सीपमूलक तालिमका प्रशिक्षार्थीहरूको अभिमुखीकरण कार्यक्रम
- जेष्ठ ४, २०८३
काठमाडौँ, १३ चैत । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले शुक्रबार बेवारिसे शवको पहिचान हाम्रो अभियान नारा दिएर माइतीघर मण्डलामा शान्तिपूर्ण धर्नामा बस्नुभएका डा. सुगमजङ्ग केसीको टोलीलाई भेट गर्नुभयो ।
उक्त टोलीले अन्तर्राष्ट्रिय प्रचलनअनुसार शवको औँठा छापलाई बायोमेट्रीक प्रविधिको प्रयोग गरी राज्यसँग भएको मतदाता, राहदानी वा नागरिकता आदि प्रमाणको आधारमा रूजु गरी पहिचान खुलाउनुपर्ने, प्रस्ट मुखाकृति देखिने फोटो र हुलिया सञ्चारमाध्यममार्फत सार्वजनिक गरी शव परिवारको जिम्मा लगाउनुपर्ने, नेपाल सरकारले बेवारिसे र हराएका मानिसको लागि छुट्टै वेबसाइट खोली सार्वजनिक गर्नुपर्ने, बेवारिसे शव सडेगलेको अवस्थामा फेला परे डीएनए परीक्षण गरी हराएका मानिसका परिवारको डीएनएसँग रूजु गर्नुपर्ने विषय सरकारसँग माग गरेको छ ।
दैनिक ३ वटा बेवारिसे शवहरू विनाअभिलेख दाहसंस्कार भइरहेकोमा चिन्ता व्यक्त गर्दै उक्त टोलीले देशभरिका प्रहरी चौकीको अभिलेखमा भएका १,८९९ र हाल सरकारी अस्पतालमा भएका सम्पूर्ण बेवारिसे शवको फोटो र हुलिया एक साताभित्र वेवसाइटमार्फत सार्वजनिक गरी हराएका मानिसलाई जानकारी गराउन माग गरेको छ ।
अभियन्ता डा. सुगमजङ्ग केसीले सांसद सुवालसँग आउँदो संसद् बैठकमा आवाजविहीन बेवारिसे शवको बारेमा सरकारको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिँदै शव व्यवस्थापनको लागि निर्देशिका निर्माण गर्न आवश्यक आवाज उठाउनको निम्ति अनुरोध गर्नुभयो ।
सांसद सुवालले प्रतिनिधिसभा पुनःस्थापना भए पनि जनताका प्रतिनिधिहरूले संसद्मा बोल्न नपाइरहेको बताउँदै संसदमा प्रमुख प्रतिपक्ष नेकाको समेत प्रभावकारी भूमिका नहुँदा सरकारलाई संसद्बाट दबाब नपुगेको उल्लेख गर्नुभयो । सरकार र प्रमुख प्रतिपक्षको मिलेमतो भएपछि जनताको अधिकार कुण्ठित हुने उहाँले बताउनुभयो ।
उहाँले संसद्मा बोल्ने अवसर प्राप्त भएपछि जनताको समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराउँदै आएको उल्लेख गर्दै बेवारिसे शव पहिचानबारे ‘निर्देशिका’ निर्माणको लागि नेपाल मजदुर किसान पार्टीले सहयोग गर्ने बताउनुभयो ।
Leave a Reply