भर्खरै :

फ्रान्सेली पुँजीवादी क्रान्ति – १२

१८३० को पुँजीवादी क्रान्ति
१८३० जुलाईमा चाल्र्स दसौँले प्रतिनिधिसभालाई भङ्ग गरे र पुँजीपति वर्गको मताधिकारमाथि अझ रोक लगाए । प्रेसको विरोधमा पनि नयाँ ऐन ल्याइयो । पुँजीपति वर्ग वातावरण अनुकूल आलताल गरेर बस्थ्यो । तर, २७ जुलाई १८३० को दिन पेरिसका सडकहरूमा जनता खनिन थाले । ठाउँ–ठाउँमा छेकबार लगाउन थाले । विद्रोह भयो । पेरिसका वरिपरि मजदुरहरूसँगसँगै विद्यार्थी र स–साना पुँजीपति वर्गले शाही सेनाको विरोधमा सङ्घर्ष गर्न थाले । सशस्त्र सङ्घर्ष नगरको सडक र चौबाटोमा तीन दिनसम्म चल्यो । नगर बाहिर सेन्टआन्टोनी भन्ने ठाउँमा भएको भिडन्त सबभन्दा चर्को थियो । विद्रोही मजदुरहरूले घर घरबाट शाही सेनामाथि गोली हान्न थाले । स्वास्नीमानिसहरूले ढुङ्गा उप्काउँथे र छानाबाट सिपाहीहरूमाथि हान्थे । झ्याल–झ्यालबाट तिनीहरूको टाउकोमा काठका मालसामानले हान्थे र बजार्थे । २९ जुलाईको दिनको भिडन्तमा जनताले विजय पाए । सरकारी सेना आफै जनतासँग मिल्न गयो । चाल्र्स १० औँ गद्दी छोडेर बेलायत भागे । तर, गणतन्त्रवादीहरूले अझै अनुभवबाट सिक्न सकेनन् ।
जुलाई क्रान्तिले खान्दानी राजा रजौटाहरूको प्रभुत्वलाई त उल्टाइदियो तर राजतन्त्रवादी शक्तिलाई भने दबाउन सकेन । पुँजीपति वर्ग विद्रोहका दिनहरूमा थरथर काप्थे, सबै कोसिस आफ्नो स्वार्थ बचाउन लगाउँथे । ७ अगष्ट १८३० मा राष्ट्रिय प्रतिनिधिसभाले लुई फिलिपलाई राज गद्दीमा राख्यो । लुई फिलिप पूवों वंशकै एक हाँगा आलियनिष्ट वंशका थिए । लुई फिलिपले आफ्नो सामन्ती रीतिरिवाजलाई त्यागेर पुँजीवादी रीतिरिवाज अपनाउन थाले । अब शासन सत्ता सामन्तहरूको हातबाट धनी व्यापारी, कारखानेदार र बैङ्कपतिहरूको हातमा गयो । जुलाईमा स्थापना गरेको त्यस राजतन्त्रलाई ‘जुलाईको राजतन्त्र’ भनिन्छ । पुँजीपति वर्गले राखेको त्यो ‘जुलाई राजतन्त्र’ १८३० देखि १८४८ सम्म रह्यो । यस राजतन्त्रको शक्ति बैङ्कका ठुलठुला उद्योगपतिहरूको हातमा गयो ।
लुई फिलिप सा¥है धनी, कन्जुुस, लोभी र छली थिए । पुनस्र्थापनाका दिनहरूमा लोकप्रियता कमाउन उनी पेरिसका सडकहरूमा जनताको हुलमा मिसिन्थे । खाँडीको वा बाक्लो लुगा लगाएर पानी पर्दा साधारण पुँजीपति वर्ग जस्तै छाता आफैले ओढ्थे ।
लुई फिलिप पैसाका थैलीहरू अथवा ठुलठुला पुँजीपति वर्गका राजा थिए । लुई फिलिप राजा भएको दिन एक मुख्य बैङ्कपति लाफित ९ीबाष्त० ले भन्यो, “अब फ्रान्समा बैङ्कपतिहरूद्वारा राज्य गरिनेछ ।”
जुलाई १८३० मा मजदुरहरूले छेकवारहरू राखेर राजतन्त्र खत्तम गर्न र गणतन्त्र स्थापना गर्न लडेका थिए । तर, मजदुरहरू सङ्गठित थिएनन् । त्यस्तो सङ्गठनको अभाव भएकोले बैङ्कपति र मुख्य मुख्य उद्योगपतिहरू राज्य शासन हत्याउन सफल भए । यसपालि राजा–रजौटाले त्यो फाइदा उठाउन सकेनन् । उद्योगधन्दाको चर्को विकास हुँदै गयो ।
मजदुर र किसानहरूको अवस्था
पुँजीवादको विकासले फ्रान्सेली मजदुर र सारा किसान जनताको अवस्था झन्झन् तल झर्न थाल्यो । १८ औँ शताब्दीको क्रान्तिमा किसानहरूले पाएको जग्गा स–साना टुक्राहरूमा विभाजित भए । किसानहरूको आम्दानीको ठुलो भाग कर तिर्नमा लाग्थ्यो । किसानहरू धमाधम गरिब हुँदै गए । हजारौँ किसानहरू ऋण तिर्न खेत बेच्न लागे । प्रधानमन्त्री गीजात थिए । उनी अनेक गैरकानुनी कामहरू गर्थे । यसकारण मध्यम वर्ग पनि उनीबाट सा¥है असन्तुष्ट हुँदै गयो ।
१८४८–१८४९ को क्रान्ति : लुई फिलिपको राजतन्त्र पल्ट्यो
फ्रान्सेली मजदुर वर्गको आर्थिक स्थिति झन्झन् गरिब हुँदै थियो । १८४५–१८४७ को बाली राम्रो भएन । आलुको रोगले सम्पूर्ण युरोपलाई छोएको थियो । विकसित र पुँजीवादी देशमा आर्थिक सङ्कटको मार परिरहेको थियो । ज्याला ५० प्रतिशतदेखि ६० प्रतिशतले घट्यो । बेकारी समस्या व्यापक भयो । १८४७ मा एक फ्रान्सेली पत्रिकाले लेखेको थियो, “८० हजार ढुङ्गा फोर्ने मजदुरहरू सिकर्मी र अरु ज्यामीहरू कामबाट हटाइए ।”… उद्योगमा आतङ्क मच्चिरहेको छ । ज्याला घट्दै छ । पैसा सबै सेफको बाकसमा बन्द गरिएको छ । सबभन्दा ठुलो विपत्तिको बेला जस्तै पेरिसको बजारमा एकपछि अर्को पसलहरू बन्द हुँदै छन् । हरेक दिन अनगिन्ती मानिसहरूको टाट उल्टिदै छ । अदालतको आदेशले गिरफ्तार हुँदै जान्छ र सम्पत्ति तायजाति र लिलाम हुँदै छ ।
मजदुरहरूको अवस्था पनि निराशाजनक थियो । लिले ९ीष्ििभ० नगरको एक मजदुर इलाकाको जाँचबुझ गर्दा एक बुढी आइमाईले भनेकी थिइन्, “म धनी हुँ तर मसँग आफ्नो परालको एक कली छ । मालिकलाई धन्यवाद ।” त्यो परालको भारी उनको ओछ्यान हो । सन् १८४७ मा एक कर्मचारीले व्यापार मन्त्रीको रिपोर्टमा भनेका थिए, “कारखानाहरूमा रातदिन ८ देखि १५ वर्षका केटाकेटीलाई १४ घण्टा काम गर्न दिइन्छ । केटाकेटीहरू कारखानामै सुत्छन् । कारखानाको मालिकको आदेशले पाले (चौकीदार) ले कारखानाको घण्टीलाई बिहान ४५ मिनेट चलाख बनाउँछ र साँझ आधा घण्टा ढिलो बनाउँछ । यसरी मजदुरहरूलाई दिनको २ घण्टा अझ बढी काम गराइन्छ । यसकारण मजदुरहरू भित्रभित्रै असन्तुष्ट थिए । जनतालाई राजनैतिक अधिकारबाट वञ्चित गराइएको थियो । मताधिकारबाट जनता वञ्चित थिए । राजनैतिक अधिकार नहुँदा औद्योगिक पुँजीपति वर्गमा असन्तोष थियो । अल्जेरियामा पनि फ्रान्सेली जनताले फ्रान्सको सरकारको विरोधमा सङ्घर्ष गर्दै थिए । अल्जेरियामा मात्रै फ्रान्सको १ लाख सेना थियो । यसप्रकार आर्थिक सङ्कट बढ्दै थियो ।
पुँजीवादको विकास र ठुलठुला उद्योगको स्थापनाले औद्योगिक पुँजीपति वर्ग सम्पन्न हुँदै गयो । तर, राजनैतिक अधिकार बैङ्कर र खान्दानीका केही मालिकहरूको हातमा थियो । तिनीहरूमाथि राजा थिए । उद्योग र कारखानाका मेनेजर र मालिकहरू संविधानमा सुधार ल्याउन चाहन्थे । तिनीहरू बालिग मताधिकारको आधारमा चुनिएको सरकार अथवा गणतन्त्र चाहन्थे ।
मजदुर वर्ग पनि गणतन्त्र चाहन्थे । तिनीहरू आफ्नो आर्थिक जीवनलाई सुधार्ने गणतन्त्र चाहन्थे । तर, पुँजीपति वर्गलाई चुनावको सरकार आए हुन्थ्यो । दुवैले गणतन्त्र चाहेको भए पनि उद्देश्य फरकफरक थियो । वर्गीय उद्देश्य झन्झन् प्रस्ट हुँदै गयो ।
ठुलठुला पुँजीपति वर्गले निर्वाचन नियमावलीमा सुधार गर्न लाग्यो । वर्षमा २०० फ्राँक प्रत्यक्ष कर तिर्नेहरूको मात्रै चुनावमा मत दिने अधिकार हुन्थ्यो । तर, जनतामा असन्तोष बढ्यो । ठुलठुला सभाहरू भए । अनेक नाउँ चलेका पुँजीवादी नेताहरूले पनि निर्वाचन नियमावलीमा सुधारको पक्षमा बोल्थे ।
२२ फेब्रुअरी १८४८ मा एक ठुलो सभा बोलाइएको थियो । सरकारले सभामा प्रतिबन्ध लगायो । पुँजीपति वर्गले सरकारको प्रतिबन्धलाई स्वीकार ग¥यो । तिनीहरू मुखले मात्रै ठुलठुला कुरा गर्थे र क्रान्तिदेखि डराउँथे । यसकारण, पुँजीवादी राजनीतिज्ञहरू घरमै बसे ।
तर, मजदुरहरू भनिएको ठाउँमा सभाको निमित्त उपस्थित भए । विभिन्न गुप्त क्रान्तिकारी गणतान्त्रिक समाजवादी सङ्गठनका प्रतिनिधिहरू पनि हाजिर भए । विभिन्न सङ्गठनका नेताहरू गिरफ्तारबाट बचे र विद्रोहको निम्ति आह्वान गरे । जनताले जहाँतहीँ लडाइँको निम्ति छेकबारहरू राख्न थाले । जनताले सडकमा आएर निर्वाचन नियमावलीको सुधारको माग गर्न थाले । सरकारले राष्ट्रिय गार्डलाई बोलाउने घोषणा ग¥यो । तर, राष्ट्रिय गार्डका धेरैजसो जवानहरू मजदुरहरूसँग मिल्न गए ।
२३ फेब्रुअरी १८४८ को रातमा सरकारी सेनाले मजदुरहरूको जुलुसमाथि गोली चलायो । यसले सारा ठाउँमा विद्रोह फैलियो । २००० ठाउँमा अथवा बाटोघाटोमा छेकबारहरू हालेर पेरिसवासीहरू सङ्घर्ष गर्न तयार भए । एकै रात ४००० रुखहरू काटेर १० लाख ढुङ्गाहरू उप्काएर थुपारिए ।
२४ फेब्रअरीको दिन क्रान्तिकारीहरूले सैनिक व्यारेकहरूमाथि कब्जा गरेर नगरभित्र रहेका सबै हातहतियार र बारुद खाना कब्जा गरे । विद्रोहको हावापानी देख्नासाथै राजा लुई फिलिप दरबारको गुप्त बाटोबाट भागे । एउटा गाडी भाडामा लिएर उनी पेरिसबाट कुलेलम ठोके । तर, प्रतिनिधिसभाका सदस्यहरू लुई फिलिपको गद्दीमा उसको नातिलाई राख्न चाहन्थे । उनीहरू नाबालक राजाको हर्ताकर्ताको निम्ति उनकी आमालाई राखेर एक सरकार गठन गर्न खोजे ।
त्यसबेला सशस्त्र मजदुरहरू र राष्ट्रिय गार्ड मिलेर त्यस राजतन्त्रवादी षड्यन्त्रलाई बेकार बनाइदिए । मजदुर वर्गले राजतन्त्रको चिनो राजगद्दीलाई बाटोमा ल्याएर आगो लगाइदिए । यो राजतन्त्रमाथि जनताको विरोधको प्रतीक थियो । राजदरबारमा मजदुरहरूको धावा सफल भयो । मजदुरहरू विभिन्न क्रान्तिकारी गुटमा सङ्गठित थिए । केही समाजवादीहरू पनि थिए । त्यसमा नेता लुई ब्लाङ्की थिए । उनले पहिले राज्य मजदुर सङ्घलाई कारखाना खोल्नको निम्ति सरकारसँग ऋण मागेका थिए । तर, उनी सफल भएका थिएनन् । उनी बेकारी भत्ता दिलाउनमा मात्रै सफल भए । मजदुरहरूको वीरता र सतर्कताले फ्रान्समा जुलाईको पुँजीवादी राजतन्त्रलाई उखेलेर फ्याँकिदियो । मजदुर वर्गको एउटै केन्द्रीय सङ्गठन थिएन । राम्रो नेतृत्वको विकास भएको थिएन ।
यसको उल्टो पुँजीपति वर्ग राम्रो सङ्गठित थियो । परिस्थितिलाई ठम्याउने खालको नेतृत्व थियो । राष्ट्रिय गार्डको समर्थन पनि तिनीहरूलाई थियो । यसकारण पुँजीपति वर्ग नयाँ सरकार बनाउन सफल भयो । वुर्वो दरबारमा नयाँ अस्थायी सरकारको घोषणा ग¥यो । राष्ट्रिय प्रतिनिधिसभाले जनरल केविनायलाई अस्थायी सर्वाधिकार राष्ट्रपति नियुक्त ग¥यो । तर, संविधासभा बोलाई जनताको मागअनुसारका अलवर्ट र लुई ब्लाङ्कलाई पनि लियो ।
अलवर्ट एक टाँक बनाउने कारखानाका मजदुर थिए । उनले १८४३ को लियोन विद्रोहमा पनि भाग लिएका थिए । लुई ब्लाङ्क एक पत्रकार र इतिहासकार थिए । उनी आफूलाई एक समाजवादी भन्थे । उनी व्यक्तिगत सम्पत्तिका समर्थक भए र मजदुर वर्गलाई धोखा दिएर पुँजीपति वर्गसँग मिल्न गए । त्यस पुँजीवादी अस्थायी सरकारले समाजवादीहरूलाई मन्त्रीस्तरीय पदहरू दिएन । साधारण सचिव तहका पदहरूमात्रै दियो । तिनीहरूमध्ये सबभन्दा ठुलो पद लामार्टीनलाई दियो । त्यो पनि उसले कारखानाका मालिकहरूको स्वार्थ पक्ष लिएका हुनाले दिएको हो । उसको पद विदेश विभागको पद थियो ।
२५ फ्रेब्रुअरीको दिन मजदुरहरूको ठुलो प्रदर्शन भयो । तिनीहरूले सम्पूर्ण अधिकारसम्पन्न गणतन्त्रको माग गरे । साँचो मानेमा फ्रान्सेली मजदुर वर्गको गणतन्त्रको निम्ति रगत बगाउन थाले । के गणतन्त्र नै मजदुर वर्गको उद्देश्य थियो त ? त्यसबेला राजतन्त्रभन्दा गणतन्त्रलाई एक पाइला अगाडि सम्झन्थे । त्यस संसदीय व्यवस्थाले अथवा गणतान्त्रिक व्यवस्थामा जनतालाई सम्झन्थे । त्यस संसदीय या गणतान्त्रिक व्यवस्थामा जनतालाई राजनीतिकरूपले सङ्गठित र शिक्षित गर्ने केही सम्भावनाहरू थिए । तर, गणतन्त्र पनि पुँजीपति वर्गकै सरकार थियो । पुँजीवादी प्रजातन्त्रमा पनि पुँजीपति वर्गले मजदुर वर्ग जनतालाई दबाई नै राख्दथ्यो । फ्रान्सेली गणतन्त्रले पनि मजदुर वर्गको निम्ति केही गर्न सक्दैनथ्यो र गर्न पनि सकेन ।
यसकारण मजदुरहरूको एक ठुलो जुलुस अस्थायी सरकारको भवन अगाडि भेला भयो । जनताले हातहतियार पनि लिएका थिए । जनताको तर्फबाट एक सशस्त्र मजदुरले बोले, “बेकारी मजदुरहरूले काम पाउनुपर्छ । अस्थायी सरकारले कामको अधिकारलाई मान्यता दिनुपर्छ । हामी मजदुरहरू आफ्नो आर्थिक अवस्थामा पूर्ण परिवर्तन चाहन्छौँ ।” यस दृष्टिकोणबाट थाहा हुन्छ तिनीहरू ‘समाजवादी गणतन्त्र’ को माग गर्थे । तर, त्यसबेला मजदुरहरूलाई के थाहा थिएन भने पुँजीवादी सरकारलाई उल्टाएर फालेपछि मात्रै तिनीहरूको ‘समाजवादी गणतन्त्र’ को माग पूरा हुनेछ ।
अस्थायी सरकारले जनताको असन्तोषबाट डराएर ‘कामको अधिकार’ लाई स्वीकार गरेको हाउभाउ ग¥यो । तर त्यो एक छलकपट थियो । भित्रभित्र मजदुरहरूको आन्दोलन दबाउने निर्णय गरेर सरकारले व्यवहारमा देखावटीको निम्ति काम गर्ने अधिकारलाई मान्यो ।
अस्थायी सरकारको मान्यताअनुसार जनकार्य मन्त्रालयको मातहतमा दानको रूपमा एक ‘राष्ट्रिय ज्यासल’ खोल्यो । यो एक काम गर्ने भट्टी या कालीगढको पसलजस्तै थियो । त्यसमा काम गर्न भर्ना हुने सबैलाई एक एक वटा साबेल र एक एक वटा पाङ्ग्रा भएको सामान ओसार्न ह्वील ब्यारो दिइन्थ्यो । त्यसमा एक लाख मजदुरहरू भर्ना भए । ठुलठुलो र राम्रो काम गर्ने मजदुरहरूसमेत माटो ओसार्ने काम गर्थे । तैपनि खर्च धेरै पर्दथ्यो ।
आर्थिक सङ्कट चर्किँदै थियो । सरकारले पुँजीपति वर्गसँग ऋण लिएको थियो । सरकारले लिएको ऋणलाई ब्याज अगाडि नै दिइन्थ्यो । यसले पुँजीपति वर्गलाई फाइदा थियो । सरकारले किसानहरूसँग सयकडा ४५ प्रतिशत प्रत्यक्ष कर लगायो । पेरिसका मजदुरहरूले काम गर्न नमानेको हुनाले किसानहरूले कर तिर्नुपरेको हो तथा राष्ट्रिय ज्यासल चलाउनलाई त्यो पैसा खर्च हुन्छ भनेर फटाहा कुरा सरकारले गाउँगाउँमा फैलायो । किसानहरूलाई मजदुरहरूसँग झगडा गराउन झुटो हल्ला फैलायो । यो पुँजीपति वर्गको मजदुर र किसानलाई झगडा गराउने मजदुरविरोधी काम थियो ।
मई महिनामा संविधानसभाको चुनाव पनि नजिकै आइरहेको थियो । किसानहरू देशको जनसङ्ख्याको ठुलो भाग थियो । तिनीहरूको मत मजदुरहरूले लिन नपाऊन् भनेरै यस्तो हल्ला फैलाइएको थियो । किसानहरूले यस्तो कपटी र छली कुरालाई बुझेका थिएनन् । किसानहरूले आफ्नो मत पुँजीपति वर्गलाई दिए र विधानसभामा पुँजीपति वर्गको जीत भयो ।
१८४८ को मजदुर विद्रोह
२२ जून १८४८ को दिन सरकारले राष्ट्रिय ज्यासललाई बन्द ग¥यो । यसले १ लाख १३ हजार मजदुर बेकार भए । मजदुर वर्गले सरकारको त्यस पाइलाको विरोध गर्नेछन् भन्ने कुरा सरकारलाई राम्रै थाहा थियो । सरकारले राष्ट्रिय ज्यासललाई बन्द गर्नुको अर्थ मजदुरहरूलाई उत्तेजित गरेर हत्या काण्ड मच्चाउनु थियो । यो एक जाली काम थियो, एक षड्यन्त्र थियो ।
२३ जूनको दिन पेरिसका सबै पसलहरू बन्द थिए । जहाँ जहाँ राष्ट्रिय गार्डका जवानहरू पहरा दिइरहेका थिए सडक र गल्लीहरूमा ४०० भन्दा बढी लडाइँ गर्ने छेकवारहरू राखिएका थिए । सहरको बाहिर फेरा र राजधानीको आधा भाग पूरा लडाइँको निम्ति तयार थियो । लियोन र सिलेसियाका जुलाहाहरूको विद्रोह र बेलायतको माग पत्रहरूको आन्दोलनभन्दा त्यो अवस्था धेरै चर्को थियो ।
लडाइँको घण्टी बज्यो । मजदुर वर्ग सारा लडाइँको मोर्चामा भिडेका थिए । संविधानसभाले जेनेरल काभिग्नासलाई असाधारण अधिकार दियो । जेनेरल काभिग्नास अल्जेरियामा फ्रान्सविरोधी जनजातिका हत्यारा थिए । संविधानसभाले वास्तवमा उसलाई सैनिक तानाशाह बनाएको थियो । यसले पुँजीपति वर्गको कसाहीको रूपलाई प्रस्ट गथ्र्यो ।
तर, मजदुर वर्गले पुँजीपति वर्गको ज्यानमारा नीतिको अगाडि घुँडा टेकेन । राष्ट्रिय ज्यासलका मजदुरहरूसँगसँगै मेसिनको कारखाना, रेलका सर्वहाराहरू पनि मोर्चामा जुझेका थिए । सहरको बाहिरी फेराको ऐन्ट आइन्टुलिईका सिकर्मीहरू लडाइँमा बडो राम्रोसँग लडेका थिए । आइमाई र केटाकेटीहरूले मजदुर लडाकुहरूको निम्ति गोली बनाउनमा मद्दत गर्थे, घाइतेहरूलाई प्राथमिक उपचार गर्थे र लडाकुहरूलाई खाना र पानी पु¥याउँथे ।
राष्ट्रिय ज्यासलमा मजदुरहरूको सङ्गठनको आधार सैनिक ढङ्गको थियो । स–साना दलहरू अनुशासित सङ्गठित थिए । लडाइँमा तिनीहरूले ठुलो साहस देखाएका थिए । अद्वितीय एकता र शत्रुको आँखै तिरमिराउने सैनिक कौशल र खुबीको परिचय दिएका थिए । तर पनि मजदुरहरूमा केही कमजोर पक्ष थियो । त्यस जूनको विद्रोहमा तिनीहरूको कुनै एक संयुक्त नेतृत्व थिएन । गुप्त क्रान्तिकारी सङ्गठनले मात्रै राम्रो निर्देशन दिन सकिरहेको थियो । सङ्घर्ष पूरा इलाकामा फैलिन नसकी केही इलाकामात्रै सक्रिय र चर्को थियो । एक ठाउँमा ६० वर्षको एक सार्कीले कामीको धन लिएर मोर्चाको रक्षाको निम्ति निर्देशन दिँदै थिए ।
२४ जुनको दिन मजदुरहरू नगर भवन कब्जा गर्ने उद्देश्यले बढिरहेका थिए । मजदुरहरू नगर भवन पुग्न ५०–६० पाइलामात्रै बाँकी थियो । लडाइँ मजदुरहरूले जित्दै थिए । तर, २६ जूनको दिन पासा पल्ट्यो । ज्यानमारा काभिग्नासले मजदुरहरूको विरोधमा नियमित पल्टनहरू पठायो । सरकारी पल्टनका तोपहरूले मजदुर इलाकाहरूमा गोला बर्साउन थाले । मजदुरहरूसँग पेरिसका गरिबहरूको जनसेना र राष्ट्रिय गार्डहरू मिलाएर जम्मा २४ हजार सेनामात्रै थियो । त्यसको तुलनामा सरकारी सेना बढी थियो । हातहतियार आधुनिक थियो । पल्टन तालिम प्राप्त थियो ।
विद्रोहमा सर्वहारा वर्गको एक केन्द्र थिएन अथवा धेरै केन्द्रहरू थिए । तिनीहरूको आफ्नो कुनै राजनीतिक पार्टी थिएन । किसानहरूले मजदुरहरूलाई समर्थन गर्न मानेनन् । सर्वहारा वर्गलाई बाहिरबाट मद्दत दिन कोही आउने थिएनन् । स–साना पुँजीपति वर्ग लडाइँको समयमा शत्रुको अगाडि आत्मसमर्पण गर्ने लुइस ब्लाङ्कले आत्मसमर्पणको निम्ति गोटीहरू चाले र धोखा दिए तथा आफू बेलायत भागे । प्रुधों पक्राउ परे ।
१८४८ को जून २४ र २६ को भयङ्कर सङ्घर्षमा मजदुरहरूले बडो साहस र दृढतापूर्वक लडेका थिए । तर, तिनीहरू नगरबाहिर पछाडि हट्नुप¥यो । सहरबाहिर सेन्ट आन्टोनी विद्रोहीहरूको एक बलियो गढमध्ये एक थियो । यो अन्तसम्म जुझिरह्यो । २६ जूनको दिन मजदुरहरूले आत्मसमर्पण गरे । सरकारी पल्टनले मजदुर पोशाक लगाएका र बारूदको धुंँवाले कालो भएका सबैलाई पक्रन्थ्यो र गोली हान्थ्यो । भिडन्तमा ५ सय मजदुरहरू मरे । सङ्घर्षपछि ११ हजारभन्दा बढी मजदुरहरू गोली हानी मारिए । २५ हजार गिरफ्तार गरिए र त्यसमध्ये पुगनपुग ४–५ हजार मजदुरहरूलाई उपनिवेशहरूमा कठोर श्रमको सजाय गरियो । यसरी २६ जूनको हत्या काण्डले १८४८ को लडाइँमा पुँजीपति वर्गको विजय भयो । फ्रान्सेली मजदुरहरूको हारले जर्मनी, इटाली र अरू देशका पुँजीपति वर्ग र जमिनदार वर्गले पनि जनताको विरोधमा दमनहरू गर्न थाले । फ्रान्समा पनि पुँजीपति वर्गले मजदुर वर्गको बरोबर विद्रोह गर्न बाध्य गथ्र्यो । तर, मजदुर वर्गले पुँजीपति वर्गको विरोधमा ४ दिनसम्म रगताम्य भिडन्त गरेको थियो । त्यो भिडन्त नयाँ समाजलाई ल्याउन दुई वर्गको बिचमा भएको ठुलो भिडन्त थियो । पुँजीवादी व्यवस्थालाई राख्ने वा फाल्ने भन्ने प्रश्न नै यस भिडन्तको सार थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *