भर्खरै :

खोप पठाउन किन ढिला ?

भारतले नेपालमा कोरोना भाइरसको खोप एकाएक रोक्यो र सम्झौता उल्लङ्घन ग¥यो । भारतले नेपालमा सम्झौताअनुसार समयमै खोप उपलब्ध गराउनुपथ्र्यो । भारतले खोप रोकेको कारण नेपालमा दिइरहेको खोप रोक्नुप¥यो र सार्वजनिक सूचनासमेत बदल्नुप¥यो । यसले नेपाल सरकारलाई नमज्जा बनायो र सरकार आलोचित बन्यो । पहिलो पटक पठाइएको खोपको समय हप्तौँ बितिसकेको छ । तर, कथप खोप अहिलेसम्म पठाइएको छैन । यो भारत सरकारले नेपाल सरकारलाई बेवास्ता गरेको हो । यो मित्रघात हो, विश्वासघात हो । भारतले सम्झौता उल्लङ्घन गर्नुहुँदैनथ्यो तर भयो ।
भारतले खोप पठाउन बेवास्ता गरेपछि या थप खोप पठाउन ढिलाइ गरेपछि नेपालले सो खोप पठाउन आग्रह ग¥यो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय विदेशमन्त्री जयशङ्करसँग टेलिफोनमा कुराकानी गर्दै खोप छिटो उपलब्ध गराउन आग्रह गरेको समाचार गोरखापत्रमा छाप्यो । खोपको अभावले केही हप्ता खोप दिने कार्यक्रम नै प्रभावित भयो । पहिलो चरणको खोपलाई निरन्तरता दिन र वैशाख ७ गतेदेखि दिने भनिएको दोस्रो चरणको खोप दिन देशको लागि थप खोपको आवश्यकता छ ।
भारतले नेपाललाई जति खोप दिने प्रतिबद्धता गरेको हो, त्यो समयमै दिनुपर्छ । भारतले खोप उपलब्ध गराउन आनाकानी गर्नु ठीक होइन । कोरोना भाइरस सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको बेला कोरोना भाइरसविरुद्धको खोप झन् आवश्यक छ । खोप ढिलाइ गर्नुको अर्थ भाइरस सङ्क्रमितहरूको सङ्ख्या बढाउने काममा अप्रत्यक्ष टेवा पु¥याउनु हो । यसबारे भारत सरकारको ध्यान जानुपर्ने हो । भारतले भाइरसको खोप रोकेपछि नेपाल सरकारले पनि समयमै खोपको माग गर्नुपर्ने हो ।
पठाउनुपर्ने खोप भारतले नपठाउनु र नपठाए पनि नेपाल सरकार चुप लागेर बस्नु दुवै देशको कमजोरी हो । सरकारको यस्तै कमजोरीले गर्दा जनताले दुःख पाइरहेका छन् । कोरोना सङ्क्रमितहरूको लागि नेपाल सरकारले निःशुल्क स्वास्थ्य उपचार नगरेको परिस्थितिमा खोप पनि रोकेपछि नेपालमा पनि यो रोग प्रकोपको रुपमा देखापर्न सक्छ । छिमेकी देश भारतमा हरेक दिन लाखौँ सङ्क्रमित भइरहेको बेला खोप नपाउनु र स्वास्थ्योपचारमा सरकारको ध्यान नपुग्नु भनेको नेपाली जनताप्रतिको बेवास्ता नै हो । नेपाल सरकारले सजगता अपनाउन र बेसार पानी खाएर ढुक्क हुन आग्रह गरेर के कोरोना नियन्त्रण हुने हो र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *