भर्खरै :

‘युग पुरुष’ मोदी र बाटो नपाएका लासहरू

स्वतन्त्र भारतको इतिहासमा यसअघि कहिल्यै पनि नागरिकको जीवन र जनजीवन रक्षा गर्ने प्राथमिक जिम्मेवारीबाट यति प्रस्टरूपमा सरकार असफल भएको थिएन जसरी अहिलेको सरकार गत एक वर्षमा दुई पटक भएको थियो ।
पहिलो घटना, भारत सरकारले मार्च २४ देखि जून ३० सम्म झन्डै एक सय दिन अरबौँ जनताको जीवन लकडाउनको नाममा पूर्णतः अस्तव्यस्त बनाइदियो । आफ्ना भएभरका सम्पत्ति टाउकोमा राखेर भोकाएका लालाबाला पिठ्युमा बोकेका तिर्खाएका श्रीमतीसँग हजारौँ किलोमिटर यात्रा गरिरहेका हजारौँ आप्रवासी मजदुरहरूको तस्वीर भारतको स्मृतिमा लामो समय अमिट बसेर रहिरहनेछ ।
त्यत्तिबेला कठोर हृदयका प्रधानमन्त्रीले भोकाएका निराश र थकित जनतालाई कसरी ‘आत्मनिर्भर’ बन्ने विषयमा प्रवचन दिइरहेका थिए । उनको प्रवचनमा न कुनै वाचा थियो न कुनै आशा नै । ती जनतालाई सरकारको भर नपर्न बरु आत्मनिर्भर हुने पाठ पढाइयो । सरकारको एउटा सन्की निर्णयको कारण आफ्नो रोजगारी गुमाएका र दैनिकी अस्तव्यस्त भएका कुनै बेला ‘आत्मनिर्भर’ गरिब जनतामाथि प्रधानमन्त्रीको भाषण व्यङ्ग्य र क्रुर ठट्टा बनेको थियो ।
आत्मतुष्टि र कठोरता
भारतमा अहिले कोरोना भाइरसको दोस्रो लहर डढेलोजस्तै फैलिरहेको छ । मसानघाट परिसरभित्र र बाहिर जलिरहेका सयौँ लासको दृश्यले यो कुरा प्रतिबिम्बित गरिरहेको छ । यही वर्षको फेब्रुअरी महिनाको सुरुमा महामारीमाथि विजय हासिल गर्न सफल भएको भन्दै केही अन्धभक्तहरूले मोदीलाई ‘युग पुरुष’ को हैसियतमा उकालेका थिए । तर, अहिले प्राणघातक रोगको दोस्रो चरणको प्रतिरोधमा मोदी सरकारले फेद टुप्पो पहिल्याउन नसक्दा ‘युग पुरुष’ को हैसियत खल्र्यापखुलुप्प झरेको छ ।
भारतका जनता र नेताहरूको लापरबाही व्यवहारलाई बदलापूर्ण घातक सजाय दिन कोभिड–१९ फेरि फर्कियो । नेताहरू ठुलठुला चुनावी सभा र जुलुस आयोजना गरेर त्यस्तो लापरबाही व्यवहारलाई प्रोत्साहित गरे । प्रधानमन्त्री र उनको सरकारसँग कुनै तयारी थिएन, बरु आत्मतुष्टिमै रमाएर बसेको थियो । एक सय दिनको लकडाउनमा महामारी सामना गर्न आवश्यक तयारी गर्नुपर्ने थियो । हो, हामीले मास्क, पीपीई, स्यानिटाइजर र भेन्टिलेटर निकै उत्साहपूर्ण गतिमा उत्पादन ग¥यौँ । भारत मनग्य पुग्ने गरी मात्र होइन, निर्यात गर्नसमेत पुग्ने गरी उत्पादन ग¥यौँ । तर, के त्यत्तिबेला हामीले दोस्रो लहर आउन सक्ने विषयमा हेक्का गरेनौँ ?
निःसन्देह भारतको स्वास्थ्य तथा परिवार कल्याण संसदीय समितिजस्ता राज्यका केही निकाय दोस्रो र तेस्रो लहर आउन सक्ने विषयमा पूर्णरूपमा समेत थिए । ‘युग पुरुष’ ले कोरोना भाइरसमाथि गौरवपूर्ण विजयको घोषणा गर्दै गरेको समयमा सन् २०२१ को फेब्रुअरी २ मा संसद्मा दर्ता गरिएको संसदीय समितिको १२३ औँ प्रतिवेदनमा दोस्रो लहरको कोभिड–१९ आउन सक्ने विषयमा सजगमात्र बनाइएको थिएन बरु अस्पतालहरूमा अक्सिजन र सिलिन्डरको सम्भावित अभावबारे पनि उल्लेख थियो ।
समितिको प्रतिवेदनको सानो अंश हेरौँ :
“देशभर कोभिडका बिरामीको सङ्ख्या एकसरो माथि उक्लेपछि त्यो सङ्ख्या क्रमशः घट्दै गएको समितिको अध्ययन छ । तथापि, युरोपेली देशहरूमा आएको दोस्रो र तेस्रो लहर तथा दिल्लीमा बढेको सङ्क्रमणलाई ध्यानमा राख्दा अझै पनि भारतमा कोभिड–१० को खतरा मडराइरहेको प्रस्ट अनुभव गर्न सकिन्छ । स्वास्थ्य तथा परिवार कल्याण विभागका सचिवले पनि देशभर सङ्क्रमण तीव्ररूपमा फैलाउने चाड पर्वको मौसम र जाडो यामको आगमनसँगै कोभिडको बिरामीको सङ्ख्या अझ बढ्न सक्ने सम्भावना औँल्याएका थिए । त्यसकारण मन्त्रालयले देशमा कोभिड–१९ को घटना रोकथाम र नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न जरुरी छ । यो समिति धेरै सङ्ख्यामा सङ्क्रमण फैलिएका राज्यहरूलाई कोभिड–१९ नियन्त्रण र रोकथामको लागि बृहत् रणनीति अपनाउन सल्लाह दिन चाहन्छ ।”
अक्सिजनको सिलिन्डरको बढ्दो मागबारे प्रतिवेदनमा भनिएको छ –
“महामारीको कारण अक्सिजनको सिलिन्डरको माग अचाक्ली बढेको विषयमा विभागसँग समिति सहमत छ र अस्पतालहरूमा अक्सिजनका सिलिन्डरको पनि अभाव भइरहेको खबर प्राप्त भएका छन् । त्यसकारण समिति राष्ट्रिय औषधिजन्य सामग्री मूल्य प्राधिकरणलाई अक्सिजनको सिलिन्डरको सुपथ मूल्य निर्धारण गर्न आग्रह गर्दछ ता कि सबै अस्पतालहरूमा चिकित्सकीय प्रयोजनको लागि अक्सिजनको सिलिन्डर सुपथ मूल्यमा उपलब्ध हुन सकोस् । समितिले सरकारलाई अस्पतालहरूका मागअनुसार आपूर्ति सुनिश्चित गर्न अक्सिजन प्रशस्त उत्पादनको व्यवस्था गर्न सल्लाह दिन चाहन्छ ।”
संसदीय समितिको प्रतिवेदन गत वर्ष सन् २०२० को नोभेम्बर २१ मा राज्य सभाका अध्यक्ष र नोभेम्बर २५ मा लोकसभाका सभामुखलाई बुझाइएको थियो । राज्यका सबै निकाय युग पुरुष र उनको मन्त्रिमण्डलजस्तै रिसाहा सिल्लीले जस्तै काम गरिरहेको छैन । बरु, केहीले आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक निर्वाह गरिरहेका छन् । दैलोमा आइसकेको खतराबाट देश र जनतालाई जोगाउन सरकारलाई सकेसम्म सजग बनाउने प्रयास भएको छ ।

देश कोही ‘युग पुरुष’ले भन्दा साधारण मानिसले बनाउने हो । भारतको संविधान साधारण जनताको लागि बनाइएको संविधान हो जसले संविधानका मूल्य मान्यताको सम्मान गर्छ र संसद, सर्वोच्च अदालत, निर्वाचन आयोग, महालेखा परीक्षकजस्ता संवैधानिक अङ्गप्रति सम्मान गर्छ । चुनावमा खस्ने मतभन्दा ती निकायमा पनि आफ्नै जनादेश हुन्छ जुन उत्तिकै सम्मानित हुन्छ ।
भारतलाई महानताको बाटोमा डो¥याउनु अथवा हिन्दू राष्ट्र बनाउनु ‘युग पुरुष’ लाई आफ्नो दैवी अधिकार लाग्दो हो । उनी देशको भाग्य बनाउने शिल्प आफुसँग भएको सोच्छन् । त्यसकारण, उनी सबै संविधान अङ्गका नियन्त्रण र सन्तुलनलाई भत्काउँदै छन् । ती सबै अङ्गका अधिकार कटौती गर्दै छन् ।

तर, संसदीय समितिका प्रतिवेदन कसले पढिदिने ? मन्त्रालयमा प्रतिवेदनको सार सङ्क्षेप पेश गर्नुपर्ने भएकोले सम्बन्धित मन्त्रालयका केही अधिकारीले मुस्किलले ती प्रतिवेदन पढेको हुनसक्छ । के स्वास्थ्य मन्त्रीले त्यो प्रतिवेदन पढेका छन् ? के उनले प्रतिवेदनका कुरा प्रधानमन्त्री र राष्ट्रिय विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहने गृहमन्त्रालयलाई केही बताएका होलान् ? के उनले अक्सिजन उत्पादनको उपकरणको लागि बजेट निकासा गरे ?
महामारीमाथि प्रारम्भिक विजय घोषणापछि सरकारका दुई जना नेता प्रधानमन्त्री र गृहमन्त्री (सरकारमा जसको बोलीको अर्थ छ) आसाम, बङ्गाल, केराला, तामिलनाडु र पाण्डुचेरी राज्यका चुनावमा निकै व्यस्त बने । त्यस्तो अवस्थामा स्वास्थ्य मन्त्रीलाई पनि आसन्न स्वास्थ्य सङ्कटबारे स्मरण गराउनु पनि निकै अशोभनीय र अनादार मानिनसक्थ्यो ।
हरेक राज्यमा जसरी भए पनि बढीभन्दा बढी शक्ति हत्याउने सत्तालिप्सा बोकेको नेतृत्वको लागि महामारीको सङ्कट कुनै ठुलो चासोको विषय नबन्नु स्वाभाविक हो । जब समस्या दैलोमा आइपुग्छ, तब उनीहरूको हातमा हुने विकल्प भनेको या त सङ्कट अस्वीकार गर्नु अथवा मौन बस्नु हो । तर, महामारीजस्तो सङ्कट भने फेरि पनि पन्छिने गर्दैन । त्यसले नेतृत्वको क्षमता र हिम्मतको परीक्षण गरिरहेको हुन्छ । दिल्लीका अस्पतालहरूमा यतिबेला चिकित्सकीय सामग्री र अक्सिजन सिलिन्डरको अभाव पूरा गर्ने चुनौती भारतको नेतृत्वसमक्ष तड्कारो बनेको छ ।
“देशको समृद्धिप्रति चासो राख्ने राजाले भविष्यमा आउन सक्ने सम्भावित सङ्कट देख्न सक्नुपर्छ, त्यस्ता सङ्कट सुरु हुनुअघि नै तिनलाई पन्छाउन सक्नुपर्छ, आइपर्ने सङ्कटको सामना गर्न सक्नुपर्छ, आर्थिक गतिविधिको बाटोमा आइलाग्ने सबै तगारो पन्छाउन सक्नुपर्छ र राज्यको राजस्वमा कमी हुनबाट जोगाउनुपर्छ”, कौटिल्यले ‘अर्थशास्त्र’मा लेखेका छन् । राज्यको आम्दानी गुमाउनबाट जोगाउनुपर्ने एउटै काममा पनि यो सरकार ठुलो परिमाणमा असफल भइरहेको छ ।
देश कोही ‘युग पुरुष’ले भन्दा साधारण मानिसले बनाउने हो । भारतको संविधान साधारण जनताको लागि बनाइएको संविधान हो जसले संविधानका मूल्य मान्यताको सम्मान गर्छ र संसद, सर्वोच्च अदालत, निर्वाचन आयोग, महालेखा परीक्षकजस्ता संवैधानिक अङ्गप्रति सम्मान गर्छ । चुनावमा खस्ने मतभन्दा ती निकायमा पनि आफ्नै जनादेश हुन्छ जुन उत्तिकै सम्मानित हुन्छ ।
भारतलाई महानताको बाटोमा डो¥याउनु अथवा हिन्दू राष्ट्र बनाउनु ‘युग पुरुष’ लाई आफ्नो दैवी अधिकार लाग्दो हो । उनी देशको भाग्य बनाउने शिल्प आफुसँग भएको सोच्छन् । त्यसकारण, उनी सबै संविधान अङ्गका नियन्त्रण र सन्तुलनलाई भत्काउँदै छन् । ती सबै अङ्गका अधिकार कटौती गर्दै छन् ।
‘युग पुरुष’ को यही आत्मविश्वास नै अहिले भ्रम बनेको छ । वरपरका सबैले उनको जयजयकार गर्दा महानताको यो आत्मविश्वास गाढा भ्रम बनेको छ । छेउछाउबाट कतै विरोधको कुनै आवाज नै नआएपछि उनी आफ्नो आर्जित शक्तिलाई राज्यका सबै अङ्गमाथि सवार भइरहेका छन् । फलतः आज देशले त्यसैको परिणाम भोगिरहेको छ । समय कति निष्ठुर छ भने आज मरिसकेको लासलाई पनि बाटो भेटाउन गाह«ो भइरहेको छ ।
(लेखक भारतका पूर्व मुख्य सचिव हुनुुहुन्छ ।)
स्रोत: द वायर
नेपाली अनुवाद: सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *