भर्खरै :

विद्यालय बन्द आवश्यक कदम

कोभिड–१९ महामारी ल्याउने कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्रगतिमा फैलिन थालेको छ । आइतबार र सोमबार कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दैनिक १२ सत्र्न्दा बढी पुग्यो । कोरोना भाइरसको नयाँ भेरियन्टले बालबालिका र युवाहरू बढी सङ्क्रमित भएको देखिएको छ ।
केही हप्ताअगाडि नै स्वास्थ्य मन्त्रालयले शैक्षिक संस्था बन्द गर्न कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) लाई सिफारिस गरेको थियो । तर, शिक्षा मन्त्रालयले शिक्षण संस्था बन्द गर्ने विषयमा अटेरी गर्दै बन्द गरिएका शिक्षण संस्था पुनः सञ्चालन गर्न शुक्रबार विज्ञप्तिसमेत जारी ग¥यो । काठमाडौँका विभिन्न विद्यालयका विद्यार्थीहरूमा सङ्क्रमण देखिएपछि काठमाडौँ जिल्ला प्रशासन कार्र्यालयले सङ्क्रमण देखिएका शिक्षण संस्था एक हप्ताका लागि बन्द गर्नु भन्दै शुक्रबार सूचना जारी ग¥यो । तर, शनिबार दिउँसो बसेको सीसीएमसीको बैठकले वैशाख मसान्तसम्म सहरी क्षेत्रका शिक्षण संस्था बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । अहिलेको यो अवस्थामा शिक्षण संस्था बन्द गर्नतिर जोड गर्नुको मुख्य कारण बालबालिकामा सङ्क्रमणको जोखिम उच्च रहेको स्पष्ट छ ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्दै आएको तथ्याङ्क हेर्ने हो भने पछिल्लो समय १९ वर्षसम्मका उमेर समूहमा सङ्क्रमण बढ्दै गएको पाइएको छ । बालबालिकामा सङ्क्रमण बढ्दो भएका कारण स्थिति भयावह भएर लकडाउन गर्नुपर्ने अवस्थासम्म नपुग्नका लागि विद्यालय तथा कलेज बन्द गर्ने सिफारिस गरिएको स्वास्थ्य मन्त्रालयले भनिरहेको छ । दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन विद्यालयसहित अन्य सार्वजनिक क्षेत्र पनि बन्द गर्नु समयको आवश्यकता हो । यसमा अभिभावक, विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी सबैले आवश्यक कदमको रूपमा बुझेर सहयोग गर्नु जरूरी छ । बालबालिकाको जीवनको मूल्य एक दुई महिनाको पढाइ हुनसक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *