भर्खरै :

दत्तात्रयमा क्यालिग्राफी कार्यक्रम

भक्तपुर, २९ चैत । लिपि ख्वपको आयोजनामा भक्तपुरस्थित दत्तात्रयमा क्यालिग्राफी जात्रा कार्यक्रम आइतबार सम्पन्न भयो । ‘झिगु लिपि, झिगु म्हासिका’ भन्ने मूल नाराका साथ पुराना लिपिहरू नयाँ पुस्तालाई सिकाउनुपर्छ भन्ने उद्देश्यका साथ यो कार्यक्रम गरिएको हो । जसमा पूर्व लिच्छवि लिपि र रञ्जना लिपिलाई प्राथमिकता दिइएको थियो ।
कार्यक्रमका मुख्य सञ्चालक श्रीराम खाइतुले प्राचीन लिपिहरू नयाँ पुस्तालाई जानकारी गराउनुभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “लिपि संरक्षण गर्ने पुरातत्व विभाग र लिपि गुठीजस्ता संस्थाहरूले पनि रञ्जना र प्रचलितलाई मात्र ध्यान दिएको पाइन्छ । तर ती लिपिभन्दा पहिले त ब्राह्मी लिपि आएको हो । त्यसपछि लिच्छवि लिपी आएको हो । सबभन्दा पुरानो लिपि भनेर ब्राह्मी लिपिलाई चिनिन्छ । यसको प्रमाण लुम्बिनीमा रहेको अशोक स्तम्भलाई हेर्न सकिन्छ । चाँगुमा रहेको राजा मानदेवको अभिलेखमा पूर्व लिच्छवि लिपिको प्रयोग गरिएको छ भने पशुपतिमा रहेको शिलालेखमा उत्तर लिच्छवि लिपिको प्रयोग गरेको हामी पाउँछौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *