विश्व पर्यटन दिवसमा संस्कृतिकर्मी, कलाकार तथा पर्यटन व्यवसायीहरू सम्मानित
- आश्विन ११, २०८३
भक्तपुुर, १३ वैशाख । भक्तपुर नगरपालिकामा खानेपानी वितरणको अर्को व्यवस्था नभएसम्म मेलम्चीको पानी पुरानै वितरण प्रणालीमार्फत एक महिनाभित्र भक्तपुर नगर क्षेत्रमा वितरण गर्ने विषयमा सहमति भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. ई. सञ्जीवविक्रम राणा, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी अधिकृत मिलनकुमार शाक्य, आयोजना कार्यान्वयन परियोजना (पीआईडी) का प्रोजेक्ट इन्जिनियर लोकेन्द्र यादव, आयोजना निर्देशक कमलराज श्रेष्ठ, केयुकेएल भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालयसमेतको उपस्थितिमा सोमबार नगरपालिकाको सभाकक्षमा बसेको बैठकले उक्त लिखित सहमति गरेको हो ।
बैठकले भक्तपुर नगर क्षेत्रमा मेलम्चीको पानी वितरण नहुञ्जेलसम्म हाल बोडेबाट वितरण गर्दै आएको खानेपानी समय बढाई वितरण गर्ने र भक्तपुर नगरपालिका क्षेत्रमा हालको खानेपानी वितरण प्रणालीमा विद्यमान चुहावटहरू नियन्त्रण गर्न काठमाडौँ उपत्यका खानेपानी लि., काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र भक्तपुर नगरपालिकाले संयुक्त पहल गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रमुख प्रजापतिले सुख्खायामको सुरुवातसँगै काठमाडौँ उपत्यका खानेपानी लि.बाट घरघरमा धाराबाट वितरण गर्ने पानीको परिमाणमा कमी आई नगरवासीहरूलाई खानेपानीको समस्या भएकाले नपाले ३ वटा ट्याङ्करमार्फत निःशुल्करूपमा खानेपानीको वितरण गरिरहेको जानकारी गराउनुभयो ।
बैठकमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर नपा खानेपानी समितिका संयोजक महेन्द्र खायमली, सदस्यहरू उकेश कवां, हरिप्रसाद बासुकला, श्यामकृष्ण खत्री, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, केयूकेएल भक्तपुरका इन्जिनियर चैतबहादुर ऐर, केयुकेएल भक्तपुरका सुपरभाइजर शालिकराम श्रेष्ठ, भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवाललगायतको उपस्थिति थियो ।
बैठकपश्चात् उहाँहरूले भक्तपुरको खानेपानी ट्याङ्की स्थल कटुञ्जेको स्थलगत निरीक्षण गर्नुभयो ।
Leave a Reply