काठमाडौँ उपत्यकामा लागूपदार्थको कारोबार बढ्दै !
- बैशाख २८, २०८३
एमाले र माओवादी केन्द्रको कित्ताकाट सकियो । माओवादी केन्द्र अलग भएपछि त्यसभित्र नेताहरूको अन्तरकलह बाहिर प्रकाशमा आएको छैन । तर, एमालेभित्रको अन्तरकलह अहिले पनि सेलाएको छैन । यो कुरा केपी ओली पक्षधरको छुट्टै भेला र माधव नेपाल पक्षधरको छुट्टै भेलाले सङ्केत गर्छ । दुवै पक्षले एकले अर्कालाई टेरपुच्छर गरेका छैनन् । एकले अर्काको भेलालाई गुटगत भेला मानेको छ । एमालेका अध्यक्ष केपी ओलीले नेपालको गुटगत भेलामा सहभागी नेता र सांसदहरूमाथि कारबाही गर्ने चेतावनी दिएका छन् । माधव नेपाल कारबाही स्वीकार्ने पक्षमा छन् ।
केपी ओली पक्षधरले गरेको कार्यशैलीको आधारमा नेपाल पक्ष एमाले समानान्तर कमिटी या अन्तद्र्वन्द्व चर्काउने पक्षमा छ । ओलीको एकतर्फी निर्णय र कार्यशैलीलाई छुट नदिने पक्षमा नेपाल पक्ष रहेको छ । माधव नेपाल पक्षको एमालेले ओलीको भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । एमालेभित्रको यो द्वन्द्व कहिलेसम्म कहाँसम्म पुग्छ ? अन्तद्र्वन्द्व चर्काएरै छुट्टाछुट्टै राजनीतिक गतिविधि भइरहने हो वा अन्ततः पदको भागबन्डा गरेर एक हुने हो ? त्यो समयले देखाउनेछ । यी दुई बीचको अर्काे आन्तरिक द्वन्द्व प्रम ओलीको राजीनामा हो । ओली राजीनामा दिने पक्षमा छैनन् भने नेपाल राजीनामाको पक्षमा छन् । ओली अहिले पनि निर्वाचनको पक्षमा छन् । नेकपा कानुनतः विभाजित हुनुभन्दा अघि ओली पक्षधर र नेपाल–प्रचण्ड पक्षधरबीचको अन्तद्र्वन्द्व उत्कर्षमा पुगेको थियो । विभाजनको स्थितिमा पुगेको नेकपाको विवाद उत्कर्षमा पुगेको बेला अदालतको निर्णयले अन्ततः एमाले र माओवादी केन्द्र बने । एमाले र माओवादी केन्द्र अलगअलग भएपछि दुइटै पार्टी आ–आफ्नो बाटोमा लागे ।
हाल एमालेभित्र संस्थापन पक्षको नेतृत्व केपी ओली र असन्तुष्ट पक्षको नेतृत्व माधव नेपालले गरेका छन् । पहिले नेकपाका दुवै पक्षले पार्टी एकताको निम्ति, एकत्रित पार्टीलाई अझ सुदृढ बनाउन भनी एकले अर्कालाई आरोप प्रत्यारोप लगाएका थिए । त्यही स्थिति अहिले एमालेमा देखिएको छ । माधव नेपाल पक्षधर एमाले पार्टी एकताकै निम्ति राष्ट्रिय भेलाको आयोजना गरेको बताउँछ । पार्टीका राष्ट्रिय कार्यकर्ता भेला भएकै दिन ओली पक्षधर एमालेले संसदीय दलको बैठक बोलायो । उक्त भेलामा एकले अर्काेलाई गुटगत भेलाको गुटगत कार्यको आरोप लगायो । माधव पक्षले हाल देखिएको सम्पूर्ण समस्याको कारक केपी ओलीलाई भनेको छ भने ओली पक्षधरले माधव नेपाललाई भनेको छ । तर, एकले अर्कालाई जे दोषारोपण गरे पनि पार्टी एउटै हो, पार्टीको विचार एउटै हो । एमाले कम्युनिस्टको सिद्धान्त र विचार छोडेको पुँजीवादी पार्टी हो ।
Leave a Reply