भर्खरै :

आज जिब्रो छेड्ने जात्रा वैशाख ५ गते लिङ्गो ढाल्ने

मध्यपुर, १ वैशाख । बोडेको महालक्ष्मी मन्दिरको अगाडि बुधबार पश्ता छायेगु कार्यक्रम भयो । यस कार्यक्रमलाई भिन्दुका थरका देवताका नाइकेले पश्चाताप गरेकोको रूपमा लिने गरिन्छ । सो अवसरमा नीलबाराही नाचमा पोङा फुक्ने, तीनमुखे बाजा बजाउने र गीत गाउने आदि मानिसहरू मन्दिर अगाडि भेला हुन्छन् ।
पश्ता छायेगु कार्यक्रम सिधिएपछि द्यो म्हु वनिगु (देवताको परिक्रमा) हुन्छ । त्यसपछि खटपूजा हुन्छ । बोडेको विभिन्न टोलबाट हुने सो कार्यक्रम यस वर्ष नछु टोलबाट आयोजना गरिएको छ । खट पूजा बोडेबाट सुरू गरी चपाचो, बालकुमारी, नगदेशका देवताको खटमा पूजा हुन्छ । बेलुका गलु थनिगु कार्यक्रम हुन्छ र राति चान्हेसिया जात्रा हुन्छ । त्यस्तै चिराग बाल्दै कुमारी र अन्य देवताको पूजा हुन्छ ।
वैशाख २ गते बिस्केट जात्रा तथा जिब्रो छेड्ने जात्रा हुन्छ ।
जिब्रो छेड्ने काम नायो पःमाको रोहवरमा कर्मी नाइकेले गर्छन् । जिब्रो छेडाइसकेपछि जिब्रो छेड्ने व्यक्तिले अर्ध चन्द्राकार ‘भे’ बोकी बोडे परिक्रमा हुन्छ । पायो गणेश मन्दिरको प्राङ्गणमा जिब्रो छेडेको सुइरो निकालिन्छ । वैशाख ५ गते लिङ्गो ढालिन्छ र जात्रा सम्पन्न हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *