भर्खरै :

दुई छिमेकीमा कोभिड–१९ सङ्क्रमण रोकथामः राजनीतिक व्यवस्थामाथिको बहस

गएको एक वर्षको अवधिमा नेपालले आफ्ना दुवै छिमेकी देशमा कोभिड–१९ को भयावह सङ्क्रमण देख्यो । सन् २०१९ को डिसेम्बरबाट मध्य चीनको हुपे प्रान्तमा कोभिड–१९ को महामारी फैलियो । त्यत्तिञ्जेल कोरोना भाइरसको नयाँ प्रजातिबारे संसारलाई केही थाहा थिएन । नयाँ प्रजातिको कोरोना भाइरस कसरी फैलिन्छ अथवा फैलियो ? मानिसको शरीरमा त्यसले कस्तो असर गर्छ ? त्यो भाइरसको सङ्क्रमणबाट जोगिन मानिसले आफ्नो व्यवहारमा कस्तो परिवर्तन गर्नुपर्छ ? आदि धेरै प्रश्न अनुत्तरित थिए । जीवविज्ञान र सरुवा रोगका विशेषज्ञहरूसमेत अन्योलमा थिए । हुपे प्रान्तको विशेषतः उहान सहरमा संसारले यसअघि कहिल्यै सामना नगरेको भाइरसको महामारी फैलिरहेको छ भन्ने कुरा चीन सरकारले गम्भीरतापूर्वक लिनुअघि नै भाइरस सहरभरि व्यापकरूपमा फैलिसकेको थियो । सन् २०२० सम्ममा चीनमा निरपेक्ष गरिबी पूर्णरूपमा निर्मूलन गरी मध्यम ढङ्गले समृद्ध समाज बनाउने दौडमा दौडिरहेको चीन सरकारले वसन्त पर्वको उल्लासअघि देश यसरी ठुलो विपद्मा पर्ने कल्पना गरेको थिएन ।
अफिम युद्धदेखि नयाँ जनवादी क्रान्तिको एक सय वर्षको अवधिमा लगातार अनेक थरी वैदेशिक हस्तक्षेप भोग्दै आएको चीनले उहानमा फैलिएको भाइरसलाई समृद्धितिरको आफ्नो यात्रा रोक्न गरिएको त्यस्तै हमलाको रूपमा सोच्नु असामान्य थिएन । चिनियाँ कूटनीतिको शैली पनि पश्चिमा देशहरूको जस्तो आक्रामक र प्रभुत्ववादी हुँदो हो त उहानमा फैलिएको महामारीलाई पेइचिङले अन्तर्राष्ट्रिय समुदायमा विभाजन र द्वन्द्वको मुद्दा बनाउने थियो । तर, कूटनीतिमा आफ्नै विशिष्ट शैली बनाएको चीनले त्यो बिन्दुमा संसारको कुनै देशलाई चिढाउन उपयुक्त ठानेन । बरु, तत्कालै नयाँ कोरोना भाइरसको आनुवंशिक चरित्र पत्ता लगाएर विश्व स्वास्थ्य सङ्गठनलगायत अन्तर्राष्ट्रिय समुदायलाई सजग बनाउने दायित्व पूरा ग¥यो । डढेलोसरि फैलिरहेको भाइरसले चीनमा मच्चाएको उत्पातलाई हेर्दैै केही पश्चिमा देशहरू खुसी मान्दै थिए । उनीहरू आफूसँग प्रतिस्पर्धा गर्ने चीनको क्षमता कमजोर हुने आकलन गर्दै दङ्ग थिए । पश्चिमा सञ्चारमाध्यमले चीनको बद्ख्वाइँ गर्नेमा कुनै कसर बाँकी राखेनन् । ‘चिनियाँहरू जुनकुनै जनावरको पनि काँचै मासु खान्छन्, त्यसकारण चीनमा कोरोना भाइरस फैलिएको’ भन्दै सङ्कटमा फसेका चिनियाँ जनतालाई थप विषमतातिर धकेल्ने काम उनीहरूले गरे । चीनलाई त्यस परिस्थितिमा खास अन्तर्राष्ट्रिय ऐक्यबद्धता र सद्भावको आवश्यकता थियो । चीन आर्थिकरूपमा आफै समृद्ध देश भइसकेकोले उसलाई भौतिक सहायताभन्दा नैतिक सहायताको खाँचो थियो । महामारीविरुद्ध दिनरात, भोक प्यास नभनी काम गरिरहेका स्वास्थ्यकर्मी, सामाजिक कार्यकर्ता, सरकारी कर्मचारी र आम जनतालाई हौसला दिने भाकाहरू चाहिएको थियो । तर, विशेषतः पश्चिमा देश र उनीहरूलाई अझै मालिक ठान्ने उपनिवेशवादी चिन्तन बोकेका पिछलग्गू देशहरूले चीनलाई उल्टो बदख्वाइँ र बदनाम गरिरहे । नयाँ थरी कोरोना भाइरसको उत्पत्ति कहाँ भएको थियो भन्ने कुराको निक्र्योल नै नभई उनीहरूले चीनको बदनाम गर्न ‘उहान भाइरस’ अथवा ‘चिनियाँ भाइरस’ भनी नामकरण गरे ।

अघिल्लो प्रजातिभन्दा निकै सङ्क्रामक भाइरसले यतिबेला नेपालको अर्को छिमेकी देश भारत हुँदै नेपालमा समेत भयावह रूप लिइरहेको छ । नयाँ प्रजातिको भाइरस भारत अवतरण गर्दासम्म संसारका वैज्ञानिकहरूलाई यसबारे धेरै कुरा थाहा भइसकेको थियो । त्यसमाथि संसारसँग अघिल्लो प्रजातिको भाइरससँग लडेको पनि मनग्य अनुभव थियो । त्यो भाइरस कदापि भारतको लागि पूर्णतः नौलो भाइरस थिएन । त्यसमाथि हालै प्रकाशित एक समाचारअनुसार भारतीय वैज्ञानिकहरूले अघिल्लो वर्षदेखि नै नयाँ प्रजातिको दोस्रो लहर आउन सक्ने सम्भावनाबारे भारतको राजनीतिक नेतृत्वलाई सजग बनाएका थिए । विडम्बना ! वैज्ञानिकहरूको सावधानीप्रति भारतीय नेतृत्वले कुनै पर्वाह गरेन । महामारी दैलोमा आइसकेको थाहा हुँदा हुँदै पनि भारतको राजनीतिक नेतृत्वले यही अवधिमा विभिन्न राज्यहरूमा चुनावको घोषणा ग¥यो । चुनाव प्रचारको क्रममा कोरोना रोकथामको लागि अपनाउनुपर्ने आधारभूत उपायको पालना नगरी लाखौँ लाख मानिस सहभागी हुने जनसभाहरू आयोजना गरे । कोभिडले महाराष्ट्र, दिल्लीलगायतका राज्यलाई नराम्ररी पिरोलिसक्दा पनि केन्द्रीय सरकारले बेवास्ता गरिरह्यो । बरु, विपद् सामनाको निम्ति जिम्मेवार प्रधानमन्त्री र गृहमन्त्री आफै चुनावी दौडमा व्यस्त भए ।

त्यस्तो नामकरणको मूल मनसाय भनेको चीनको खेदो खन्नु थियो । सत्तासीन नेताहरूले आफ्ना औपचारिक भाषण र अन्तर्वार्ताहरूमा नै चीनप्रति पूर्वाग्रही अभिव्यक्ति दिंदा सर्वसाधारण जनताबीच विभेद र विभाजनको विष फैलियो । युरोप, अमेरिकालगायत पश्चिमा देशहरूमा चिनियाँ वा एसियाली मूलका जनतामाथि नराम्रो विभेदको अवस्था बन्दै गयो ।
अन्तर्राष्ट्रिय क्षेत्रमा यस्ता उथलपुथललाई नियाल्दै चीन सरकार र जनताले भने आफूलाई कम्तीमा चार महिना नयाँ (नोबेल) कोरोना भाइरसको महामारीविरुद्ध लड्नमा लगाए । महामारीले भयावह आकार ग्रहण गरेसँगै संसारकै सबभन्दा बढी जनसङ्ख्या भएको देशका चौबीसै घण्टा गतिशील हुने सहरहरू एकाएक ठप्प भए । महामारीको प्रतिरोधको क्रममा चीनमा धेरै नयाँ कथाहरू लेखिए । धेरै कीर्तिमानहरू बने । विशेषतः उहानमा केन्द्रित भाइरसको लडाइँको नेतृत्व चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीले गरे ।
नोबेल कोरोना भाइरसको बढ्दो सङ्क्रमणले उहानको स्वास्थ्य प्रणालीलाई अस्तव्यस्त बनायो । अस्पतालका शय्याहरू भरिए । स्वास्थ्यकर्मीहरूको अभाव चुलियो । चीनलाई भाइरसको चरित्र पत्ता लगाउन र त्यसको सङ्क्रामकता रोक्ने उपाय पहिल्याउन नै केही समय लाग्यो । अनुसन्धानबाट नोबेल कोरोना भाइरसले मानिसको नाक, मुखबाट शरीरभित्र पसेर फोक्सोमाथि हमला गर्ने पत्ता लागेपछि सङ्क्रमितको उपचार गर्न चिकित्सकहरूले मुखमा मास्क, पीपीई, भाइजर आदि सामग्रीको प्रयोग गर्नुपर्ने उपाय वैज्ञानिकहरूले सुझाए । साथै, सर्वसाधारणले पनि अनिवार्यरूपमा मास्क लगाउनुपर्ने, हातमा रक्सीजन्य हाते स्यानिटाइजर लगाउनुपर्ने वा साबुन पानीले हात धुनुपर्ने र आपसमा दुई मिटरको दुरी कायम गर्नुपर्नेजस्ता रोकथामका उपाय निकाले ।

चीन

तर, वैज्ञानिकहरूको सल्लाहअनुसार मानिसको व्यवहारमा परिवर्तन ल्याउन चीनसँग धेरै समय थिएन । वसन्त पर्वको अवसरमा घर – घरमा परिवारसँग खुसियाली साटिरहेका लाखौँ कामदारलाई रातारात काममा फर्काएर अथवा उपलब्ध जनशक्तिलाई लघु तालिम दिएर मास्क, पीपीई, भाइजर, स्यानिटाजर आदि अत्यावश्यक सामग्रीको उत्पादन थालियो । लकडाउनमा बन्द रहेको उहान सहरका बासिन्दालाई दैनिक उपभोग्य सामग्री सुचारु गर्न चीनका सबै क्षेत्र सक्रिय रहे । कसैले फलफुल पठाए, कसैले तरकारी, सबैले धेरै थरी सहायता गरे । विभिन्न प्रान्तहरूले सयौँ सङ्ख्यामा स्वास्थ्यकर्मीहरू उहान परिचालन गरे । उहानको लडाइँमा सहभागी बन्नु कम कष्टकर र जोखिमपूर्ण होइन भन्ने थाहा हुँदाहुँदै पनि स्वास्थ्यकर्मीहरू उहानमा जान आतुर भए । उहानमा जान पाउनु स्वास्थ्यकर्मीहरूको लागि गौरवको विषय बन्यो ।
दस दिनको अत्यन्त छोटो अवधिमा नोबेल कोरोना भाइरसका बिरामीको उपचार गर्ने अत्याधुनिक अस्पताल स्थापना भयो । हरेक क्षेत्रमा व्यवस्थित आइसोलेसन केन्द्रहरू स्थापना गरियो । संसारकै लागि नौलो भाइरस सङ्क्रमणको प्रारम्भिककालमा उहानका जनताले अभूतपूर्व समस्या भोगेका थिए । तर, जब सिङ्गो चीन एक भएर भाइरसमाथि खनियो, तब भाइरससँग पराजित हुनुको कुनै विकल्प रहेन । आज चीन झन्डै कोरोनामुक्त देश भइसकेको छ ।
इतिहासमा यस्ता धेरै लडाइँ लडेको अनुभव चीनसँग छ । अहिले सुन्दा अचम्म र अस्वाभाविक पनि लाग्न सक्छ । सन् १९५० को दशकमा संसारकै सबभन्दा बढी जनसङ्ख्या भएको चीनका जनतालाई भोकबाट जोगाउन चीन सरकारले मुसा र भङ्गेरा मार्ने आन्दोलन (अभियान) नै चलाएको थियो । मुसा र भङ्गेराले धेरै अन्न खाइदिँदा चिनियाँ जनताको लागि आवश्यक अन्नको अभाव भएको भन्दै त्यस्तो अभियान चलाइएको थियो । भर्खरै चीनमा जनवादी गणतन्त्र स्थापना भएको थियो । नेतृत्व र जनतामा देश बनाउने ठुलो उत्साह थियो । त्यही उत्साहको बेगमा त्यो अभियानको क्रममा असङ्ख्य मुसा र भङ्गेरा मारिएको थियो । मुसा र भङ्गेराविरुद्धको लडाइँ लडेको सत्तरी वर्षपछि चीनले गत वर्ष नोबेल कोरोना भाइरससँग अर्को लडाइँ लड्नुप¥यो ।
चीनले नोबेल कोरोना भाइरसलाई झन्डै एक वर्षको अन्तरालमा तह लगाएरै छोड्यो । तर, बितेको एक वर्षमा नोबेल कोरोना भाइरसले संसारका धेरै देशमा ठुलठुला क्षति पु¥यायो । बेलायतमा पुगेर कोरोना भाइरसले काँचुली फे¥यो र नयाँ प्रजाति उत्परिवर्तित भयो । (धन्न, त्यसलाई ‘इङ्गलिस’ वा ‘लन्डन भाइरस’ भनिएन ।) अघिल्लो प्रजातिभन्दा निकै सङ्क्रामक भाइरसले यतिबेला नेपालको अर्को छिमेकी देश भारत हुँदै नेपालमा समेत भयावह रूप लिइरहेको छ । नयाँ प्रजातिको भाइरस भारत अवतरण गर्दासम्म संसारका वैज्ञानिकहरूलाई यसबारे धेरै कुरा थाहा भइसकेको थियो । त्यसमाथि संसारसँग अघिल्लो प्रजातिको भाइरससँग लडेको पनि मनग्य अनुभव थियो । त्यो भाइरस कदापि भारतको लागि पूर्णतः नौलो भाइरस थिएन । त्यसमाथि हालै प्रकाशित एक समाचारअनुसार भारतीय वैज्ञानिकहरूले अघिल्लो वर्षदेखि नै नयाँ प्रजातिको दोस्रो लहर आउन सक्ने सम्भावनाबारे भारतको राजनीतिक नेतृत्वलाई सजग बनाएका थिए । विडम्बना ! वैज्ञानिकहरूको सावधानीप्रति भारतीय नेतृत्वले कुनै पर्वाह गरेन । महामारी दैलोमा आइसकेको थाहा हुँदा हुँदै पनि भारतको राजनीतिक नेतृत्वले यही अवधिमा विभिन्न राज्यहरूमा चुनावको घोषणा ग¥यो । चुनाव प्रचारको क्रममा कोरोना रोकथामको लागि अपनाउनुपर्ने आधारभूत उपायको पालना नगरी लाखौँ लाख मानिस सहभागी हुने जनसभाहरू आयोजना गरे । कोभिडले महाराष्ट्र, दिल्लीलगायतका राज्यलाई नराम्ररी पिरोलिसक्दा पनि केन्द्रीय सरकारले बेवास्ता गरिरह्यो । बरु, विपद् सामनाको निम्ति जिम्मेवार प्रधानमन्त्री र गृहमन्त्री आफै चुनावी दौडमा व्यस्त भए ।
अक्सिजनको अभावमा मानिसहरू भकाभक मारिरहेको समाचारले पनि केन्द्रीय सरकारको कानमा बतास चलेन । दिल्ली र उत्तर प्रदेशमा कोरोना सङ्क्रमणको कारण मरेका मानिसको सामूहिक दाहसंस्कारको आगोले पनि केन्द्रीय सरकारको मनमा चिसो पसेन । भारतले ६० भन्दा बढी देशलाई कोरोनाप्रतिरोधी खोप दिएर अन्तर्राष्ट्रिय छवि उकासेकोमा मोदी सरकार मख्ख थियो । शासकको यस्तो बेवास्ता र गलत प्राथमिकताको कारण आज भारत संसारकै सबभन्दा बढी सङ्क्रमण फैलिएको देश बनेको छ । भारतका बुद्धिजीवीहरू अहिलेको सङ्कटलाई भारत र पाकिस्तान विभाजनयताकै सबभन्दा भयानक सङ्कट भनिरहेका छन् । महामारी अहिले सरकारको नियन्त्रण बाहिर गएको छ । अस्पतालका आइसीयूबाट चिकित्सकहरू भावुक स्वरमा भन्दै छन्,“महाविनाश भनेको के हो ? यही हो महाविनाश ।”

भारत

दुई छिमेकी देशमा कोरोना भाइरसको महामारी फैलिँदाको भयावह अवस्थाको साक्षी बनेको नेपाली जनताले उत्तरी छिमेकी र दक्षिणी छिमेकीबीचको अन्तरलाई बुझ्न अहिलेको समयले मद्दत गरेको छ । दुई छिमेकीले महामारी व्यवस्थापन गर्न अपनाएको तरिकाले दुई देशको राजनीतिक व्यवस्थाको अन्तरलाई उजागर गरेको छ । जतिबेला चीनले महामारीको सामना गर्दै थियो, त्यत्तिबेला ऊसँग भाइरसबारे आधारभूत जानकारीसमेत थिएन । भाइरस संसारकै लागि सर्वथा नवीन विषय थियो । बिरामीको सङ्ख्याको आधारमा स्वास्थ्य पूर्वाधार पनि अपुग थियो । स्वास्थ्यकर्मीको अभाव थियो । अवस्था सन्त्रासपूर्ण थियो । अन्तर्राष्ट्रिय समुदायले सहायता गर्नुको सट्टा चीनकै लगातार खेदो खनिरहेको थियो । खोप त चीनको लागि त्यत्तिबेलासम्म निकै परको विषय थयो । त्यस्तो परिस्थितिमा पनि चीनले भाइरसलाई हुपे प्रान्त बाहिर निस्कन दिएन । उहानमै तारजाली लगाएर भाइरसलाई त्यहीँ सिध्यायो । सिङ्गो देश एक ढिक्का भएर भाइरसमाथि विजय हासिल ग¥यो । चीनको राजनीतिक नेतृत्व बिनादुविधा विज्ञान र वैज्ञानिकहरूमाथि भर प¥यो । वैज्ञानिकहरूकै सल्लाहअनुसार राज्यले आवश्यक सबै कुराको सहज आपूर्ति ग¥यो । कोरोना भाइरस महामारीको व्यवस्थापन र रोकथामको सन्दर्भमा ‘उहान मोडेल’ संसारकै लागि मापदण्ड बन्यो ।
तर, भारतको सन्दर्भमा ऊसँग प्रशस्त अनुभवमात्र थिएन, बरु ऊ आफै संसारकै सबभन्दा बढी कोभिडको खोप बनाउने देश बनिसकेको थियो । कोरोना महामारीविरुद्धको अभियान प्रतिरोध खोप अभियानसम्म पुगिसकेको थियो । निकै न्यून सङ्ख्यामा पुगिसकेको थियो, दैनिक सङ्क्रमण दर । तर, किन आज भारत भयावह विषाद् भोग्न बाध्य भएको छ ? भारतमात्र होइन, भारतकै कारण नेपाली जनता यो विषादपूर्ण समय भोग्न बाध्य छन् ।
राजनीतिक व्यवस्थाले मानिसको जीवनमा कति बृहत् अर्थ राख्छ भन्ने कुराको योभन्दा उत्तम उत्तर अरू के हुनसक्छ र ? चीनको राजनीतिक नेतृत्व र व्यवस्थाकै कारण अप्रत्याशित भएर पनि भाइरसलाई नियन्त्रण गर्न ऊ सफल भयो र आज सामान्य दैनिकीमा फर्किसकेको छ । त्यहाँ मानिस अक्सिजन नपाएर बाटोमा मर्न परेन । अस्पतालमा शय्या नपाएर बिरामी ‘कमिला मरेजस्तै’ मर्न परेन । महिनौँ लकडाउनमा बस्दा पनि भोकले मानिस सहर छोडेर पैदल हिँडेरै गाउँ फर्कन परेन । सरकारले सबैको भोक मेटिदियो । प्रतिकूलता चीनसँग पनि नभएको होइन । तर, चीनको नेतृत्वसँग जनतालाई नै सर्वोपरि राख्ने बोलीमात्र होइन, व्यवहार पनि छ । त्यसकारण, चीनलाई प्रतिकूलता सामना गर्न सहज बन्यो । नेतृत्वले आफ्नो हित गरिरहेको विश्वासले जनताले पनि एकमन भएर सरकारी निर्णयको समर्थन गरे । तर, त्यही कुरा भारतको लागि हम्मेहम्मे भयो किनभने भारतको राजनीतिक नेतृत्वको लागि जनता भनेका ‘एक थान भोट’ मात्र हुन् । सत्तामाथि उक्लिने भ¥याङमात्र हो जनता । अक्सिजन नपाएर जनता मरेको कुरा देखे नदेखेझैँ गर्नसक्ने नेतृत्व र व्यवस्था कसरी जनताको व्यवस्था हुनसक्छ ¤ आज भारतीय जनता सोध्दै छन् ।
भारत आफूलाई संसारकै सबभन्दा ठुलो प्रजातन्त्र दाबी गर्छ । कति मानिसहरू चीनमा प्रजातन्त्र नभएको भन्छन् । बितेका एक वर्षको घटनाक्रमलाई फर्केर मूल्याङ्कन गरौं, हामीले कस्तो खालको प्रजातन्त्र रोज्ने– अक्सिजन नपाएर मर्ने प्रजातन्त्र रोज्ने अथवा जनताको जीवन रक्षाको लागि अहोरात्र काम गर्ने प्रजातन्त्र रोज्ने ? जनतालाई भोज भत्तेर खुवाएर चुनावमा भोट हाल्न दिएकै भरमा कुनै पनि राजनीतिक व्यवस्था प्रजातन्त्र हुने गर्दैन । प्रजातन्त्र जनताको जीवन, जीवनशैली र आदर्शमा निहित हुने गर्छ । प्रजातन्त्र जनताको जीवनस्तर उठाउन राजनीतिक नेतृत्वले अँगाल्ने विचार र व्यवहारमा निहित हुने गर्छ ।
जनता कीराफट्याङ्ग्राजस्तै मर्दा पनि नेतृत्व चैनको निद्रा सुत्न सक्ने अथवा जनताको हितभन्दा आफ्ना निहित राजनीतिक स्वार्थको लागि जनताको जीवनका जटिलतालाई बेवास्ता गर्ने नेतृत्वले प्रजातन्त्रको जतिसुकै अलाप गाए पनि व्यवहारमा कसरी प्रजातन्त्रको आदर्श कायम रहन सक्छ र ? अथवा त्यो व्यवस्था नै कसरी प्रजातन्त्र हुनसक्छ र ? चुनाव गर्नु नै प्रजातन्त्रको एकमात्र मापन हुनसक्दैन ।
नेपालमा कोभिड–१९ महामारीबीच गण्डकी र लुम्बिनी प्रदेशमा देखिएको दृश्यले नेपाली जनतालाई यस्तो विषयमा विचार गर्न बाध्य बनाएको छ । दाङको अस्पतालमा उपचारको लागि शøयाको अभाव भइरहेको बेला लुम्बिनीको प्रदेश सरकारमा खिचातानी कति असंवदेनशीलता ¤ दैनिक सङ्क्रमणको कारण मर्नेको सङ्ख्या बढ्दै गर्दा गण्डकीमा ‘सांसदलाई अचानक कोभिड पोजिटिभ आउनु’ कस्तो विडम्बना ¤ हामीले खोजेको प्रजातन्त्र यस्तै हो ?
निःसन्देह, कुनै पनि देशको राजनीतिक व्यवस्था त्यो देशको वस्तुगत अवस्था र ऐतिहासिक पृष्ठभूमिमा आधारित हुन्छ । चीन वा भारत वा अरू कुनै पनि देशको व्यवस्थाको अन्धानुकरणले नेपालको हित हुनसक्दैन । यसमा विवाद छैन । तर, कस्तो दर्शनमा आधारित राजनीतिक व्यवस्था छान्ने भन्ने प्रश्नमाथिको बहसमा भने यो सन्दर्भ सान्दर्भिक छ । कस्तो खालको राजनीतिक नेतृत्वको पक्षमा उभिने भन्ने प्रश्नमाथिको बहसमा यो उदाहरणले केही माने राख्न सक्छ । महामारीले संसारलाई धेरै कुरा सिकाएको छ । नेपालको सन्दर्भमा हामीले कस्तो खालको व्यवस्था खोज्ने ? कस्तो प्रजातन्त्रको पक्षधरता लिने भन्ने प्रश्नको घोत्लिन जनतालाई पछिल्लो घटनाक्रमले मद्दत गर्ने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *