तीन मुक्तक
- आश्विन ९, २०८३
प्रधानपुँजीपति वर्गको गद्दारी
फ्रान्सेली जनताले बडो साहस र बहादुरीपूर्वक लडे पनि लडाइँको स्थिति फ्रान्सेली जनताको पक्षमा रहेन । पेरिसमा शत्रुले घेरिरहेको थियो । खान नपाएर केटाकेटीहरू मर्न थाले । जनताको आर्थिक स्थिति भन्नै नसक्ने ढङ्गले खराब हुँदै गइरहेको थियो । तर, पुँजीपति वर्ग मोजमज्जामै जीवन बिताइरहेको थियो ।
सन् १८७० को डिसेम्बर महिनामा शत्रुले पेरिसमा गोला बर्साउन थाल्यो । जनतामा देशभक्तिको भावना झन् बढ्न थाल्यो । यस परिस्थितिले पुँजीपतिहरू डराए । तिनीहरू भित्रभित्रै शत्रुहरूसँग मिल्न लागेका थिए । जनताले लडाइँ जितेमा पछि आफ्नो बन्दुक शोषकहरूको छातीमा ताक्नेछन् भनेर तिनीहरू डराउँथे । शोषक वर्गको निम्ति शत्रु देशको पुँजीपति वर्ग र शासक वर्ग आफ्नो मित्र भयो । तर, आफ्नै देशका जनता शत्रु भए । यो पुँजीपति वर्गको बिर्सन नसकिने वर्गीय बैगुण थियो । यस कुरालाई जनताले बुझे । यसकारण त्यस ‘राष्ट्रिय रक्षाको सरकार’ भन्ने पुँजीवादी सरकारको विरोधमा पनि मजदुर वर्गले तयारी गर्न लाग्यो ।
त्यसबेला पेरिस २० इलाका वा जिल्लामा बाँडिएको थियो । ती सबै इलाकाहरूबाट मजदुर र कालीगढका प्रतिनिधिहरू एक ठाउँमा भेला भए । तिनीहरूले एक तयारी समिति बनाए । पछि त्यो समिति एक केन्द्रीय समितिको रूपमा बदलियो ।
त्यस क्रान्तिकारी केन्द्रीय समितिले २० सै जिल्लाको तर्फबाट एक कार्यक्रम तयार ग¥यो । पुलिसको काम जनतामा सुम्पने, सरकारी पदाधिकारीहरूको चुनाव गर्ने, भाषण र प्रेस स्वतन्त्रता, सभा र सङ्गठन गर्ने स्वतन्त्रता आदि कार्यक्रमका मुख्य विषय थिए । यी विषयहरूलाई एक मागको रूपमा पेरिसका पर्खालहरूलाई पर्चाले भरिदियो । खाद्यान्न सबै जफत गर्ने र जनतामा सस्तो मूल्यमा बाँडिदिने माग टाँसेको थियो । जनताले सरकारको निन्दा गरेका थिए र जनतालाई सत्ता सुम्पन भनिएको थियो, ‘Make way for the People.’
पर्सिया फ्रान्सको अल्सास र लारेन प्रान्त आफूमा मिलाउन चाहन्थ्यो र ५ अरब फ्राक्स फ्रान्सले हर्जना तिराउन चाहन्थ्यो । फेरि पेरिसमा अझै पर्सियाको सेना राख्न चाहन्थ्यो । राजतन्त्रवादीहरू र पुँजीपति वर्ग ती सर्तहरू मानेर सन्धि गर्न चाहन्थे । त्यो सन्धि आत्मसमर्पणवादी या घुँडा टेकुवा सन्धि हुन्थ्यो ।
३१ अक्टोबर १८७० को दिन भिले होटेल (hotel de Ville) लाई मजदुर, कालीगढ र ब्लाँकीवादीहरूले कब्जा गरे र नारा लगाए, “कम्युन जिन्दावाद !”, २२ जनवरी १८७१ को दिन जनताले नारा लगाए, “राष्ट्रिय सरकार विश्वघाती सरकार हो ।” २८ जनवरी १८७१ को दिन ‘राष्ट्रिय सरकार’ ले घुँडा टेकुवा सन्धि ग¥यो ।
नेपोलियन बोनापार्ट
आजको इटालीको दक्षिण पश्चिम भागमा कोर्सिका (Corsica) भन्ने एक टापु छ । फ्रान्सले त्यस टापुलाई जेनोअ (Genoa) सँग किन्यो । कोर्सिकाली जनताले त्यसको चर्को विरोध र विद्रोह गरे तर त्यसलाई दबाइयो ।
सन् १७६९ अगष्ट १५ को दिन कोर्सिकाको आजासियो (Ajaccio) भन्ने ठाउँमा नेपोलियन बोनापार्टको जन्म भयो । पछि उनले ब्रिने (Brianne)९द्यचष्बललभ० र पेरिसमा राम्रो सैनिक शिक्षा प्राप्त गरे । युवावस्थामा उनको कोर्सिकाली स्वाधीनता आन्दोलनको नेतृत्व गर्ने सपना थियो । तर, फ्रान्सेली क्रान्तिले उनको महत्वाकाङ्क्षालाई बढाइदियो । पेशाले उनी एक इन्जिनियर र तोपखानाका सिपाही थिए । फ्रान्सेली क्रान्तिको बेला उनी ज्याकोबिन समर्थक बने ।
नेपोलियन एक महत्वाकाङ्क्षी, स्वार्थी, आत्मकेन्द्रित र आत्मप्रशंसक थिए । उनी भाग्यवादी एवम् अन्धविश्वासी पनि थिए । तर, उनी आफ्ना मातहतका सिपाहीहरूसँग राम्रो व्यवहार गर्थे तथा तिनीहरूका गुण–दोषको बारेमा जानकारी राख्थे ।
तर, उनी सिद्धान्त र विचार वा भावनाको पछि लाग्दैनथे, उनलाई ईश्वरप्रति डर रहँदैनथ्यो र आफ्नो उद्देश्यको निम्ति रगत बगाउन पछि हट्दैनथे । रोवस्पीयरको हत्यापछि उनी कुनै परिवर्तनवादी विचारसँग संलग्न रहेनन् र राजनीतिमा कहिल्यै प्रत्यक्ष भाग लिएनन् ।
सन् १७९३ मा ताउलोन (Taulon) मा बेलायती आक्रमणलाई कौशलपूर्वक हराएपछि तथा सन् १७९५ मा राष्ट्रियसभा (National Convention) को विरोधमा पेरिसवासीहरूको विद्रोह दबाएपछि उनी शान्ति र सुरक्षाको प्रतीकको रूपमा देखिए ।
सन् १७९६ मा नेपोलियनले राजनीति र युद्धमा हामफाल्ने उद्देश्यले एक क्रान्तिकारी जनरलको विधवा डाइरेक्टरहरूमध्ये एककी जहान जोसिफाइन व्युहर्नाइस (Josephine Beauharnais) सँग विवाह गरे ।
सन् १७९७ को २७ वर्षको उमेरमा फ्रान्सका पुराना र ठुलठुला जनरलहरू हिच्किचिरहेको बेला व्यक्तिगत बहादुरी, युद्धकला र बडो उत्साहका साथ सेनालाई उनले आल्पसपारि अष्ट्रिया पु¥याए, इटालीको उत्तर कब्जा गर्दै अष्ट्रियाली सेना साभोई(savoy) र नाइस (Nice) छोड्न बाध्य भए र नेपोलियनको सेना शान्तिको निम्ति अष्ट्रियाको भियना पुगे । सन् १७९७ मा त्यहाँ क्याम्पो फोर्मिओ सन्धि (Treaty of Campo Formio) भयो । त्यस सन्धिले अष्ट्रियाको नेदरल्यान्ड (Netherlands) र इनोइन टापुहरू (Ionian Islands) भेनेसियन गणतन्त्रको केही भाग (Vanation Republic) र राइन (Rhine) नदीको पश्चिम भाग फ्रान्सको मातहतमा गयो ।
अष्ट्रिया र सार्डिनियाले जस्तै स्पेन, प्रसिया र हलान्डले पनि फ्रान्ससँग शान्ति सम्झौता गर्न पुगे । बेलायत भने डाइरेक्टरी (Directory) को विरोधमा रह्यो ।
नेपोलियनले फ्रान्समा प्रसिद्धि प्राप्त गर्दै गए । सत्तामा खेलाडीहरू वा षड्यन्त्रकारीहरूले आफू सत्तामा पुग्न उनको समर्थनको निम्ति खुसामद गर्न र तारिफ गर्न लागे ।
सन् १७९८ मा डाइरेक्टरीले नेपोलियनलाई बेलायतलाई हिन्दुस्तान जाने बाटोे बन्द गर्न र हिन्दुस्तान कब्जा गर्ने उद्देश्यले मिश्रमा धावा बोल्न पठायो । तर, बेलायती सेनाले नेपोलियनलाई सफल हुन दिएन । त्यसैबेला नेपोलियनलाई पेरिसबाट बोलावट भयो र उनी आफ्नो सेना मिश्रमै छोडी लड्दै–लड्दै पेरिस पुगे । त्यसबेला फ्रान्स ठुलो सामाजिक, राजनैतिक र आर्थिक सङ्कटमा थियो तथा विदेशीसँग ठुलो आकारको युद्धमा पनि फसेको थियो ।
क्याम्पो फोर्मिओ(Campo Formio) सन्धिपछि डाइरेक्टरहरूले फ्रान्स वरिपरिका देशहरूलाई स्वाधीन कठपुतली गणतन्त्रमा परिणत गरे । होल्यान्ड (Holland) लाई बाटाभियाली गणतन्त्र (Batavian Republic) मा फेरियो । मिलान (Milan) वा लोम्बार्डी (Lombordy) गणतन्त्रलाई सिसाल्पाइन (Cisalpine) गणतन्त्रमा फेरियो, जेनोअलाई लिकुलियाली (Liqurian) गणतन्त्र, पोपको राज्यलाई रोमन गणतन्त्र (Roman Republic) र स्वीस महासङ्घ (Swiss confederation) लाई हेल्भिटिक (Helvetic) गणतन्त्रमा फेरियो । ती सबै गणतन्त्रहरू फ्रान्सको पक्षमा थिए भने अरू त्यसको विरोधमा अर्कै गुटमा पुगे ।
बेलायत, अष्ट्रिया र रुस त्यसको विरोधमा थिए, लडाइँ चालू राखे । नेपोलियन सन् १७९९ अक्टोबरमा मिश्रबाट फर्कँदा फ्रान्सको डाइरेक्टरहरूको सरकार जनतामा बदनाम र हरूवा सरकारको रूपमा देखियो ।
सन् १७९९ को नोभेम्बर ९–१० अर्थात् १८–१९ ब्रुमेर (Brumaire) को दिन डाइरेक्टर (Directors) को एक सदस्य सैगेस (Sieges) सँग मिलेर दुवै विधायक सभाहरू (Assemblies) लाई नेपोलियनको सेनाले घे¥यो ।
नेपोलियनले सरकारको पतनको घोषणा गरे र आफूलाई सर्वोच्च सेनाधिपति (Supreme Military Command) को घोषणा गरे ।
त्यस राज्य विद्रोहपछि एक नयाँ संविधानको घोषणा भयो । त्यो संविधानलाई आठौँ वर्षको संविधान (Constitution of year VIII) भनिन्छ । त्यस संविधानअनुसार फ्रान्सेली गणतन्त्रको पहिलो कन्सुल (First Consul of the French Republic) जनरल बोनापार्ट भए । साढे दस वर्षभित्र फ्रान्सको लोकप्रिय सरकार, संसद र भर्सेलिज (Versailles) को राज्यसभा तरबारले दबाइयो । यसरी क्रान्तिको ११ वर्ष नपुग्दै फ्रान्स माराट (Marat) र रोविस्पीयरले भनेजस्तै एक सैनिक तानाशाहीमा परिणत भए ।
सन् १७९९ नोभेम्बर ९ मा ‘५ सय सदस्यहरूको अधिवेशन’ लाई घेरेर विरोधीहरूलाई निकालेर आफूलाई समर्थन गर्नेहरूलाई मात्र राखेर आफूलाई चाहिने निर्णय गराइयो । त्यस साभामा नेपोलियनका भाइ लुसियन बोनापार्ट पनि एक थिए । डाइरेक्टीलाई भङ्ग गराई तीन जनाको ‘काउन्सिल’ बनाइयो र त्यसको सभापति वा प्रमुख नेपोलियन आफै बने । ५ सय सदस्यको त्यस सभालाई पछि ‘भग्नावशेष अधिवेशन’ भनियो ।
नेपोलियनको एक जटिल नयाँ शासन विधानमा ४ सभाको बन्दोबस्त गरियो । पहिलो सभाले ऐन कानुन प्रस्ताव राख्थ्यो । त्यसलाई राज्य परिषद् भनिन्थ्यो र त्यो नै मुख्य सभा थियो । दोस्रो सभाले त्यस प्रस्तावमाथि छलफल गथ्र्यो । तेस्रो सभाले त्यस प्रस्ताव र छलफलमाथि मतदान गथ्र्यो । चौथो सभाले प्रस्तावित ऐन–कानुन वा विधेयक शासन विधान अनुकूल छ वा छैन निर्णय गथ्र्यो ।
पहिलो सभा वा राज्यपरिषद्ले विधेयक प्रस्तावित गथ्र्यो, कानुनलाई प्रयोग गथ्र्यो, शासन गथ्र्यो, परराष्ट्र र सेनालाई सञ्चालन गथ्र्यो । त्यस परिषद् वा काउन्सिलमा सबै पार्टीका बुद्धिजीवीहरूलाई सदस्य बनाइएको थियो र नेपोलियन त्यसको सभापति थिए ।
प्रजातन्त्रको नाममा उनले एक एक गरेर निरङ्कुश राजतन्त्रलाई व्यवहारमा लागू गरे । स्थानीय निकायहरू भङ्ग गर्दै प्रान्तीय स्थानीय निकायहरूलाई केन्द्रीकरण गरे अर्थात् सबै ठाउँमा अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी र कार्यकारी अधिकृतबाट काम चलाइयो । नयाँ शासन विधानलाई जनमतसङ्ग्रहजस्तै गराइयो र ३० लाखभन्दा बढी मतले त्यसलाई समर्थन गराइयो । १५६२ मात्र त्यसको विरोधमा मत खसेको थियो । सारमा न्यायपालिका पनि नेपोलियनकै हातमा थियो । प्रहरीले प्रचार माध्यममा कडा सेन्सरसीप लागू ग¥यो ।
प्रजातन्त्रपछिका सरकारहरूले चलाएको आतङ्क, भ्रष्टाचार र अस्थिरताको कारण जनता वाक्क भएका थिए । फ्रान्सेली पुँजीपति वर्गले नेपोलियनलाई सत्तामा ल्याएर एक स्थिर र कडा शासन ल्याउन खोजेको थियो । सन् १८०२ सम्ममा नेपोलियनले बेलायतबाहेक अरू देशलाई आफ्नो अधीनमा राखिसकेका थिए ।
सन् १८०२ अप्रिलमा नेपोलियनले क्रान्तिविरोधी भगुवा र देशद्रोहीहरूलाई आममाफीको घोषणा गरी ४० हजारभन्दा बढी प्रतिक्रियावादीहरूलाई आफ्नो पक्षमा लिए ।
पुँजीपति वर्गको सहायतामा उनले देशभरका एउटै वा केन्द्रीय ऐन–कानुन बनाए । त्यसलाई नेपोलियन विधान वा ल्बउयभिबल ऋयमभ पनि भनिन्छ । त्यसले हल्यान्ड, बेल्जियम, पश्चिम र दक्षिणी जर्मनी, इटाली र लुइसियना वा अन्य राज्यहरूमा समेत प्रभाव प¥यो ।
व्यापार र उद्योगधन्दाको उन्नतिको निम्ति बैङ्कको स्थापना, ऋणको बन्दोबस्त, विदेशी वस्तुमा भन्सार, नयाँ बाटाघाटाको निर्माण, सम्पत्तिसम्बन्धी नयाँ ऐन, उद्योग र व्यापार मेला आविष्कार र अनुसन्धानकर्ताहरूलाई पुरस्कार आदि आर्थिक सुधार र प्रगतिका कार्यहरू गरियो ।
नेपोलियन राजा बने
देशमा दमनचक्र चलाएरै स्थिर शासन बनाउने पुँजीपति वर्गको सोच रह्यो । यसकारण पहिले उनी १० वर्षको निम्ति प्रधान कन्सुलर वा सल्लाहकार बनाइए । पछि आजीवन कन्सुलर बनाइयो । उनले आफ्नो उत्तराधिकारी आफैले निर्वाचित गर्ने अधिकार पनि परिषद्बाट प्राप्त गरे ।
सन् १८०४ मा नेपोलियनलाई फ्रान्सेली जनताको राजा वा सम्राट घोषणा गरियो । २ डिसेम्बर १८०४ मा उनको राज्याभिषेक पनि भयो । त्यस समारोहमा पुराना भाइ–भारदार, गुरूपुरोहित वा पोप र पादरीहरू पनि उपस्थित थिए । पोपले राजमुकुट आफ्नो टाउकोमा लगाउनै लागेको बेला नेपोलियन आफैले मुकुट शिरमा धारण गरे । यसकारण उनले भने, “धुलोमा मिल्काइएको मुकुटलाई मैले तरबारले उठाएर आफ्नो टाउकोमा धारण गरेँ ।”
फ्रान्सको राजदरबारको झिलिमिली फक्र्यो र पुराना दरबारियाहरू, कुलीनहरू र खुसामदीहरू नेपोलियनको दरबारका सल्लाहकारहरू बने । नेपोलियन परिवार र उनका पक्षधर मानिसहरू नै मुख्य मुख्य पदमा पुगे ।
सन् १८०४ मा नेपोलियनले भने, “सम्पूर्ण महादेश एक शासनको अधीन नभएसम्म युरोपमा शान्ति हुनेछैन । युरोपमा एक यस्तो सम्राट चाहिन्छ, जसको अधीनमा अन्य देशका शासकहरूले कर्मचारीको रूपमा काम गरून् । एउटै व्यक्तिले इटाली, बुल्गेरिया, स्वीट्जरल्यान्ड र हल्यान्डका राजाहरू नियुक्त गर्नेछ ।”
सन् १८०५ डिसेम्बर २६ मा अष्ट्रिया लडाइँमा हा¥यो र प्रेसवर्गको सन्धि ग¥यो । नेपल्सका पूर्वो वंशलाई पदच्युत गरी नेपोलियनको भाइ जोसेफ बोनापार्टलाई नियुक्त गरियो । हल्यान्डको बरेबियन गणतन्त्रमा पनि राजतन्त्र स्थापना गरी त्यहाँको राजा लुई बोनापार्टलाई नियुक्त गरियो ।
सन् १८०६ अक्टोबर १४ मा सेनाको रणक्षेत्रमा पर्सिया नराम्रोसँग नेपोलियनसँग पराजित भयो । पर्सियाको केही क्षेत्रलाई मिलाएर बेस्टफेलिया भन्ने नयाँ राज्य खडा ग¥यो र नेपोलियनको कान्छो भाइ जोसेफ बोनापार्टलाई त्यहाँको राजा बनाइयो ।
सन् १८०७ जून १४ मा फ्रान्स र रुसको बीचमा लडाइँ भयो र टिल्सिट सन्धि भयो, नेपोलियनले पश्चिम युरोप र पूर्वी युरोपमा जार अलेक्जेन्डर प्रथमले हेर्ने गुप्त सम्झौता भयो ।
सन् १८०८ जून ६ मा नेपोलियनले नेपल्सका राजा आफ्नो भाइलाई स्पेनको राजा नियुक्त गरे र नेपोलियनका बहिनी ज्वाईँ सेनापति मुरेलाई नेपल्सको शासक नियुक्त गरियो ।
सन् १८०९ अप्रिलमा अष्ट्रियाले फ्रान्सको विरोधमा युद्धको घोषणा ग¥यो । १८०९ जुलाई ५ मा भियना ९ख्ष्भललब० को नजिक वाग्रम ९ध्बनचबm० भन्ने ठाउँमा अष्ट्रियाको नराम्रोसँग हार भयो । सन् १८०९ अक्टोबर महिनामा भियना सम्झौता भयो । अष्ट्रियाको ६ भागको एक भाग फ्रान्स भयो जसको जनसङ्ख्या ४० लाख थियो र अष्ट्रियाले सेना डेढ लाखमात्र राख्न सक्ने भयो ।
अष्ट्रियाका प्रधानमन्त्री मेटरनिखले अष्ट्रियाकी राजकुमारी मारिया लुइसा नेपोलियनसँग विवाह गर्ने प्रस्ताव राख्यो । नेपोलियनको स्वास्नी जोसेफाइनको तर्फबाट कुनै सन्तान थिएन । यसकारण उनीसँग नेपोलियनले पारपाचुके गरे तथा मारिया लुइसासँग ९ःबचष्ब ीयगष्कब० विवाह गरे । सन् १८११ मा उनीबाट एक छोरोको जन्म भयो । उसलाई ‘रोमको राजा’ घोषणा गरियो । त्यसलाई नेपोलियनको उत्तराधिकारी घोषणा गरियो र उसलाई नेपोलियन दोस्रो भनिन्थ्यो । तर, १८३२ मा उसको मृत्यु भयो ।
सन् १८१२ मा नेपोलियनले ६ लाख सेनासहित रुसमाथि लडाइँ गरे । रुसीहरूले पछि हट्ने, बीचबीचमा हमला गर्ने, बाटो छेक्ने र थर्काउने वा हायलकायल गर्ने रणनीति लिए । अति जाडोमा पनि आवश्यक लुगा थिएन, खानेकुरा थिएन । यसरी भोक र जाडोले धेरै फ्रान्सेली सेना त्यही मरे । नेपोलियन ज्यान जोगाएर १२ दिनपछि पेरिस फर्के ।
नेपोलियन रुसमा हारेको सुनेर शत्रु देशहरू फेरि एक भए । बेलायत र स्पेनले फ्रान्सको पश्चिमतिर हमला गर्न थाले । सन् १८१३ अक्टोबरमा नेपोलियन ४ लाख सेना लिएर लिइपजिग ९ीभष्उशष्न० पुगे । रुसी सेना अगाडि बढ्दै थियो । जर्मनीका जनता रुसी सेनाको पक्षमा थिए । रुस, बेलायत, पर्सिया, अष्ट्रिया र स्वीडेन मिलेर चौथो दिन लिइपजिग ९ीभष्उशष्न० मा फ्रान्सलाई हराए । रुसी सेना फ्रान्सेली सीमा नाघी पेरिस पुग्यो ।
नेपोलियन गद्दी छोड्न बाध्य भए । २२३ वर्ग किलोमिटर भएको भूमध्यसागरको एल्बा टापुमा ३१ मार्च १८१४ मा उनी निकालिए । उनलाई एक हजार सिपाही दिएर त्यहाँको शासक बनाइयो ।
Leave a Reply