भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, २३ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सञ्चालनसम्बन्धी सरोकारवालाहरूसँगको बैठक सोमबार सम्पन्न भयो ।
बैठकमा नगर प्रमुख प्रजापतिले जात्रा अवधिभर भीड जम्मा नगर्न तथा आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन नगरपालिकाले जनचेतनामूलक गतिविधि गर्ने, बिस्केटको क्रममा टोलटोलमा मनाइने विभिन्न जात्रामा भीडभाड कम गर्न स्वयम्सेवक परिचालन गर्ने तथा जनताको घरदैलोमा साबुन, मास्क वितरण गर्नेलगायतका तयारी रहेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रजिअ मुकेशकुमार केशरीले मानव जीवन रक्षा नै प्रमुख कारण भएकोले यस वर्षको बिस्केट जात्रा सामान्य पूजाआजामा सीमित गर्ने निर्णय भइसकेको बताउँदै कोभिड सङ्क्रमण जोखिमका कारण जात्राहरूमा भीडभाड हुने कार्य नगरिदिन आग्रह गर्नुभयो ।
बैठकमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले सदियौँदेखि चलिआएको जात्रा र परम्पराहरूको विशेष महत्व हुने बताउँदै सन्तुलित ढङ्गबाट नजिकिँदै गरेको बिस्केट जात्रा सम्पन्न गर्न सबैको सहकार्य आवश्यक भएको बताउनुभयो ।
त्यस्तै गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यले संस्थानले बिस्केट जात्रासँग सम्बन्धित सम्पूर्ण दायित्व पूरा गरेको बताउँदै जात्राको समयमा कुनै पनि किसिमको लापरबाही गर्न नहुने बताउनुभयो ।
जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरका प्रमुख रत्नसुन्दर लासिवाले छिमेकी मुलुकबाट नेपाल भित्रिनेहरूबाट कोभिड सङ्क्रमण बढिरहेको अवस्थामा भीडभाड हुने जात्रा पर्वको समयमा सबैजना सुरक्षित रहन आग्रह गर्नुभयो ।
बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, सूर्यविनायक ब्यारेकका प्रमुख सेनानी सामन्तध्वज खाँड, सशस्त्र प्रहरी उपरीक्षक लीलाबहादुर कार्की, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक विकास पाण्डे, तलेजु भवानीका पुजारी प्रजेश राजोपाध्याय, नेपाल विद्युत् प्राधिकरण, ख्वप मिनिबस सेवा प्रा.लि., भक्तपुर उद्योग वाणिज्य सङ्घ, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिहरूलगायतको उपस्थिति थियो ।
साथै बिस्केट जात्रासँग सम्बन्धित इन्द्रायणी, बाराही, ज्याथा गणेश, भैरवनाथ, ब्रह्मायणी, माहेश्वरी, कुटी प्वाक गणेशलगायतका सरोकारवालाहरूले यस वर्षको बिस्केट र बिस्केटसँग सम्बन्धित स्थानीय जात्राहरू शान्तिपूर्ण, व्यवस्थित र सुरक्षित ढङ्गले सञ्चालन गर्ने विषयमा आ–आफ्नो राय–सुझावहरू दिनुभएको थियो ।
बिस्केट जात्रा सञ्चालन विषयमा भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन समितिको चैत १७ र १९ गतेको बैठकले जात्रासँग सम्बन्धित सरोकारवाला विभिन्न पक्षसँग राय सुझाव लिई निर्णय गरेअनुसार चैत २३ गते सरोकारवाला सबै पक्षबीचको छलफलले गरेका निर्णयहरू ः
१) बैठकले जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी) भक्तपुरको मिति २०७७।१२।२२ गते बसेको बैठकले ‘यस वर्षको बिस्केट जात्रामा पुजारीलाई मात्र राखेर पूजा गर्ने तथा रथ तान्ने र लिङ्गो ठड्याउने जात्रा गत वर्षजस्तै यस वर्ष पनि नगर्ने’ भन्ने निर्णय गरिसेकेकोले ऐतिहासिक एवं सांस्कृतिक महत्वको भक्तपुरको प्रमुख बिस्केट जात्रासँग सम्बन्धित टोलटोलमा हुने जात्राहरूलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सामान्यरूपमा सञ्चालन गर्न सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई अनुरोध गर्ने निर्णय ग¥यो ।
२) कोभिड १९ रोकथाम र नियन्त्रणको लागि भक्तपुर नगरवासीहरूको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी भक्तपुर नगरपालिकाले नगरवासीहरूलाई स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री घर–घरमा गई वितरण गर्ने र जनचेतनामूलक माइकिङ, पर्चा वितरण तथा सूचना प्रकाशन गर्ने निर्णय बैठकले ग¥यो ।
३) बैठकले यस वर्षको बिस्केट जात्रा अवधिभर भक्तपुर नगर क्षेत्रमा कुनै किसिमको हुलहुज्जत हुन नदिई शान्तिपूर्ण तरिकाले सामान्यरूपमा जात्रा सम्पन्न गर्न सुरक्षा एवम् आवश्यक बन्दोबस्त जिल्ला प्रशासन कार्यालय भक्तपुरलगायत जिल्लाका सबै सुरक्षा निकायले गर्ने निर्णय ग¥यो ।
४) बिस्केट जात्रासँग सम्बन्धित जात्रा व्यवस्थापनको लागि गुठी संस्थान, भक्तपुरले आवश्यक सहयोग गर्ने निर्णय पनि सोही बैठकले गरेको थियो ।
Leave a Reply