इजरायली सेनाको गोलीबारीमा ७ महिनाका बालकको मृत्यु, आमाबुबा घाइते
- जेष्ठ २४, २०८३
संरा अमेरिकी विदेश नीतिको एउटा प्रमुख पक्ष भनेको त्यसले नक्कली युद्ध उछालिरहनु हो । विदेशी युद्धमा अमेरिकाको प्रत्यक्ष संलग्नता र हस्तक्षेपको तीतो अनुभवले उसलाई एक–दुई वटा पाठ सिकाएको छ । पहिलो, आफ्नो लडाइँ अरूलाई लड्न दिनु ठीक हो । दोस्रो, कुनै पनि घटनाप्रति आफू जिम्मेवार नभएको देखाउन आफैले काममा लगाएका शक्तिबाट दूरी कायम गर्नु हो ।
दोस्रो विश्वयुद्धपछि संरा अमेरिका निर्बाधरूपमा उदय भयो । विकसित देशहरू अझै युद्धको घाउ सुम्सुमाइरहेको बेला संरा अमेरिकाले आफूलाई संसारकै सबभन्दा बलियो शक्ति भएको पायो । पश्चिम युरो, प्रशान्त टापु र पूर्वी एसियाली क्षेत्रभरि उसका सैनिक आधारहरू थिए ।
आफ्ना उपनिवेश देशहरूमा राष्ट्रिय मुक्ति सङ्घर्षको बिस्तार र सोभियत सङ्घको नेतृत्वमा समाजवादी मोर्चाको उदयको कारण युरोपका उपनिवेशवादी शक्तिहरू गलिरहेका थिए । उनीहरू दोस्रो विश्व युद्धले ध्वस्त भएका पूर्वाधारहरूको पुनःनिर्माण गर्न धौ धौ मानिरहेका थिए ।
युरोपेली उपनिवेशवादको तेज कम भएसँगै संरा अमेरिकाले ‘संसारकै प्रहरी’ को भूमिका खेल्न थाल्यो । अनि ऊ संसारकै प्रभुत्ववादी शक्ति बन्यो । युरोपमा नाजीहरू समाप्त भएपछि संरा अमेरिकाले उनीहरूको सोभियतविरोधी स्थान लियो । एसियामा जापान साम्राज्यवाद पराजित भएपछि चीनविरोधी स्थान पनि उसैले लियो ।
समयान्तरमा संरा अमेरिकाले आफ्नो बाटोमा तगारो बनेका सबै शक्तिमाथि हमला गर्न थाले । पूर्वी एसिया, दक्षिणपूर्वी एसिया र क्यारिबियाली देशहरूमा संरा अमेरिकाले हमला गर्न थाल्यो । सोभियत सङ्घको विरोधमा युरोपमा र चीनको विरोधमा एसियामा उसले आफ्ना सैनिक अखडाहरू बनायो ।
तर, कोरियाली प्रायःद्वीप र भियतनाममा संरा अमेरिकी सैनिक हमला उसको लागि हानिकारक बन्यो । पछि अफगानिस्तान र इराकमाथि उसको सैनिक हमलाले पनि उसलाई सङ्कटमा धकेल्यो । अरू थप क्षति हुने जोखिम उठाउनुको सट्टा संरा अमेरिका नक्कली युद्धको नीतिमा स¥यो । आफ्नो लडाइँको निम्ति उसले विदेशी लडाकुहरूलाई तालिम दिने र पोस्ने काम ग¥यो । निकारागुआको कोन्ट्रा विद्रोहीहरू यसका सुरुका उदाहरण हुन् । एल–साल्भाडोर र अन्य धेरै ल्याटिन अमेरिकी देशहरूमा संरा अमेरिकाले तालिम दिएका हत्यारा दलको परिचालन पनि यसको उदाहरण हो ।
मध्यपूर्वमा संरा अमेरिकाले नराम्ररी पराजय भोग्नुपरेपछि संरा अमेरिकाले दुईमुखी रणनीति अपनायो । सो क्षेत्रमा आफ्नो रणनीतिक लक्ष्य हासिल गर्न संरा अमेरिकाले एकातिर हमला गर्ने र अर्कोतिर आफैले आतङ्कवादीहरू भर्ती गर्ने रणनीति लियो । जब आफ्नो स्वार्थसँग मेल खान्छ आतङ्कवादीहरूमाथि उनीहरू हमला गर्छन् अथवा आफूले ढाल्न चाहेको शासन समाप्त गर्न तिनै आतङ्कवादीहरूलाई परिचालन गर्छन् ।
त्यही भएर मध्यपूर्वका विभिन्न आतङ्कवादी समूहमध्ये कसैलाई संरा अमेरिकाले समर्थन गरिरहेको त कसैलाई विरोध गरिरहेको देख्छौँ । उसको यस्तो रणनीतिले आफ्नो भित्री मनसाय छोप्न आवश्यक ‘आफैले हुर्काएको शक्तिसँग पनि टाढा बस्ने’ गर्दै आएको छ ।
संरा अमेरिकाले प्रयोग गरेको सबभन्दा उपयोगी रणनीति भनेको रङ्गीन क्रान्तिको बिजारोपण गर्नु हो । आफूले भनेको नमान्ने सरकारलाई हटाउन संरा अमेरिकाले त्यो देशमा सरकारविरोधी प्रदर्शन सुरु गर्न लगाउने र आफ्नो नियन्त्रणमा राख्ने रणनीति संरा अमेरिकाले विकास ग¥यो । आफूले भनेको नमानेको सरकारलाई हटाएर संरा अमेरिकाले आफ्नो कुरा खुरुखुरु मान्ने दलाललाई सत्तामा ल्याउन थाल्यो । यस्ता कामको मिश्रित परिणाम आयो । तर, प्रत्यक्ष हस्तक्षेप गर्नुभन्दा यो रणनीति निकै प्रभावकारी मानियो ।
त्यसकारण चीनमा अस्थिरता फैलाउन र शक्तिशाली देशको रूपमा चीनको उदय रोक्न संरा अमेरिकाले यस्ता रणनीति प्रयोग गर्नु कुनै आश्चर्यको कुरा होइन । संरा अमेरिकाले चीनको विरोधमा थिमाहा युद्ध गरिरहेको छ । चीनको ताइवानी पृथकतावादीलाई समर्थन, हङकङ विशेष प्रशासकीय क्षेत्रका उपद्रव, तिब्बतको स्वशासित क्षेत्र र सिन्जियाङ उइगुर स्वशासित क्षेत्रमा पृथकतावादीहरूलाई सहायता पनि यो चीनविरोधी युद्धकै हिस्सा हुन् ।
यतिबेला संरा अमेरिकाको ध्यान सिन्जियाङमा छ । सिन्जियाङका पृथकतावादीहरूलाई संरा अमेरिकाले वर्षौं वर्षदेखि सहयोग गर्दै आएको छ । सिन्जियाङको स्वाधीनताको वकालत गर्दै आएका विदेशमा बसेका उइगुरहरूलाई लामो समयदेखि संरा अमेरिकी ‘नेसनल इन्डोमेन्ट फर डेमोक्रेसी–एनइडी’ ले पैसा दिँदै आएको छ । सिरिया र मध्यपूर्वका अन्य देशमा इस्लामिक स्टेटबाट तालिम लिएका उइगुर आतङ्कवादीहरूलाई संरा अमेरिकाले भित्रभित्र समर्थन गर्दै आएको छ । त्यसरी तालिम लिएका मानिसहरूलाई नै आतङ्कवादी गतिविधि गर्न सिन्जियाङ पठाइन्छ ।
चीनले आफ्नो भूमिमा आतङ्कवादको प्रतिरोध गर्ने प्रयासलाई संरा अमेरिकाले चीनमा मानव अधिकार उल्लङ्घन भएको भन्दै बदनाम गर्न प्रयोग गर्दै आएको छ । चीनबारे गलत प्रचारबाजी गर्न र उसलाई एक्लो बनाउन संरा अमेरिकाले यस्तो गर्दै आएको हो । संरा अमेरिकाका यस्ता रणनीति भने झूटको रूपमा उजागर हुँदै छ । संरा अमेरिकाका यस्ता जालसाजीको विरोध हुन थालेको छ ।
अमेरिकाको यस्तो भ्रमपूर्ण रणनीतिको दुष्परिणाम अघिल्लो ट्रम्प सरकारको विश्वव्यापी महत्वाकाङ्क्षाको लागि अवरोध हुन देखेपछि ऊ अरू देशको मामिलामा संरा अमेरिकाले अब हस्तक्षेप नगर्ने भनी घोषणा गर्न बाध्य भएको थियो । यो युद्धले अमेरिकी जनताको आजित भावना अभिव्यक्त गथ्र्यो । तर, ट्रम्प र उनको दक्षिणपन्थी, जातीय द्वैष र घृणा फैलाउने शैलीले संरा अमेरिकाको युगौँ पुरानो हात बटारिदिने र बन्दुक बोकेको डुङ्गा कूटनीतिलाई नै अघि बढायो ।
अहिलेसम्मको परिदृश्यमा संरा अमेरिकाको अघिल्लो सरकारको विदेश नीतिको खराब पक्ष, विशेषतः रुस र चीनको सन्दर्भमा बाइडेन सरकारले अझ अघि लाने देखिएको छ । तर, अमेरिकाको ‘अपवाद’ र ‘अपराजिता’ भावनालाई प्रवद्र्धन गर्ने बाइडेनको प्रयास असफल हुनेछ । संरा अमेरिका ‘अजर अमर’ होइन । जति चाँडो यो कुरा उसले बुझ्यो त्यत्ति नै उसको हित हुनेछ ।
(लेखक क्यालिफोर्निया विश्वविद्यालयको मानवशास्त्रका विद्यावारिधि र समसामयिक विषयका टिप्पणीकार हुनुहुन्छ ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुशिला
Leave a Reply