भर्खरै :

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिप्रति नेक्राविसङ्घको विरोध

काठमाडौँ, २४ चैत । नेपाल आयल निगमले सोमबार पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले विरोध गरेको छ । नेक्राविसङ्घ तेह«ौँ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरुङले मङ्गलबार वक्तव्य जारी गरी मूल्यवृद्धिको विरोध गरेको हो । नेक्राविसङ्घको वक्तव्यमा भनिएको छ:
नेपाल आयल निगमले २०७७ चैत २३ गतेबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ विरोध एवम् भत्र्सना गर्दछ । नयाँवर्ष २०७८ साल सुरु हुनुअगावै निगम घाटामा परेकोे दाबी दोहो¥याउँदै २ महिनायता तेस्रो पटक मूल्यवृद्धि भयो । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिसँगै दैनिक जीवनका उपभोग्य वस्तुहरूको पनि मूल्यवृद्धि हुने निश्चित छ । मूल्यवृद्धि तत्काल फिर्ता गर्न र निगमभित्रको अनियमितता नियन्त्रण गरी आर्थिक अनुशासन कायम गर्न यो सङ्घ जोड दिन्छ ।
घाटामा रहेको निगमले बर्सेनि आफ्ना कर्मचारीलाई बोनस बाँडेको छ, सेवा सुविधा बाँडेको छ । निगम सुक्नु तर त्यहाँकर्मचारी र कालाबजारीहरू मोटाउँदै जानुको कारण निगमभित्रको भ्रष्टाचार नै हो । निगमका भ्रष्टाचारी र कालाबजारीहरूलाई कडा कारबाही गर्न पनि यो सङ्घ सरकारको ध्यानाकर्षण गराउँदछ ।
नेपाल सरकारले इन्डियन आयल कर्पोरेसन (IOC) सँग मात्रै पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । सरकारले छिमेकी देशहरू चीन, बङ्गलादेश, पाकिस्तान र अन्य मित्र देशबाट पनि पेट्रोलियम पदार्थ खरिद गर्नुपर्छ । सरकारले वैकल्पिक ऊर्जाका स्रोत, विद्युतीय गाडी सञ्चालन, जलविद्युत् र सौर्य ऊर्जा लगायतलाई जोड दिनु आवश्यक छ । भारतीय नाकाबन्दीको समयमा चीनबाट पेट्रोलियम पदार्थ अनुदान लिएको सरकारले पेट्रोलियम पदार्थ भारतबाट मात्र खरीद गर्ने सम्झौता गर्नु भारतीय एकाधिकार पुँजीको पञ्जामा पर्नु हो । नेपालका नदीनालाहरू भारतलाई सुम्पेर नेपाल जलविद्युत्मा धनी बन्न सक्दैन ।
नयाँवर्षको पूर्वसन्ध्यामा नेपाली जनताको ढाड भाँच्ने गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गरी सहज आपूर्ति गर्न यो सङ्घ पुनःजोड दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *