जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
गर्मी मौसमसँगै खानेपानीको मुहान सुकेर काठमाडौँ उपत्यका खानेपानी संस्थानले भक्तपुर नगरको घरघरमा जडित धारामा पानी नआए पनि शुल्क तिरिराख्नुपर्ने समस्या छ । पानीको समस्या हुँदै जाँदा पहिला हप्ताको एक दिन पानी आउनेमा अहिले दुई हप्ताको एक पटक पनि पानी आइरहेको छैन । नगरवासीहरूको खानेपानीसम्बन्धी गुनासो भक्तपुर नगरपालिकामा आएपछि नगरपालिकाले दैनिक तीन वटा गाडीले खानेपानी ट्याङ्करबाट पानी वितरण गरिरहेको कारण केही भए पनि नगरवासीले राहत महसुस गरे । तर, खानेपानीको उचित समाधानबारे खानेपानी संस्था लिमिटेड, खानेपानी बोर्ड र कर्मचारीहरूको उचित ध्यान नगएकोमा जनता चिन्तित छन् ।
ट्याङ्करमार्फत वितरण हुने खानेपानीमा पक्षपात नहोस् भनी नगरपालिकाले दैनिक वितरण हुने पानीबारे मजदुर पत्रिकामार्फत सार्वजनिक गर्नु सराहनीय नै छ । तर, पानी वितरण तालिकाअनुसार सबै ठाउँमा पानी नआएको स्थानीयवासीहरूको गुनासो छ । खानेपानी सफा नभएको पनि नगरवासीहरूबीच चर्चा छ । त्यसैले त्यो पानी शुद्धीकरण भएको हो होइन यदि होइन भने नगरवासीहरूलाई जानकारी दिनुपर्ने देखिन्छ । नगरभरिमा पानी नआउने ठाउँहरू पहिचान गर्नुपर्ने देखिन्छ । यसतर्फ नगरपालिकाले ध्यान पु¥याउनु आवश्यक छ । खानेपानी वितरणभन्दा स्थायी समाधान मेलम्चीको पानी वितरणमै तदारूकता देखाउनु उचित हुनेछ । हुन त भक्तपुर नगरका प्रमुख सुनिल प्रजापतिकै पहलमा एक महिनाभित्र भक्तपुर नगरमा मेलम्चीको पानी आउने समाचार पढ्न त पायौँ । त्यो कार्य समयमै होस् ।
Leave a Reply