तीन मुक्तक
- आश्विन ९, २०८३
नेपोलियन राजा बने
देशमा दमनचक्र चलाएरै स्थिर शासन बनाउने पुँजीपति वर्गको सोच रह्यो । यसकारण पहिले उनी १० वर्षको निम्ति प्रधान कन्सुलर वा सल्लाहकार बनाइए । पछि आजीवन कन्सुलर बनाइयो । उनले आफ्नो उत्तराधिकारी आफैले निर्वाचित गर्ने अधिकार पनि परिषद्बाट प्राप्त गरे ।
सन् १८०४ मा नेपोलियनलाई फ्रान्सेली जनताको राजा वा सम्राट घोषणा गरियो । २ डिसेम्बर १८०४ मा उनको राज्याभिषेक पनि भयो । त्यस समारोहमा पुराना भाइ–भारदार, गुरूपुरोहित वा पोप र पादरीहरू पनि उपस्थित थिए । पोपले राजमुकुट आफ्नो टाउकोमा लगाउनै लागेको बेला नेपोलियन आफैले मुकुट शिरमा धारण गरे । यसकारण उनले भने, “धुलोमा मिल्काइएको मुकुटलाई मैले तरबारले उठाएर आफ्नो टाउकोमा धारण गरेँ ।”
फ्रान्सको राजदरबारको झिलिमिली फक्र्यो र पुराना दरबारियाहरू, कुलीनहरू र खुसामदीहरू नेपोलियनको दरबारका सल्लाहकारहरू बने । नेपोलियन परिवार र उनका पक्षधर मानिसहरू नै मुख्य मुख्य पदमा पुगे ।
सन् १८०४ मा नेपोलियनले भने, “सम्पूर्ण महादेश एक शासनको अधीन नभएसम्म युरोपमा शान्ति हुनेछैन । युरोपमा एक यस्तो सम्राट चाहिन्छ, जसको अधीनमा अन्य देशका शासकहरूले कर्मचारीको रूपमा काम गरून् । एउटै व्यक्तिले इटाली, बुल्गेरिया, स्वीट्जरल्यान्ड र हल्यान्डका राजाहरू नियुक्त गर्नेछ ।”
सन् १८०५ डिसेम्बर २६ मा अष्ट्रिया लडाइँमा हा¥यो र प्रेसवर्गको सन्धि ग¥यो । नेपल्सका पूर्वो वंशलाई पदच्युत गरी नेपोलियनको भाइ जोसेफ बोनापार्टलाई नियुक्त गरियो । हल्यान्डको बरेबियन गणतन्त्रमा पनि राजतन्त्र स्थापना गरी त्यहाँको राजा लुई बोनापार्टलाई नियुक्त गरियो ।
सन् १८०६ अक्टोबर १४ मा सेनाको रणक्षेत्रमा पर्सिया नराम्रोसँग नेपोलियनसँग पराजित भयो । पर्सियाको केही क्षेत्रलाई मिलाएर बेस्टफेलिया भन्ने नयाँ राज्य खडा ग¥यो र नेपोलियनको कान्छो भाइ जोसेफ बोनापार्टलाई त्यहाँको राजा बनाइयो ।
सन् १८०७ जून १४ मा फ्रान्स र रुसको बीचमा लडाइँ भयो र टिल्सिट सन्धि भयो, नेपोलियनले पश्चिम युरोप र पूर्वी युरोपमा जार अलेक्जेन्डर प्रथमले हेर्ने गुप्त सम्झौता भयो ।
सन् १८०८ जून ६ मा नेपोलियनले नेपल्सका राजा आफ्नो भाइलाई स्पेनको राजा नियुक्त गरे र नेपोलियनका बहिनी ज्वाईँ सेनापति मुरेलाई नेपल्सको शासक नियुक्त गरियो ।
सन् १८०९ अप्रिलमा अष्ट्रियाले फ्रान्सको विरोधमा युद्धको घोषणा ग¥यो । १८०९ जुलाई ५ मा भियना (Vienna) को नजिक वाग्रम (Wagram) भन्ने ठाउँमा अष्ट्रियाको नराम्रोसँग हार भयो । सन् १८०९ अक्टोबर महिनामा भियना सम्झौता भयो । अष्ट्रियाको ६ भागको एक भाग फ्रान्स भयो जसको जनसङ्ख्या ४० लाख थियो र अष्ट्रियाले सेना डेढ लाखमात्र राख्न सक्ने भयो ।
अष्ट्रियाका प्रधानमन्त्री मेटरनिखले अष्ट्रियाकी राजकुमारी मारिया लुइसा नेपोलियनसँग विवाह गर्ने प्रस्ताव राख्यो । नेपोलियनको स्वास्नी जोसेफाइनको तर्फबाट कुनै सन्तान थिएन । यसकारण उनीसँग नेपोलियनले पारपाचुके गरे तथा मारिया लुइसासँग (Maria Lousia) विवाह गरे । सन् १८११ मा उनीबाट एक छोरोको जन्म भयो । उसलाई ‘रोमको राजा’ घोषणा गरियो । त्यसलाई नेपोलियनको उत्तराधिकारी घोषणा गरियो र उसलाई नेपोलियन दोस्रो भनिन्थ्यो । तर, १८३२ मा उसको मृत्यु भयो ।
सन् १८१२ मा नेपोलियनले ६ लाख सेनासहित रुसमाथि लडाइँ गरे । रुसीहरूले पछि हट्ने, बीचबीचमा हमला गर्ने, बाटो छेक्ने र थर्काउने वा हायलकायल गर्ने रणनीति लिए । अति जाडोमा पनि आवश्यक लुगा थिएन, खानेकुरा थिएन । यसरी भोक र जाडोले धेरै फ्रान्सेली सेना त्यही मरे । नेपोलियन ज्यान जोगाएर १२ दिनपछि पेरिस फर्के ।
नेपोलियन रुसमा हारेको सुनेर शत्रु देशहरू फेरि एक भए । बेलायत र स्पेनले फ्रान्सको पश्चिमतिर हमला गर्न थाले । सन् १८१३ अक्टोबरमा नेपोलियन ४ लाख सेना लिएर लिइपजिग (Leipzig) पुगे । रुसी सेना अगाडि बढ्दै थियो । जर्मनीका जनता रुसी सेनाको पक्षमा थिए । रुस, बेलायत, पर्सिया, अष्ट्रिया र स्वीडेन मिलेर चौथो दिन लिइपजिग (Leipzig) मा फ्रान्सलाई हराए । रुसी सेना फ्रान्सेली सीमा नाघी पेरिस पुग्यो ।
नेपोलियन गद्दी छोड्न बाध्य भए । २२३ वर्ग किलोमिटर भएको भूमध्यसागरको एल्बा टापुमा ३१ मार्च १८१४ मा उनी निकालिए । उनलाई एक हजार सिपाही दिएर त्यहाँको शासक बनाइयो ।
मित्रसेनाले पेरिसको गद्दीमा फेरि बुवों वंशको क्रान्तिमा ज्यान सजाय पाएका लुई सो¥हौँका भाइ लुई १८ औँलाई गद्दीमा राख्यो ।
नेपोलियन पालो पहरालाई छलेर एलबा टापुबाट भागी १ मार्च १८१५ मा दक्षिण फ्रान्समा पुगे । पेरिसका पुँजीपति वर्गले उनको धुमधाम स्वागत ग¥यो । लुई १८ औँ गद्दी छोडेर भागे ।
सन् १८१५ मार्च २० मा नेपोलियन फेरि गद्दीमा बसे । नेपोलियन फर्केको खबरले ‘मित्र देशहरू’ तर्से । नेपोलियन पनि तुरुन्तै सैनिक सङ्गठन गरी बेल्जियममाथि धावा गर्न पुगे । बेलायत र पर्सियाले पनि ब्रसेल्स नजिकै ‘वाटरलु’ (Waterloo) भन्ने ठाउँमा नेपोलियन हराए । पछिल्लो नेपोलियनको शासन एक सय दिनको मात्रै थियो ।
नेपोलियनलाई एटलान्टिक महासागरको दक्षिणमा रहेको सेन्ट हेलेना (St. Helena) भन्ने टापुमा बन्दी बनाइयो । त्यो टापु बेलायतको उपनिवेश थियो । सन् १८२१ मा उनी त्यहीँ मरे । त्यो खबर पेरिसमा ३ महिनापछि पुगेको थियो ।
नेपोलियन तेश्रो
लुई नेपोलियन सन् १८०८ मा ट्वीलरी (Twileries) राजदरबारमा जन्मेका थिए । त्यसबेला नेपोलियन बोनापार्ट फ्रान्सका ‘सम्राट’ थिए । सन् १८१६ मा लुई ८ वर्षको उमेरमा नेपोलियनको हारपछि विदेश भगाइएको थियो । उनको धेरै समय वा युवावस्था स्वीजरल्यान्ड र जर्मनीमा बितेको थियो ।
नेपोलियनको दोश्रो स्वास्नी अष्ट्रियाली राजकुमारी मारिया लुइसा (Maria Lousia) बाट सन् १८११ मा एउटा छोरो जन्मेको थियो । उसलाई ‘रोमको बादशाह’ घोषणा गरिएको थियो र उसलाई नेपोलियनको उत्तराधिकारी र ‘नेपोलियन दोश्रो’ भनिन्थ्यो । उसको मृत्यु सन् १८३२ मा भयो र नेपोलियन पार्टीको नेता लुई नेपोलियन बनाइएको थियो ।
राजा लुई फिलिपले खतरा सम्झेर लुई नेपोलियनलाई जेलमा हालेका थिए । उनलाई जेलमा हालेको हुँदा उनका समर्थकहरूले उनलाई ‘शहीद’ को रूपमा प्रचार गरे । भनिन्छ, ‘उनी एक राम्रा लेखक पनि थिए । सन् १८४६ मा भेष बदलेर उनी जेलबाट भागी बेलायत पुगे ।
सन् १८४८ को फेब्रुअरीको विद्रोहले राजा लुई फिलिप गद्दी छोडेर भागे र सन् १८४८ जूनमा लुई नेपोलियन वा तेश्रो नेपोलियन प्रतिनिधिसभा (National Constituent Assembly) को निर्वाचनमा आफू उपस्थित नभए पनि निर्वाचनमा जिते । सन् १८४८ सेप्टेम्बरको निर्वाचनमा उनी चार ठाउँबाट निर्वाचित भए । नेपोलियन दलको बाहेक गणतान्त्रिक (रिपब्लिकन) दलले पनि उनको समर्थन ग¥योे र उनी दोश्रो गणतन्त्रका राष्ट्रपति बने ।
जनतामा आफ्नो स्थिति बलियो पार्न उनले धार्मिक संस्थाहरूलाई हातमा लिए । मजदुरहरूलाई खुसी पार्न पेन्सनको बन्दोबस्त गरे । मध्यम वर्गको समर्थन प्राप्त गर्न उद्योग र व्यापारको संरक्षणको नीति प्रस्तुत गरे । तर, प्रतिनिधिसभाले त्यसलाई अस्वीकार ग¥यो ।
सन् १८५१ डिसेम्बर २ को दिन बिहान जनता उठ्दा गल्ली गल्ली र सडक–सडकमा प्रतिनिधिसभा भङ्ग भएको, कर नतिर्ने सबै बालिग पुरुषहरूले मत दिन पाउने र नयाँ शासन विधान बनाउन आफूलाई जिम्मा दिन घोषणा टाँसिएको थियो । घोषणाको सँगसँगै २७ हजार गणतन्त्रवादी नेताहरू पक्राउ परे तथा देश निकाला भए । पेरिसमा विद्रोह भयो, १५० भन्दा बढी मानिसहरूलाई सेनाले गोली हानेर मा¥यो । विद्रोह निर्ममतापूर्वक दबाइयो । त्यो पनि सैनिक विद्रोह थियो ।
यो शासन विधान बनाउन लुई नेपोलियनलाई ७७,४०,००० मतदाताहरूले मत दिए तथा ६,४६,००० मतदाताले मात्र विरोधमा मत दिए ।
सन् १८५२ जनवरी १ मा नयाँ शासन विधान तयार भयो । त्यस शासन विधानअनुसार राष्ट्रपतिको पदावधि ४ वर्षबाट १० वर्ष गरियो । व्यवस्थापिकाको ३ वटा सदन थियो, पहिलो राष्ट्रपतिद्वारा मनोनीत सदस्यहरूको एउटा राज्यपरिषद् हुनेछ, त्यसले ऐनकानुनको खेस्रा वा विधेयक बनाउनेछ । दोश्रो, व्यवस्थापिका सभा हो । सबै बालिग पुरुषहरूबाट निर्वाचित २५० सदस्य भएको सभाले विधेयकमा छलफल गर्नेछ र मतदान गर्नेछ । तेश्रो, राष्ट्रपतिद्वारा मनोनीत सदस्यहरूको सभा सिनेटले शासन विधान विरोध नहोस् भनी हेर्नेछ । संवैधानिकरूपले १० वर्षको निम्ति राष्ट्रपति पदलाई स्थापित गरिसकेपछि सन् १८५२ मा उनी देशभर नागरिक अभिनन्दनको निम्ति यात्रामा निस्के । समाचार माध्यमले एकतर्फी प्रचार ग¥यो र जनताले ‘राजाको जय होस्’ भनेर स्वागत र जय जयकार गरे ।
सन् १८५२ डिसेम्बर १ मा लुई नेपोलियनले राष्ट्रियसभा (सिनेट) मा आफू ‘सम्राट’ हुने इच्छा व्यक्त गरे । सिनेटले स्वीकार ग¥यो र जनमतसङ्ग्रह गरियो । ८० लाख मत उनको पक्षमा गयो र गणतन्त्रको ठाउँमा राजतन्त्र पुनःस्थापना भयो । यो अर्को सैनिक विद्रोह थियो । सन् १८५३ मा स्पेनको एक कुलीन केटी युजेनीसँग उनले विवाह गरे । उनीबाट एक बालक जन्म्यो । उसलाई ‘अधिराजकुमार’ (Prince Emperor) घोषणा गरियो ।
आफू राजा बनेपछि सन् १८५७ मा प्रतिनिधिसभाको पहिलो निर्वाचन भयो । त्यसमा ५ जनामात्रै गणतन्त्रवादी विजयी भए, उनका नेता ओलिविए थिए ।
सन् १८६२ मा भएको निर्वाचनमा प्रतिनिधिसभामा गणतन्त्रवादीहरूको सङ्ख्या ५ बाट बढेर ३५ पुग्यो । मतको हिसाबले २० लाख थियो । त्यसका नेता थियर्स थिए ।
सन् १८६९ को निर्वाचनमा लुई नेपोलियन विरोधीहरूको मत सङ्ख्या ३१ लाख पुग्यो । त्यसकारण, नेपोलियन तेश्रोले जनमतलाई अस्वीकार गर्न सकेनन् र शासनसम्बन्धी सुधार गर्न बाध्य भयो । मन्त्रिमण्डल व्यवस्थापिकाप्रति उत्तरदायी हुने भयो र ओलिवि प्रधानमन्त्री भए । त्यस सुधारको जनमत लिइयो । सुधारको पक्षमा ७३ लाख ५८ हजार मत खस्यो भने त्यसको विरोधमा १५ लाख ७१ हजारमात्र मत खस्यो ।
तर, त्यसबेला पनि वाक् स्वतन्त्रता, लेखन र छापाखानाको स्वतन्त्रता थिएन । समाचारपत्रहरूमा नियन्त्रण थियो । विश्वविद्यालयका प्राध्यापकहरूले नेपोलियनको शपथ लिनुपर्दथ्यो । इतिहास र दर्शनशास्त्रको अध्ययन बन्द गरेको हुँदा धेरै विश्वविद्यालय बन्द भए । सरकारको आलोचना गरेकोमा २ हजार मानिसहरू पक्राउ परे तथा प्राध्यापकहरूले दा¥ही राखेर अराजकतावादी देखाउन नपाउने भयो ।
उद्योग, व्यापार र कृषिमा प्रगति भए पनि लुई नेपोलियनले फेरि मेक्सिको, इटाली, अष्ट्रिया, जर्मनी र प्रसियासँग युद्ध ग¥यो । सन् १८६३ मा फ्रान्सले मेक्सिको कब्जा ग¥यो र अष्ट्रियाली सम्राटको भाइ मैक्समिलियनलाई ‘सम्राट’ घोषणा ग¥यो । विद्रोही मेक्सिकेलीहरूले मैक्समिलियनलाई गाली हानेर मारे । आखिर सन् १८६७ मा फ्रान्सेली सेना मेक्सिको छोडेर पेरिस फक्र्यो ।
स्पेनी साम्राज्ञी इसावेलाको विरुद्ध जनताले विद्रोह गरी सत्ताच्युत गरे, त्यसको ठाउँमा पर्सियाको राजाको भाइ लियोपोल्डलाई राख्ने निर्णय ग¥यो । नेपोलियनले त्यसको विरोध गरे र लियोपोल्डले राजगद्दीको उम्मेदवारी त्यागे । नेपोलियन वास्तवमा युद्धको निहुँ खोज्दै थिए । पर्सिया र फ्रान्सको बीचमा युद्ध भयो । सन् १८७० डिसेम्बर २ को दिन सेडानको लडाइँमा लुई नेपोलियनको लज्जाजनक हार भयो ।
पेरिसमा दुई दिनपछि नेपोलियन तेश्रोको हारको खबर पुग्नासाथ जनता प्रतिनिधिसभामा भेला भए । जनताले ‘गणतन्त्र जिन्दावाद’ को नारा लगाए । प्रतिनिधिसभाले नेपोलियन तेश्रोलाई सत्ताच्युत भएको घोषणा ग¥यो । गेम्वेटा भन्ने एक गणतान्त्रिक पार्टीका नेताले त्यस गतिविधिको नेतृत्व गरेका थिए र फ्रान्समा ‘तेश्रो गणतन्त्र’ स्थापना भयो ।
नेपोलियन तेश्रो लज्जाजनक हारपछि फ्रान्सपछि बेलायत भागे र उनी त्यही बिते ।
समाप्त
Leave a Reply