इरान युद्ध बन्न सक्छ पेट्रोडलरमाथि अर्को धक्का
- जेष्ठ १, २०८३
विश्वकै एक शक्तिशाली र सुविधासम्पन्नमा गनिएको देश संरा अमेरिकाको शिक्षापद्धतिबारे सबैको चासो हुनु सामान्य नै हो । त्यसो त नेपालका उच्च अध्ययनमा अमेरिकाको शैक्षिक पद्धतिको सामान्य चर्चा नहुने होइन । तर, पनि विस्तृतरूपमा जानकारीको अभाव देखिएकोले अध्ययन र अनुभवका आधारमा यहाँ सामान्य चर्चा गर्ने प्रयास गरिएको छ ।
सङ्घीय शासन प्रणाली रहेको अमेरिकामा सङ्घीय सरकारले कुल बजेटको लगभग १० प्रतिशतमात्र शिक्षा क्षेत्रमा छुट्याउँछ भने राज्य सरकार र स्थानीय तहको दायित्वभित्र मूल शिक्षा क्षेत्र रहन्छ । मिनिसोटा भन्ने राज्यमा ८० प्रतिशत राज्य सरकार, १७ प्रतिशत स्थानीय सरकार र ३ प्रतिशत सङ्घीय सरकारले दायित्व बहन गर्छ । यही तथ्याङ्कबाट पनि अनुमान लगाउन सकिन्छ । यहाँको विद्यालय शिक्षा समुदायमा आधारित छ । हरेक समुदायमा छुट्टाछुट्टै Independent School Districts (ISD) हुन्छन् । उनीहरूले नै त्यस समुदायभित्रका विद्यालयहरू सञ्चालन गरेका छन् । यसले गर्दा सम्पन्न र विपन्नबीचको विभाजन रेखा अमेरिकामा स्पस्ट देखिन्छ । धनाढ्य, व्यापारिक घराना तथा शिक्षित व्यक्तिहरू बस्ने समुदायका विद्यालयको स्तर राम्रो हुन्छ भने त्यहाँ त्यहीअनुसारको कर लाग्छ, घर–जग्गामा महँगी हुन्छ भने गरिब विपन्न तथा अल्पसङ्ख्यक (अफ्रिकी–अमेरिकी, हिस्प्यानिक) को बसोबास धेरै भएको क्षेत्रका विद्यालयको नतिजा तुलनात्मकरूपमा कमजोर हुन्छ । किनभने, त्यहाँ न्यून कर उठाइन्छ, स्रोतसाधनको अभाव हुन्छ र शैक्षिक क्षेत्रमा लगानी कम गरेको पाइन्छ । त्यही कारणले अमेरिका विद्यालयको च्बलपष्लन (तथ्याङ्क हेरेर त्यो समुदायको चित्रण गरिन्छ भने घर खरिद गर्दा होस् वा बसोबास गर्दा त्यहाँको विद्यालयको Ranking लाई पहिलो प्राथमिकता दिएर हेर्ने गरिन्छ ।
विद्यालयहरूको Ranking गर्दा यहाँ राज्यस्तरबाट लिइने परीक्षाको नतिजा, विद्यार्थीको उपस्थिति दर, Graduation दर शिक्षकहरूको पेशामा टिकिरहने दर आदिलाई प्राथमिकतामा राखिन्छ । विद्यार्थीको मूल्याङ्कन हप्तैपिच्छे हुन्छ । त्यहीअनुसार औसतमा हप्तामा एकचोटि प्रगति मूल्याङ्कन गरिन्छ भने कक्षा ३–८ सम्म हरेक वर्ष गणितको वार्षिक परीक्षा हुन्छ । कक्षा ५ र ८ मा विज्ञानको वार्षिक परीक्षा, ७ र ८ मा अङ्ग्रेजी साहित्यको वार्षिक परीक्षा र ८ मा मात्र सामाजिक अध्ययनको वार्षिक परीक्षा लिइने गरिन्छ । माध्यमिक तहमा कक्षा ९ मा बीजगणित र जीवविज्ञान, १० मा अङ्ग्रेजी र अमेरिकी इतिहासको मात्र वार्षिक परीक्षा लिइने गरिन्छ । त्यसो त हरेक कक्षामा ४ वटा मूल विषय (अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षा) तथा खेलकुद, विदेशी भाषा तथा ऐच्छिक (कला, साहित्य, नाटक, सङ्गीत, वाद्यवादन आदि) विषयहरू हुन्छन् तर बाँकी विषयहरूको मूल्याङ्कन आन्तरिक मूल्याङ्कनबाट साप्ताहिकरूपमा गरिन्छ ।
प्रत्यक्षरूपमा हेर्दा विद्यालय शिक्षा निःशुल्क देखिए पनि अप्रत्यक्षरूपमा नागरिकले तिरेको घरजग्गा करको ठूलो अंश विद्यालय शिक्षामा लगानी गरिएको हुन्छ । रोचक त के छ भने तपाईँको कुनै सन्तान विद्यालय नगए पनि अनिवार्य कर तिर्नैपर्छ र तपाईँले तपाईँको समुदायको शिक्षामा लगानीको रूपमा हेरिन्छ । विद्यालयहरूले पाउने अनुदान विद्यार्थी भर्ना, उपस्थिति र विद्यालयको स्तरमा भरपर्ने हुँदा विद्यालयहरू यी कुरामा सधैँ सजग रहन्छन् । कुनै पनि अभिभावकको ५ वर्ष पुगेको सन्तान अनिवार्य विद्यालय भर्ना र १८७ दिनमध्ये कम्तीमा १७५ दिन उपस्थित हुर्नैपर्ने बाध्यता छ । बिनाकारण यसो नभएमा विद्यालयले अभिभावकका विरुद्ध उजुरी हाल्ने र जवाफ दिन अभिभावक अदालतसम्म पुग्नुपर्ने हुन्छ । चित्तबुझ्दो जवाफ नभएमा बच्चालाई Foster Care मा राखी अमेरिकी व्यवस्था भावी पुस्ता तयार पार्नका लागि बाल अधिकारलाई सुनिश्चित पार्दै सजग रहेको देखिन्छ ।
अमेरिकी विद्यालयहरूमा शैक्षिक विविधीकरण पनि लागू गरिएको पाइन्छ । हरेक विद्यालय अपाङ्ग मैत्री हुन्छ । त्यस्ता विद्यार्थीहरूलाई छुट्टै कक्षाकोठा, छुट्टै शिक्षक तथा सरलीकृत पाठ्यक्रमको व्यवस्था गरिएको हुन्छ । अङ्ग्रेजी मातृभाषा नहुने विद्यार्थीहरूलाई त्यहीअनुसार सरलीकृत गरिएको हुन्छ । पढाइमा अब्बल र तेज विद्यार्थीहरूको लागि Gifted and Talented भन्ने कार्यक्रम सञ्चालन गरी चुनौतीपूर्ण पाठ्यक्रम लागू गरिएको हुन्छ ।
शिक्षकहरू ८ घण्टे कार्यदिनमा बढीमा ४ घण्टा पढाउँछन् भने बाँकी ४ घण्टा प्रशासनिक कार्य गर्दछन्, जसअन्तर्गत विद्यार्थीहरूको कार्य मूल्याङ्कन, अभिभावक बैठक तथा कामहरू गर्दछन् । शिक्षकलाई तथ्याङ्कमा जोड दिएर अध्यापन गर्न लगाइन्छ । कुनै परीक्षाको नतिजाको आधारमा कुन विद्यार्थी कुन क्षेत्र र विषयवस्तुमा कमजोर छ त्यसमा जोड दिई त्यो विद्यार्थीलाई सबल बनाउन जोड दिइन्छ । त्यसैले यहाँ परीक्षाको नतिजा उत्तीर्ण, अनुत्तीर्णको लागि तथ्याङ्क र शिक्षण प्रयोजनको लागि प्रयोग गरिन्छ ।
अमेरिकाको विद्यालय शिक्षा ५+३+४ मा आधारित छ । अर्थात्, बच्चा ५ वर्ष पुगेपछि विद्यालय भर्ना हुन्छ र त्यसपछिको ५ वर्ष आधारभूत शिक्षा, ३ वर्ष निम्न माध्यमिक शिक्षा र ४ वर्ष माध्यमिक शिक्षाको संरचना रहेको छ ।
यसरी सरसरती हेर्दा अमेरिकाको शिक्षापद्धति बालमैत्री र भावी पुस्ता निर्माणको तयारीको रूपमा देखिन्छ । विद्यालय क्षेत्र राजनैतिक गतिविधि शून्यमात्र होइन शिक्षक, कर्मचारीहरू खुलेर कुनै दलको समर्थन वा विरोध गरे पनि कारबाहीको भागिदार हुनुपर्ने हुन्छ । तर, तटस्थरूपमा देश विदेशका राजनैतिक घटनाक्रमको विषयमा छलफल तथा विद्यार्थीलाई जानकारी दिन भने पाइन्छ । स्थानीय स्तरका चुनावहरूमा उम्मेदवारको एजेन्डामध्ये विद्यालय कसरी राम्रो बनाउने भन्ने सधँै प्रमुख एजेन्डा रहेको हुन्छ । समाजमा निश्चित समुदायभित्र बस्ने व्यक्ति प्रत्यक्ष अभिभावक भए पनि नभए पनि त्यस क्षेत्रको विद्यालय शिक्षासम्बन्धी सधैँ जानकार रहेको हुन्छ भने सरोकारवाला पनि स्थानीयप्रति त्यति नै जानकार रहेको हुन्छ । अमेरिकाको शिक्षापद्धति नेपालले नक्कल गर्न जरुरी नभए पनि सिक्न सक्ने धेरै क्षेत्र रहेका छन् ।
Leave a Reply