जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
मध्य मार्च महिनामा संरा अमेरिकाको एटलान्टा राज्यमा भएको गोली काण्डले त्यहाँ बढ्दै गएको समस्यालाई अझ प्रकाशमा ल्याएको छ । गत वर्षको सुरुबाट फैलिएको कोभिड–१९ को महामारीयता संरा अमेरिकामा सम्प्रदायको आधारमा एसियाली मूलका हजारौँ मानिसमाथि हमला भएको छ । एटलान्टा गोली काण्डजस्तो हत्याकाण्डमा कति एसियाली मूलका अमेरिकी जनताको दुःखद निधनसमेत भइसकेको छ ।
संरा अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जाक सुलिभानले अलास्काको एन्कोरेगमा संरा अमेरिका ‘आत्मविश्वासपूर्ण देश’ भएको भन्दै आफ्ना कमी–कमजोरीलाई निर्ममतापूर्वक स्वीकार्ने र सुधारको लागि लगातार प्रयास गरिरहने’ बताए । एसियालीविरोधी जातिवादको उदयलाई ऐतिहासिक सन्दर्भमा सरकारले दिगोरूपमा समाधान दिन सकेको छैन । शताब्दियौँदेखि संरा अमेरिकी नीति निर्माताहरूले आफूलाई एसिया–प्रशान्त क्षेत्रका देश र जनताको तुलनामा समानमात्र नभई होच्याएर हेर्ने गरेका छन् ।
उन्नाइसौँ शताब्दीको मध्यतिर संरा अमेरिका र युरोपेली देश मिलेर अफिम युद्ध चर्काए । जसले चिनियाँ जनतालाई एक शताब्दीसम्म अपमान भोग्न बाध्य बनायो । त्यसपछिका दशकमा फिलिपिन्स, कोरिया, इन्डोनेसिया र भियतनाममा संरा अमेरिकी सैनिक हमलाले लाखौँ लाख मानिस मारिए र घाइते भए । त्यस्ता चुनौतीले ती देशहरूलाई आर्थिक र सामाजिक समस्याको जञ्जालमा धकेल्यो ।
एसिया प्रशान्त क्षेत्रमा संरा अमेरिकी हस्तक्षेपकारी शक्तिलाई जातिवादको एउटा नयाँ संस्करण आवश्यक थियो । झन्डै दुई शताब्दीअघि युरोपेलीहरूले संरा अमेरिकी आदिवासी जनताका भूमि कब्जा गरे नाफामुखी दास व्यापारमा संलग्न हुँदा उत्तर अमेरिकाको मूल चरित्र मानवताविरोधी यही जातिवादी दर्शन थियो । जातिवादको त्यो नयाँ संस्करणलाई ‘पहेँलो मणि’ (एल्लो पेरिल) भनी चर्चा हुने गरेको छ । चीन र बाँकी एसियालाई उन्नाइसौँ र बीसौँ शताब्दीमा मानवताको लागि कलङ्कको रूपमा चित्रण गरिन्थ्यो । त्यही सोचाइले सन् १८६०–१८८० दशकमा चिनियाँ श्रमिकलाई हिंसात्मकरूपमा निष्काशन गर्ने, सन् १९४० दशकमा जापानी बासिन्दालाई निकाला गर्ने र कोरिया तथा भियतनाममा ध्वंसकारी निर्मम सैनिक हमला गर्नेजस्ता घटना भए ।
कोभिड–१९ महामारीविरुद्ध विश्वव्यापी लडाइँबीच ‘पहेँलो मणि’ अवधारणा पुनःस्थापना सबभन्दा वियोगपूर्ण घटना भयो । धेरै मानिसको ज्यान जानु र आर्थिक अस्थिरताको लागि चीनमाथि दोषारोपण गरियो । संरा अमेरिकी समाजले यस्तो आरोप केही वर्षअघि देखि नै थोपर्दै आएको थियो । संरा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गरेका ‘कुङ फ्ल्यु’ र ‘चाइना भाइरस’ आदि शब्दले एसियालीविरोधी भावनाको विस्तारको लागि ठूलो प्रभाव पा¥यो । सैनिक, राजनीतिक र आर्थिक हमलाका साथै संरा अमेरिकाले कोभिड–१९ को दुःखको समयमा चीनलाई बलिको बोका बनायो ।
अफ्रिकी–अमेरिकी लेखक तथा कलाकार जेम्स बोल्डविनले एक पटक इतिहास वर्तमानबाट कहिल्यै पनि अलग नहुने बताएका थिए । एसियाली अमेरिकीहरूप्रति संरा अमेरिकी जातिवाद इतिहासको उत्पादनका साथै समानरूपमा पीडादायी समकालीन वास्तविकताको प्रतिबिम्ब पनि हो । बितेको वर्ष संरा अमेरिकी सञ्चारमाध्यम र राजनीतिक नेताहरूले चीनप्रति ‘पहेँलो मणि’ को अवधारणालाई नयाँ संस्करण दियो । एकपछि अर्को समाचार, वक्तव्यपछि वक्तव्यले संरा अमेरिकी जनतालाई ‘चीनले आर्थिक, राजनीतिक र सामाजिक जीवनका सबै क्षेत्रमा अमेरिकी मूल्य मान्यतालाई न्यूनाङ्कन गर्न खोजेको’ भनी अमेरिकी जनतालाई तर्सायो ।
चीनलाई बलिको बोको बनाउने शिलशिलामा चीनविरोधी आक्रामक नीति अघि सारियो । संरा अमेरिकी नयाँ बाइडेन सरकारका सुरुका महिनाहरूमा संरा अमेरिकाले क्वाड मोर्चा अनुमोदन ग¥यो, हुवावे र अन्य चिनियाँ प्राविधिक कम्पनीहरूलाई ‘राष्ट्रिय सुरक्षा खतरा’ भन्यो । अनि ‘चीनविरोधी मिसाइल नेटवर्क’ को लागि २७ अर्ब ४० करोड अमेरिकी डलर जम्मा पार्न खोजियो । हङकङ विशेष प्रशासकीय क्षेत्र र सिन्जियाङ उइगुर स्वशासित क्षेत्रजस्ता चीनका आन्तरिक मामिलामा संरा अमेरिकी पूर्व विदेश सचिव माइक पम्पेओले जुन बिन्दुमा छोडेका थिए, आज त्यही बिन्दुबाट अहिलेका विदेश सचिव एन्थोनी ब्लिनकेनले काम अघि बढाएका छन् । यसले संरा अमेरिका र चीनबीचको सम्बन्धलाई तिक्त बनाएको छ ।
कोभिड–१९ महामारीविरुद्ध विश्वव्यापी लडाइँबीच ‘पहेँलो मणि’ अवधारणा पुनःस्थापना सबभन्दा वियोगपूर्ण घटना भयो । धेरै मानिसको ज्यान जानु र आर्थिक अस्थिरताको लागि चीनमाथि दोषारोपण गरियो । संरा अमेरिकी समाजले यस्तो आरोप केही वर्षअघि देखि नै थोपर्दै आएको थियो । संरा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गरेका ‘कुङ फ्ल्यु’ र ‘चाइना भाइरस’ आदि शब्दले एसियालीविरोधी भावनाको विस्तारको लागि ठूलो प्रभाव पा¥यो । सैनिक, राजनीतिक र आर्थिक हमलाका साथै संरा अमेरिकाले कोभिड–१९ को दुःखको समयमा चीनलाई बलिको बोका बनायो । त्यसले संरा अमेरिकी जनमतमा ठूलो फेरबदल भयो । गलअप नामको संस्थाले गरेको मत सर्वेक्षणअनुसार ८० प्रतिशत संरा अमेरिकी नागरिकले चीनलाई ‘असहज’ मान्ने गरेको र झन्डै आधा मानिसहरू चीनलाई नै संरा अमेरिकाको ‘सबभन्दा ठूलो शत्रु’ ठान्ने गरेको देखाएको छ ।
कोभिड–१९ महामारीपछि फैलिएको जातिवादी घृणाको बाइडेन सरकारले भत्र्सना गरेको छ । तर, चीनविरुद्ध संरा अमेरिकी आक्रामक व्यवहारमा सुधार गर्न गम्भीर प्रयास भने अझै हुन सकेको छैन । त्यसकारण एसियाली अमेरिकी जनताविरुद्ध हिंसाका जोखिम घटाउन संरा अमेरिकाले गर्न बाँकी काम धेरै छन् । ‘पहेँलो मणि’ र शीतयुद्धकालीन जातिवाद पीडादायी इतिहास हो । इतिहास आज फर्केको छ । कसै कसैले यसलाई चीनमाथि संरा अमेरिकी नेतृत्वको नयाँ शीतयुद्ध पनि भनेका छन् । शान्तिका पक्षधर शक्तिहरूले जति चाँडै संरा अमेरिकी नेताहरूलाई यो खतरनाक अवस्थालाई उल्टाउन दबाब दिन्छन्, त्यत्ति नै चाँडो जातिवादविरुद्ध विश्वव्यापी लडाइँमा आपसी समझदारी र ऐक्यबद्धताको लागि नयाँ बाटो खुला हुनेछ ।
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुमन
Leave a Reply