भर्खरै :

इन्जिनियरहरूको चुनावमा इन्जिनियर समाजको उम्मेदवारी

काठमाडौँ, २३ चैत । वैशाख २४ गतेको लागि तय भएको नेपाल इन्जियनियर्स एसोसिएसनको ३३ औँ केन्द्रीय कार्यकारिणी समिति र नेपाल इन्जिनियरिङ परिषद्को निर्वाचनको लागि इन्जिनियर समाज नेपालको तर्फबाट सोमबार उम्मेदवारी दर्ता गरिएको छ । इन्जिनियर समाज नेपालका अध्यक्ष रवीन्द्र फोजूको नेतृत्वमा गएको टोलीले नेपाल इन्जिनियर्स एसोसियसनको केन्द्रीय कार्यालयमा उम्मेदवारी दर्ता गरेको हो ।
समाजको तर्फबाट नेपाल इन्जिनियरिङ परिषद्अन्तर्गत समूह ‘क’ को लागि डा. मन्जिप शाक्य, समूह ‘ख’ को लागि आ. लिवास फैजु, समूह ‘ग’को लागि ई. शिवप्रसाद महत्तो र समूह ‘ङ’ को लागि डा. जट्टाधर झाले उम्मेदवारी दिनुभएको छ ।

ई. अमोद उलक


त्यस्तै ३३ औँ केन्द्रीय कार्यकारिणी समितिको लागि ई. राजेन्द्रप्रसाद हाडाको अध्यक्षमा प्यानल दर्ता भएको छ । प्यालनको उपाध्यक्षमा ई. सविन महर्जन, महासचिवमा ई. रूपेश प्रजापति, उपमहासचिवमा आ. सुनिता दुवाल, कोषाध्यक्षमा ई. सुरेन्द्र राय यादव र सहकोषाध्यक्षमा ई. रविन कासुला हुनुहुन्छ । त्यस्तै सदस्यहरूमा ई. गणेशराम ध्वजु, ई. सदाम बाला, ई. अनु अवाल, ई. योगेश बज्राचार्य, ई. अमित प्रजापति, ई. प्रशान्त लाखेमरू, ई. दीपेन्द्रबहादुर शाही, ई. अमितशङ्कर रंजित, ई. श्यामसुन्दर बासुकला, ई. विजयराम कोजु, ई. पदम थापा र ई. जेन बाटी हुनुहुन्छ ।

ई. राजेन्द्र हाडा


इन्जिनियर समाज नेपालको तर्फबाट सोमबार नै नेपाल इन्जिनियर्स एसोसिएसनको बाग्मती प्रदेशको दोस्रो कार्यकारिणी समितिको लागि ई. अमोद उलकको सभापतित्वमा उम्मेदवारी दर्ता गरिएको छ । समितिको उपसभापतिमा ई. रामेश्वर श्रेष्ठ, सचिवमा ई. सुस्मिता थापा, सहसचिवमा आ. सविन महर्जन र कोषाध्यक्षमा आ. रविना शिल्पकारले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै सदस्यहरूमा ई. शिवकुमार श्रेष्ठ, ई. मुनिव वैद्य, ई. राकेश सुवाल, ई. राकेश ग्वाछा, आ. सरिता धुख्वा, ई. ससिन प्रजापति, ई. दिपेश श्रेष्ठ, ई. रमेश सुवाल, ई. मेन्सन लाखेमरू र ई. विनय चौरेलले उम्मेदवारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *