नयाँ पुस्ताका प्रधानमन्त्री र मन्त्री बन्नु नै पर्याप्त होइन, विचार नयाँ हुनु जरुरी
- जेष्ठ २, २०८३
भक्तपुर, ८ चैत । लेखक श्यामकृष्ण खुलीमुलीको शनिबार राति निधन भएको छ । लामो समयदेखि हेपाटाइटिस ‘बी’ रोगबाट बिरामी पर्नुभएका खुलीमुलीको शनिबार राति नै पशुपतिमा दाहसंस्कार गरिएको परिवारले जनाएको छ ।
उहाँले विशेषतः बालसाहित्यको क्षेत्रका कलम चलाउनुभयो । उहाँका दर्जनभन्दा बालसाहित्य, साहित्यिक र जीवनीपरक पुस्तक प्रकाशित छ । ‘अञ्जुलीभरिको घाम’ कवितासङ्ग्रह उहाँको पहिलो प्रकाशित कृति हो ।
सूर्यविनायक नपा गुण्डु किवाचोक निवासी खुलीमुलीले भक्तपुरको बासु माविबाट एलएलसी उत्तीर्ण गर्नुभएको थियो । उहाँ विद्यार्थी हित समिति भक्तपुर जिल्ला समितिका सदस्य हुनुहुन्थ्यो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उहाँ नेपाल मजदुर किसान पार्टीको तर्फबाट सूर्यविनायक नपा वडा नं मा वडाध्यक्ष पदका उम्मेदवार हुुनुहुन्थ्यो । उहाँले विद्यार्थीकालमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थानीय गाउँ समितिका विभिन्न जिम्मेवारीमा बसेर काम गर्नुभयो । उहाँ स्थानीय ज्योति पुस्तकालयमा पनि सक्रिय हुनुहुन्थ्यो ।
उहाँले भक्तपुर र काठमाडौँका विभिन्न विद्यालयमा पनि शिक्षकको रूपमा काम गर्नुभयो । उहाँले ‘बाल संसार’ नामको बालबालिकाको पत्रिका सम्पादन गर्नुभयो । विभिन्न पत्रपत्रिकामा उहाँका बालसाहित्य एवम् साहित्य प्रकाशित छन् । उहाँले ‘मजदुर’ दैनिकमा नियमितरूपमा लेख रचना लेख्दै आउनुभएको थियो ।
Leave a Reply