नगरलाई शैक्षिक गन्तव्यस्थल मात्र नभई अनुसन्धानको केन्द्रको रूपमा विकास गर्नुपर्ने
- असार २, २०८३
भक्तपुर जिल्ला विपद् व्यवस्थापन केन्द्रले आइतबार हठात् ऐतिहासिक बिस्का जात्रा यो वर्ष पनि गत वर्षको जस्तै औपचारिकतामा मात्र सीमित राख्ने निर्णय गरेपछि फैलिएको जनअसन्तोष बुधबार भक्तपुर नगरपालिकाको अगुवाइमा सम्बोधन भएको छ । ऐतिहासिक बिस्का जात्राअन्तर्गत रथ तान्ने र लिङ्गो उठाउने÷ढाल्ने काम नगर्ने कुराले भक्तपुरका संस्कृतिप्रेमी जनतालाई आक्रोशित बनाएको थियो । संस्कृतिप्रेमी जनताले सो निर्णयको विरोधमा प्रदर्शनहरू गरेका थिए । जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारीहरूले स्थानीय तहसँग आवश्यक परामर्शसमेत नगरी निर्णय गर्दा बिस्का जात्रा तनावपूर्ण बन्ने सम्भावना बढेको थियो ।
यसपालिको बिस्का जात्राप्रति भक्तपुरका जनताको जिम्मेवारी अझ बढेको छ । कोभिड–१९ को महामारी सत्य हो र अहिले छिमेकी देश भारतमा कोभिड–१९ का बिरामीको सङ्ख्या एकाएक बढेबाट नेपालमा यसको जोखिम बढेको पनि सत्य हो । त्यसकारण महामारी फैलिएर पुग्न सक्ने क्षतिप्रति पनि जनता सजग हुन जरुरी छ । बिस्का जात्रा मनाउँदै गर्दा भक्तपुरका जनताले अझ जिम्मेवारीबोधका साथ सावधानीका सबै उपायको आत्मपालना गर्नुपर्छ । सरकार र स्थानीय तहले पूरा गर्नुपर्ने जिम्मेवारी आफ्नो ठाउँमा छँदै छ । जनताले आफै पनि बिस्का जात्रा भव्य र कुनै क्षति नपुग्ने ढङ्गले मनाउन जरुरी छ । त्यसकारण जात्रालाई आवेश र आक्रोशमा होइन, बुद्धिमत्तापूर्वक र संयमित ढङ्गले मान्न जरुरी छ ।
तर, बुधबार भक्तपुर नपाले कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखी सावधानीका सबै उपायको पालना गरी बिस्का जात्राका सबै सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने निर्णय गरेसँगै ऐतिहासिक जात्रा मनाउने जनभावना सम्बोधन भएको छ । भक्तपुर नपाले जिल्ला प्रशासन, सुरक्षा निकाय, गुठी संस्थानका पदाधिकारी, बिस्का जात्रा सम्पन्न गर्न विभिन्न भूमिकामा रहेका सांस्कृतिकर्मीहरूसमेतको परामर्श लिएर यस्तो निर्णय गरेको हो । जनताको जीवनचर्या बनिसकेको यो ऐतिहासिक जात्राको विषयमा कसैले पनि एकलौटी निर्णय गर्न सक्दैन । सम्बन्धित सबै पक्षसँगको गहन परामर्श र छलफलपछि मात्र सांस्कृतिक विषयमा कुनै पनि निष्कर्षमा पुग्नु उपयुक्त हुनसक्छ । कुनै पनि हठात् र हचुवा निर्णयले समाजमा द्वन्द्व चर्काउने गर्छ । भक्तपुर नगरपालिकाको समन्वयकारी भूमिकाको कारण बिस्का जात्रामा हुन सक्ने सम्भावित द्वन्द्व टरेको छ ।
तर, यसपालिको बिस्का जात्राप्रति भक्तपुरका जनताको जिम्मेवारी अझ बढेको छ । कोभिड–१९ को महामारी सत्य हो र अहिले छिमेकी देश भारतमा कोभिड–१९ का बिरामीको सङ्ख्या एकाएक बढेबाट नेपालमा यसको जोखिम बढेको पनि सत्य हो । त्यसकारण महामारी फैलिएर पुग्न सक्ने क्षतिप्रति पनि जनता सजग हुन जरुरी छ । बिस्का जात्रा मनाउँदै गर्दा भक्तपुरका जनताले अझ जिम्मेवारीबोधका साथ सावधानीका सबै उपायको आत्मपालना गर्नुपर्छ । सरकार र स्थानीय तहले पूरा गर्नुपर्ने जिम्मेवारी आफ्नो ठाउँमा छँदै छ । जनताले आफै पनि बिस्का जात्रा भव्य र कुनै क्षति नपुग्ने ढङ्गले मनाउन जरुरी छ । त्यसकारण जात्रालाई आवेश र आक्रोशमा होइन, बुद्धिमत्तापूर्वक र संयमित ढङ्गले मान्न जरुरी छ ।
विगतमा बिस्का जात्रा मनाउने क्रममा हुने गरेका केही नकारात्मक पक्षलाई यो वर्ष मेटाउन सबै जुट्न जरुरी छ । मुढेबल र जिद्दी गरेर नभई संयमका साथ जात्रा मनाउन सके जात्रा शोभायमानमात्र होइन, सम्भावित स्वास्थ्य क्षतिबाट जनता जोगिन सकिन्छ ।
भक्तपुरका क्रियाशील विभिन्न टीम–क्लब, सामाजिक एवम् राजनीतिक युवा सङ्गठनहरू र सामाजिक संस्थाहरूले बिस्का जात्रा पनि मान्ने तर नेपालमा फैलिरहेको कोरोनाको दोस्रो लहरबाट पनि जोगिने ढङ्गले परिचालन भई नगरवासी जनतालाई सजग बनाउने जिम्मेवारी पूरा गर्नुपर्छ । कुत्सित मनसाय बोकेका तत्वहरू जनताबीच सधैँ विभाजन ल्याएर फाइदा उठाउन खोज्छन् । कतिपय धूर्त मानिसहरू जनता लडाएर तर मार्न मन पराउँछन् । त्यस्ता व्यक्ति र समूहबाट सजग भई ऐतिहासिक बिस्का जात्रा स्वास्थ्य सजगता र शालिनता मनाउन उचित हुन्छ ।
Leave a Reply