जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
राजतन्त्र फालेर जनताका छोराछोरीले आज सत्ता पाएका छन् । जनताका छोराछोरी राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएकोमा ठुलो खुसी मनाए । देशभरि उत्सव, उल्लासका साथ खुसी सातासात गरे । वर्ष दिन बिते । देशमा संविधान बन्यो । यहाँ प्रधानमन्त्री र मन्त्रीहरूको अनुहार बदलिँदै गयो । तर, सर्वसाधारण जनताको दुःख, पिर, मर्का बदलिएन । जनताका आशाहरू निराशामा बदलिँदै छन् ।
जनतालाई अनेक लोभ र प्रलोभनमा फसाएर मत लिएर सत्तामा पुगेकाहरूले जनतामाथि घात गरिरहेका छन्, कुर्सीको निम्ति लड्दै छन् । बाँदरको हातमा नरिवलझैँ कुकुरको झगडामा रूमलिएर हाम्रो देशलाई अहिले बर्बादीको अवस्थामा पु¥याइरहेका छन् । सत्तामा लिप्त पार्टीहरू फुट्नु र जुट्नु नौलो कुरा होइन । यो त उनीहरूको रित हो । सर्वसाधारणलाई भ्रमको खेती गरिरहेको छ । अहिलेको एमालेको स्यालको लडाइँ पनि उनीहरूको संस्कार हो । कोभिडबाट आक्रान्त नेपाली जनताको स्वास्थ्यलाई बेवास्ता गर्ने कुकृतिमात्र हो, यति बुझे हुन्छ ।
Leave a Reply