भर्खरै :

जिउँदो जाग्दो छ साम्राज्यवादविरोधी सङ्घर्ष

पश्चिमा इतिहासका पाठ्यपुस्तकहरूमा बितेको शताब्दीमा साम्राज्यवाद समाप्त भएको लेखेर गल्ती गरेका छन् । बरु, साम्राज्यवादले आफ्नो रूप फेरेको हो । हिजोको साम्राज्यवादले अहिले नव–साम्राज्यवादको रूप धारण गरेको छ । पहिलेको साम्राज्यवादको नेतृत्व पश्चिम युरोपले गरेको थियो भने अहिले नयाँ साम्राज्यवादको नेतृत्व संरा अमेरिकाले गरिरहेको छ । नव–साम्राज्यवाद विदेशी समाजमा अप्रत्यक्ष नियन्त्रणका विभिन्न माध्यममा भरपर्छ । संयुक्त राष्ट्र सङ्घले विभिन्न देशलाई प्रदान गरेको सार्वभौम अधिकार नव–साम्राज्यवादले खोस्ने गर्छ ।
यद्यपि, एक्काइसौँ शताब्दीमा पनि साम्राज्यवादविरोधी सङ्घर्ष अझै जिउँदो जाग्दो भएको कुरा पनि घामजत्तिकै छर्लङ्ग छ । चीनले संरा अमेरिकी नव–साम्राज्यवादी बन्धनबाट संसारभरका गरिब र विकासशील देशहरू (द ग्लोबल साउथ) लाई शान्तिपूर्वक मुक्त हुन मद्दत गरिरहेको छ । त्यही भएर हिजोआज संरा अमेरिका चीनको विरोधमा कम्मरकसेर लागेको छ ।
संरा अमेरिकाले नियमितरूपमा नाकाबन्दी थोपर्ने, व्यापार सम्झौतामा पक्षधरता लिने (आफ्नो राजनीतिक गाँठो कसिएको पक्षतिर), अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूलाई हतियारको रूपमा प्रयोग गर्ने, पुरानो (मुख्यतः सैनिक) र नयाँ (रङ्गीन क्रान्ति) सत्ता कब्जा गरेर, सूचना युद्ध, भ्रष्टाचार र कथित ‘खोप राष्ट्रवाद’ लागु गरेर संसारलाई दुःख दिने गर्छ । त्यसको ठीकविपरीत चीनले अवैध नाकाबन्दीको प्रतिरोध गर्छ । सधैँ राजनीतिक पूर्वाग्रहबिना निष्पक्ष र सन्तुलित व्यापार सम्झौताको पक्षमा उभिन्छ । अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमा सुधारको लागि पहल गर्छ । कुनै पनि सत्ता कब्जामा संलग्न हुने गर्दैन । लगातार सूचना युद्धको विरोधमा उभिन्छ । चीन पारदर्शितामा विश्वास गर्छ र खोपलाई विश्वको सार्वजनिक वस्तु मान्छ ।

साम्राज्यवादविरोधी सङ्घर्षमा चीनको नेतृत्व चिनियाँ ऐतिहासिक लक्ष्यकै शिलशिला हो ।
कोभिड–१९ को महामारी यता नव–साम्राज्यवादले आफ्नो स्वभाव बदलेको छ । त्यसकारण पनि साम्राज्यवादविरोधी सङ्घर्षको महत्व अझ चुलिएको छ । महामारीको बल्झिएको विश्वव्यापी आर्थिक सङ्कटले संरा अमेरिका र उसका साझेदार देशहरूलाई विकासशील देशहरूमाथि थप शोषण गर्न असङ्ख्य अवसर प्रदान ग¥यो । यदि समान हैसियतको चीन नहुने हो भने कमजोर राज्यहरूले पश्चिमा देशहरूले शिकारी नियतको ऋण सहायता दिने अभ्यास चल्नेमा थोरैमात्र शङ्का छ । यदि चीनले आफैले कोभिड–१९ को खोप बनाएर विकासशील देशलाई सहायता नगरेको भए पश्चिमा देशहरूले आफूसँग भएको खोप दिएबापत एकपक्षीय राजनीतिक र आर्थिक सहुलियतको माग गर्ने थिए ।

चीन संसारकै सबभन्दा ठूलो विकासशील देश हो । त्यसकारण आफूजस्ता अन्य देशहरूको विकासमा मद्दत गर्नु चीनले आफ्नो भ्रातृत्वपूर्व जिम्मेवारी भएको अनुभव गर्छ । चीनको बेल्ट एन्ड रोड परियोजना त्यही उद्देश्य पूरा गर्ने माध्यम हो । सबै देशको आर्थिक क्षमता उजागर गर्ने लक्ष्यसहित नयाँ व्यापार सञ्जाल सिर्जना गर्न त्यो परियोजनाको थालनी भएको हो । विश्वका विकासशील देशहरूसँग पश्चिमा देशहरूसँग प्रतिस्पर्धा गर्न लगानी र वैकल्पिक बजारको अभाव छ । त्यही भएर पश्चिमा देशहरूले उनीहरूमाथि शोषण गर्न पाइरहेका छन् जसले ती देशहरूको विकासलाई पछाडि पारेको छ । पूर्वाधार निर्माणमा न्यून ब्याज दर र निःशर्त ब्याज दिएर चीनले सबैको लागि खाँचो परेको विकल्प प्रदान गरिरहेको छ ।
चीनले आफ्नो लाभको निम्ति विकासशील देशहरूमा यस्ता काम गरिरहेको र पश्चिमा देशहरूको नव–साम्राज्यवादी तरिकासँग चीनको शैलीमा कुनै भिन्नता नभएको भनी पश्चिमाहरू गलत सूचना फलाकिरहेका छन् । तर, यो पूर्णतः झूट हो । विश्वको समकालीन साम्राज्यवादविरोधी सङ्घर्षमा चीनको नेतृत्व चिनियाँ ऐतिहासिक लक्ष्यकै शिलशिला हो ।
कोभिड–१९ को महामारी यता नव–साम्राज्यवादले आफ्नो स्वभाव बदलेको छ । त्यसकारण पनि साम्राज्यवादविरोधी सङ्घर्षको महत्व अझ चुलिएको छ । महामारीको बल्झिएको विश्वव्यापी आर्थिक सङ्कटले संरा अमेरिका र उसका साझेदार देशहरूलाई विकासशील देशहरूमाथि थप शोषण गर्न असङ्ख्य अवसर प्रदान ग¥यो । यदि समान हैसियतको चीन नहुने हो भने कमजोर राज्यहरूले पश्चिमा देशहरूले शिकारी नियतको ऋण सहायता दिने अभ्यास चल्नेमा थोरैमात्र शङ्का छ । यदि चीनले आफैले कोभिड–१९ को खोप बनाएर विकासशील देशलाई सहायता नगरेको भए पश्चिमा देशहरूले आफूसँग भएको खोप दिएबापत एकपक्षीय राजनीतिक र आर्थिक सहुलियतको माग गर्ने थिए ।
चीनको उदय राम्रो मौकामा भएको छ । त्यही भएर कोभिड–१९ महामारीको समयमा विकासशील देशहरूलाई संरा अमेरिकी नव–साम्राज्यवादी नियन्त्रणबाट जोगाएको छ । तर, अहिले हासिल गरेको उपलब्धिलाई दिगो बनाउन विकासशील देशहरूले गर्न पर्ने अरू धेरै काम बाँकी नै छन् । उनीहरूले संरा अमेरिकी एकपक्षीय नाकाबन्दीविरुद्ध संयुक्त राष्ट्र सङ्घमा थप समन्वय बढाउन जरुरी छ । त्यस्तै अमेरिकी डलरबाहेकका अन्य मुद्रा पनि विश्वव्यापी बनाउन भरपर्दो अरू मुद्राको प्रयोगलाई जोड दिनुपर्छ । सँग–सँगै चीन र अन्य देशहरूले बीआरआईमार्फत आर्थिकरूपमा एकताबद्ध हुने प्रक्रियालाई चालु राख्नुपर्छ । सांस्कृतिक, शैक्षिक र पर्यटनको क्षेत्रमा जनस्तरमा थप सम्बन्ध बलियो बनाउन जरुरी छ ।
विकासशील देशहरू संरा अमेरिकाको घातक सूचना युद्धविरुद्ध पनि एकआपसमा सहकार्य गर्नुपर्छ । चीनको हङकङ, ताइवान र विशेषतः सिन्चियाङको विषयमा संरा अमेरिकाले फैलाएका झूटा समाचार संसारका बहुमत मानिसहरूले विश्वास गर्न छोड्नु सुखद विषय हो । अमेरिकाको थिमाहा युद्ध (सैनिक, कूटनीतिक तथा विभिन्न माध्यम प्रयोग भएको लडाइँ) बारे विकासशील देशहरूसँग धेरै अनुभव छ । त्यसकारण चीन यस्ता चालबाजीको कसरी संसारकै सबभन्दा ठूलो शिकार भयो भन्नेबारे उनीहरूले राम्ररी बुझेका छन् । चीनले एक्काइसौँ शताब्दीको साम्राज्यवादविरोधी सङ्घर्षको नेतृत्व गरेको हुनाले नै चीनलाई यो समयमा प्रहारको निशाना बनाएको हो । साम्राज्यवादविरोधी यही सङ्घर्षको कारण संरा अमेरिकाको एकध्रुवीय विश्व बन्न नसकेको हो ।
आगामी वर्षमा अन्तर्राष्ट्रिय सम्बन्धमा धेरै कुइनेटा र घुम्तीहरू आउनेछन् । तर, विश्व घटना भने कुनै न कुनै हिसाबमा नव–साम्राज्यवाद र साम्राज्यवादविरोधी देशहरूबीचको सङ्घर्षकै वरपर घुमेको हुनेछ । इतिहास भनेको उत्पीडक वर्गविरुद्ध आफ्नो अधिकारको लागि उत्पीडित वर्गले गरेको सङ्घर्षको कथा हो । समयक्रममा यो सङ्घर्षले धेरै रूप धारण गरेको छ– दास र दास मालिकबीचको सङ्घर्षदेखि आज विकासशील देशहरूविरुद्ध पश्चिमा नव–साम्राज्यवादविरुद्धको सङ्घर्षसम्म । अध्येताहरूले विगत, वर्तमान र भविष्यका घटनाक्रमलाई सही तरिकाबाट बुझ्न यी सबै कुरामा विचार गर्न जरुरी छ ।
(लेखक मस्कोमा बस्ने अमेरिकी राजनीतिक विश्लेषक हुनुहुन्छ ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुमन 

Leave a Reply

Your email address will not be published. Required fields are marked *