नयाँ पुस्ताका प्रधानमन्त्री र मन्त्री बन्नु नै पर्याप्त होइन, विचार नयाँ हुनु जरुरी
- जेष्ठ २, २०८३
सार्स कोभ–२ भाइरस अर्थात् कोरोना भाइरसको महामारीले वर्षदिनदेखि सारा विश्वलाई त्राही त्राही पारिरहेको छ । विश्वभरि फैलिरहेको कोरोनाको दोस्रो लहर युरोप, उत्तर र दक्षिण अमेरिका र दक्षिण एसियालगायत सर्वत्र देखिन थालेको छ । कोरोना भाइरसविरूद्धको भ्याक्सिन सीमित मात्रामा तयार भएका छन् तर ती पनि अधिकांश धनी देशहरूले नै किनिसकेका छन् । बाँकी विश्वका लागि कोरोना भ्याक्सिनको हाहाकार अति पीडादायी बनेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिलेसम्म विश्वका जम्मा १ सय २२ देशमा मात्रै कोरोना भ्याक्सिन पुगेको छ । सयौँ अन्य देशहरूको अझै पनि भ्याक्सिनमा पहुँच छैन । भ्याक्सिन पुगेका देशहरूमा पनि आवश्यक मात्रामा भ्याक्सिन पुग्न सकेको छैन । नेपाल पनि यस्तै अवस्थाबाट गुज्रिरहेको छ । नेपाल सरकारले एक सूचना जारी गरी पहिले घोषणा गरिएको ५५ वर्ष माथिका नेपाली नागरिकहरूलाई खोप दिने प्रक्रिया हाललाई स्थगित गरेको छ । खोपको उपलब्धता सुनिश्चित भएपछि मात्रै ५५ वर्षमाथि उमेर समूहका व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप उपलब्ध गराइने सरकारले जनाएको छ । ६५ वर्षभन्दा माथिको उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप उपलब्ध गराउने समयसीमा चैत ३ गते नै सकिएको छ । उक्त समयसीमा सकिएपछि अर्को दश दिन ५५ वर्षदेखि ६४ वर्षको उमेर समूहका व्यक्तिलाई खोप दिने बताइएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा विभिन्न तीन खेप गरी २३ लाख ४८ हजार भ्याक्सिनमात्रै आएका छन् । यसमध्ये चैत ३ गते साँझसम्म झन्डै १७ लाख भ्याक्सिन वितरण भइसकेका छन् । भ्याक्सिनको पहिलो खुराक दिएका मानिसलाई दोस्रो खुराक दिन सरकारसँग अब पर्याप्त भण्डारण छैन । दोस्रो खुराकका लागि झन्डै ११ लाख डोज भ्याक्सिनको अभाव भइसकेको छ । नेपालमा आएको कोभिसिल्ड भ्याक्सिनको उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले नेपाल सरकारले अग्रीम बुकिङ्ग गराएको भ्याक्सिन आपूर्ति गर्न असमर्थता जनाइसकेको छ । भ्याक्सिनको पहिलो खुराक लिएका मानिसलाई दोस्रो खुराक आवश्यक छ । दोस्रो खुराक नलिए पहिलो खुराकको कुनै अर्थ नै रहँदैन । दोस्रो खुराकको लागि नै सरकारलाई झन्डै ११ लाख डोज थप भ्याक्सिन आवश्यक भइसकेको छ । पहिलो खुराकमा कुनै एउटा कम्पनीको भ्याक्सिन लिएका व्यक्तिले दोस्रो खुराकको रूपमा अन्य कम्पनीको भ्याक्सिन लाउन उपयुक्त हुन्छ कि हुन्न ? कसैलाई थाहा छैन किनभने कोरोना भाइरस नयाँ हो, यसविरूद्धका भ्याक्सिन पनि नितान्त नयाँ हुन् । कसैलाई थाहा छैन । विश्व स्वास्थ्य सङ्गठनलगायत विश्वको कुनै प्रतिष्ठित स्वास्थ्य संस्थाहरूले यसबारे कुनै प्रकारको केही सन्देश प्रवाहित गरेका छैनन् ।
कोभिसिल्डको पहिलो खुराक लाएका व्यक्तिलाई यसै भ्याक्सिनको दोस्रो खुराक समयमै दिने । सरकार र मन्त्रालयको चरम लापरबाहीका कारण देश यसमा असफल हुने देखिएको हो । भ्याक्सिनको अनुपलब्धताबारे सबैलाई नै थाहा छ । देशमा भित्रिएका २३ लाख ४८ हजार खुराकलाई २ ले भाग गरी हुन आएको सङ्ख्याभन्दा बढी व्यक्तिलाई खोप लाउने मूर्खता गर्नुहुन्न थियो । अब कोरोना भ्याक्सिन व्यवस्थापनमा सरकारको असफलता छर्लङ्ग भइसकेको छ । यस्तो परिस्थितिमा नेपाललाई यदि सिरम इन्स्ट्च्यिुट अथवा भारत सरकारले अविलम्ब ११ लाख थान भ्याक्सिन नदिए ठूलो मानवीय अपराध हुन्छ ।
यस्तो परिस्थितिमा नेपालमा पहिलो खुराकका रूपमा कुनै कम्पनीको भ्याक्सिन लिएका व्यक्तिले दोस्रो खुराकका रूपमा फरक कम्पनीले उत्पादन गरेको खोप लिनुबाहेक अन्य कुनै विकल्प रहँदैन । नेपाल सरकार, देशको स्वास्थ्य मन्त्रालयको गहन दायित्व नै हो– कोभिसिल्डको पहिलो खुराक लाएका व्यक्तिलाई यसै भ्याक्सिनको दोस्रो खुराक समयमै दिने । सरकार र मन्त्रालयको चरम लापरबाहीका कारण देश यसमा असफल हुने देखिएको हो । भ्याक्सिनको अनुपलब्धताबारे सबैलाई नै थाहा छ । देशमा भित्रिएका २३ लाख ४८ हजार खुराकलाई २ ले भाग गरी हुन आएको सङ्ख्याभन्दा बढी व्यक्तिलाई खोप लाउने मूर्खता गर्नुहुन्न थियो । अब कोरोना भ्याक्सिन व्यवस्थापनमा सरकारको असफलता छर्लङ्ग भइसकेको छ । यस्तो परिस्थितिमा नेपाललाई यदि सिरम इन्स्ट्च्यिुट अथवा भारत सरकारले अविलम्ब ११ लाख थान भ्याक्सिन नदिए ठूलो मानवीय अपराध हुन्छ । नेपाल सरकारले अब कुनै ढिलासुस्ती नगरी यस स्थितिलाई प्रस्टरूपमा राखी सिरम इन्स्टिच्युट र भारत सरकारसँग कुराकानी गर्ने पहल गर्नु अत्यावश्यक छ । अर्कोतर्फ सरकारले चीन सरकारबाट अनुदानमा मिलेको ५ लाख डोज र थप सिनोभ्याक खोपका खरिदका लागि चीन सरकारसित र स्पुटनिक भी खोपका लागि रूस सरकारसित पनि गम्भीर कुराकानी गर्न आवश्यक छ । केही प्रतिशत जनसङ्ख्याले मात्र खोप लगाउनुको कुनै अर्थ रहँदैन, कारोनाको महामारी फैलिने जोखिम कायमै रहन्छ ।
Leave a Reply