भर्खरै :

सुरु भयो बिस्का जात्रा

भक्तपुर, २८ चैत । ऐतिहासिक बिस्का जात्राअन्तर्गत शनिबार भक्तपुरमा भैरवनाथको रथ तानियो । निर्धारित समत्र्न्दा केही समय ढिला गरी भैरवनाथको रथ तानिएको थियो । तौमढी चोकलाई बीच मानेर भक्तपुर नगरलाई दुई भाग–माथिल्लो भेग र तल्लो भेगमा विभाजित गरी रथ दुवै पक्षबीच तानिन्छ । शनिबार भने रथ तल्लो भेगमा लगिएको थियो । तल्लो भेगको झन्डै तेखापुखुसम्म रथ लगिएको थियो । रथ तान्दा दुईतिरका घरमा ठोकिँदा रथको केही भाग बिग्रेको छ ।
कोभिड–१९ को महामारीलाई ध्यानमा राखी जात्रामा सहभागी बन्दा सावधानीका उपाय लागु गर्न सार्वजनिक निकायले आह्वान गरे पनि मास्क लगाउने मानिसहरू भने कमै देखिए ।
रथ तान्ने क्रममा रथबाट खसेर केही जात्रालुहरू घाइते भएका छन् । रथबाट खस्दा घाइतेहरूलाई उपचारको लागि भक्तपुर अस्पताल पु¥याइएको बताइएको छ । समाचार तयार गर्दासम्म अस्पतालमा दस जना घाइतेको उपचारको लागि अस्पतालमा ल्याइएको थियो ।
रथ तान्ने क्रममा घाइते हुनेहरूमा दिपेश साङ्गाछे, कृष्णमान मुलगुठी, विकेश प्रजापति, विकास कर्माचार्य, मनिष सिन्ताकल, रमेश मातां, सुमित त्वायना, सुनिल नापित, नरेश श्रेष्ठ, राजेश त्वातीलगायत छन् । उनीहरूमध्ये कसैको खुट्टा भाँचेको, हातको माझ औँलामा चोट, इँटा झरेर निधार र टाउकोमा चोट लागेको, खुट्टामा चोट लागेको, खुट्टा किचेको, आँखा सुनिएको बताइएको छ । सामान्य घाइतेलाई उपचारपछि घर पठाइएको छ भने दुई जनालाई अस्पताल भर्ना गरिएको छ । एक जना घाइतेलाई कोरिया मैत्री अस्पतालमा उपचारको लागि पठाइएको स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *