भर्खरै :

विचरा रेशम चौधरी

अदालतहरूले दोषी ठह¥याएका रेशम चौधरीलाई केन्द्र बिन्दुमा राखेर जनता समाजवादी पार्टीले सत्ताधारी पार्टीसँग मोलमोलाई गरिरहेको छ । रेशम चौधरी प्रहरीहरूसमेतको हत्या गरेकोले उनलाई जेलमा थुनिन्दा प्रहरीहरूले सन्तोषको सास फेरेका थिए । यदि अपराधीहरूलाई कुर्सी बचाउने नाममा अभयदान दिँदै जाने हो भने प्रहरीको मात्र होइन अदालतको पनि मानहानि हुन्छ । मनोबल गिर्छ । राजनीति अपराधीकरण होइन अपराध राजनीतिकरण हुन्छ भोलि रेशम जस्ताले प्रहरीलाई होइन कुर्सीमा बस्ने नेताहरूलाई ताक्न सक्छ । त्यसैले न्याउरी मारी पछुतो हुने सम्भावनाबाट बेलैमा सचेत हुनु बुद्धिमानी हुनेछ ।
तर अर्को कोणबाट हेर्दा रेशम चौधरी विचरा देखिएका छन् । कथित जनयुद्धमा माओवादीहरूले थुप्रैको हत्या भिडन्तभन्दा बाहिर गरेका छन् । त्यस्ता कतिपय प्रहरीको ‘वारेन्ट’ मा छन्, बरोबर जम्काभेट भए पनि ‘फरार’ छन् कतिपयलाई त सलाम नै ठोकिरहेका छन् । एउटै प्रकृतिका एकथरी अपराधीलाई जेल हाल्ने, अर्को थरीको ‘अपराधी’ र अभियुक्तलाई सलाम ठोक्ने गणतन्त्रको यो कस्तो प्रशासन, न्याय र शासन हो ?
वस्तुतः यो पक्षपात र कुशासन हो । निकृष्ट पुँजीवादको विशेषता भएको छ । के सत्तामा बस्नेहरू यसतर्फ सचेत र संवेदनशील छन् ? आशा छ, भोलिका रेशमहरूले कुर्सीमा बस्नेलाई नताऊन् भनी रेशम चौधरीजस्ता अन्य अपराधीलाई पनि जेलभित्र पु¥याउने हिम्मत देखाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *