भर्खरै :

उपत्यकाको वायु प्रदूषण कम गर्ने प्रमुख उपाय: पिच सडक र विद्युतीय सवारीसाधन

दुःखका साथ भन्नुपर्छ हाम्रो देशमा कलकारखाना धेरै छैनन् । अरू देशहरूमा कलकारखानाबाट आउने धूलो धुवाँ वायुप्रदूषणको मुख्य कारण बन्छ तर हाम्रोमा कलकारखाना निश्चित मात्रामा हुँदा पनि हाम्रो वायु गुणस्तरएकदम नाजुक छ या भनौँ हाम्रो स्वास्थ्यलाई प्रत्यक्षरुपमा असर गर्ने खालको छ ।
विशेषगरी काठमाडौँमा वायु प्रदूषणको मुख्य कारण दुईवटा छन ः–
कच्ची सडक
डिजेल पेट्रोलबाट चल्ने सवारीसाधन
यो कुनै ठूलो समस्या होइन केही वर्षमा समाधान गर्न सकिने समस्याहरू हुन । तर सरकार, मन्त्रालय, महानगरपालिका र नगरपालिकाका सम्बन्धित निकायहरूको समयमै ध्यान जान आवश्यक छ ।
हाल नाजुक बन्दै गएको उपत्यकाको वायुप्रदूषणको समाधान का लागि देखेको उपाय ः
१. अहिले चलिरहेको डिजेल पेट्रोल सवारीसाधनको ठाउँमा विद्युतीय सवारीसाधन प्रयोगमा ल्याउने । विद्युतीय सवारीसाधन लाई शून्य उत्सर्जनको रुपमा लिइन्छ या भनौं यसले डिजेल पेट्रोलबाट चल्ने सवारीसाधनले जसरी धुवाँ फाल्दैन ।
नेपालमा पनि यसको सफल प्रयोग भैसकेको छ । सुन्दर यातायातले सफलताका साथ सञ्चालन गरिरहेको छ भने साझा यातायातले पनि सञ्चालनमा ल्याउने तयारी गर्दै छ जुन समाचार सुखद छ । तर, केही सङ्ख्यामा मात्रै चलाएर पुग्दैन यसका लागि सरकारले नीति नै बनाएर लागू गर्न र गराउनुपर्दछ ।
अहिले उपत्यकाभित्र चलिरहेका ठूला डिजेलबाट चल्ने सार्वजनिक गाडीहरूलाई मात्रै विद्युतीय गाडीले हटाउने हो भने यहाँको वायुप्रदूषण निकै कम गर्न सकिन्छ । तर, यसका लागि भने चार्जिङ स्टेसन प्रशस्त सङ्ख्यामा बनाउन आवश्यक छ ।
जसरी चोकचोकमा डिजेल पेट्रोल स्टेसन छन त्यस्तै गाडी चार्ज गर्ने चार्जिङ स्टेसन बनाउन जरुरी छ । विद्युतीय सवारीसाधन प्रयोगमा ल्याउँदा वायु प्रदूषण मात्रै कम हँुदैन देशमा उत्पादन भएको ऊर्जाको राम्रो खपत हुन्छ ।
कुनै बेला प्रशस्त बिजुली नभएर अँध्यारोमा बस्नुपर्ने बाध्यता थियो भने अहिले बिजुली धेरै भएर खेर जाने अवस्था आउँदै छ तसर्थ विद्युतीय सवारीसाधन प्रयोग गर्दा स्वदेशमै उत्पादन भएको बिजुली खपत गरेर, आर्थिक विकास गर्दै वायुप्रदूषण घटाउन सकिन्छ । हाम्रा लागि यो एक सुन्दर अवसर हो ।
२) पीच सडक
उपत्यकामा वायुप्रदूषणको अर्को प्रमुख कारण कच्ची सडक हो । कच्ची सडकबाट उड्ने स–साना धुलोका कणहरूले वायु प्रदूषण बढाइरहेको छ ।
देशको राजधानी सहरमा अझै पीच सडक नहुनु हामी सबैको लागि दुःखको कुरा हो । यदि सरकारले चाहेमा १–२ वर्षमा उपत्यकाका सबै प्रमुख तथा शाखा सडकरुलाई धुलोरहित सडक बनाउन सक्छ जसबाट वायुप्रदूषण कम कम गराउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *