरिकी सरकारले गरेको अत्याचार र विभेदको विरोधमा साहित्य लेखेका थिए ।
सपना –१
सपनालाई नमार
किनभने सपना मरे
जीवन पङ्ख काटिएको चरीजस्तो हुन्छ
जो उड्न सक्दैन ।
सपनालाई जान नदेऊ
किनभने सपना गएपछि
जीवन हिउँले छोपिएको
बाँझो जग्गाजस्तो हुन्छ ।
सपना–२
हराएका सपना कहाँ जान्छन् ?
के सपना घाममा किसमिसजस्तै सुक्छ ?
अथवा खतिराजस्तै पाक्छ
अनि फुट्छ ?
के सपना मासुजस्तै कुहिन्छ ?
अथवा
गुलियो पानीमा चिनीजस्तै
फुट्छ र पग्लिन्छ ?
हुन सक्छ त्यो कुनै भारीजस्तै
तल तल पिँधमा थिग्रिन्छ  ।
कि सपना पनि विस्फोट हुन्छ ?
म ईश्वर
म ईश्वर हुँ
एकैजना पनि कोही साथी नभएको
आफ्नै शुद्धतामा एक्लो,
कुनै अन्त्य नभएको संसार ।
तल पृथ्वीमा
युवा प्रेमीहरू
आपसमा अङ्गालो हालेर हिँड्छन्
तर म ईश्वर हुँ
म तल पृथ्वीमा जान सक्दिनँ ।
वसन्त !
जीवन भनेको प्रेम हो !
प्रेम भनेको जीवनमात्र हो !
एक्लै ईश्वर हुनुभन्दा
मानिस हुनु धेरै गुणा राम्रो हो ।

One response to “लानस्टिन ह्युगका तीन साना कविता”

  1. dasu says:

    लाङस्ताङ ह्युको सरल कविताको जतिल अनुवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *