भर्खरै :

शनिबार भैरवनाथको रथ दिनको २ बजेबाट तानिने

भक्तपुर, २६ चैत । आसन्न भक्तपुरको प्रसिद्ध बिस्का जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न भक्तपुर नपाको आयोजनामा बिहीबार नगरपालिकामा बोलाइएको सरोकारवालाहरूको बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ ।
नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले भैरवनाथको रथ दिनको २ बजे तान्न सुरू गर्ने र उक्त रथ टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा बढीमा नासमनासम्म मात्र लग्न तथा रथमा जुुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिहरूबाहेक अन्य व्यक्तिहरू अनधिकृतरूपमा नचढ्न अनुरोध गर्ने निर्णय ग¥यो ।
जात्रा अवधिभर भक्तपुर नगर क्षेत्रमा खानेपानीको आवश्यक व्यवस्था मिलाउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, भक्तपुरलाई, विद्युत प्रसारण सुचारू गर्न विद्युत प्राधिकरण, भक्तपुर वितरण शाखा र टेलिफोन र इन्टरनेट सेवा सुचारू गर्न नेपाल टेलिकम, भक्तपुरलाई जिम्मा दिने निर्णय बैठकले ग¥यो ।
जात्रा अवधिभर भक्तपुर नगरका विभिन्न क्षेत्रमा आकस्मिक स्वास्थ्य उपचारको लागि स्वास्थ्य शिविर व्यवस्थापन गर्न नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र, च्याम्हासिंह, यहाँका विभिन्न अस्पताल र नेपाल रेडक्रस सोसाइटी, भक्तपुरलाई जिम्मा दिने निर्णय बैठकले ग¥यो ।
यो वर्ष चैत २८ गते द्यो क्वहँबिज्याइगु जात्रासँगै पशाःच¥हे पनि परेको अवस्थामा उक्त दिन भैरवनाथ मन्दिरभित्र पूजाआजामात्र गर्ने र मन्दिर अगाडिको भैरवनाथ र वीर बेताल रहेको स्थानमा बलि दिने कार्य गराउने निर्णय पनि बैठकले ग¥यो ।
बैठकले गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यबाट प्रस्तुत २०७७ चैत २८ गतेदेखि २०७८ वैशाख ५ गतेसम्मको जात्राको कार्यसूची पारित गरेको छ ।
बैठकमा नगरपालिकाका जनप्रतिनिधिहरू, गुठी संस्थान प्रमुख, सुरक्षा निकायका प्रतिनिधिहरू, विद्युत प्राधिकरण, नेपाल टेलिकम, का.उ.खा.लि. भक्तपुरलगायतका कार्यालयका प्रमुखहरू, जात्रासँग सम्बन्धित गुठी नाइके, भैल नाइके, जुसी बजुलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *