भर्खरै :

भारतमा तेस्रो लहरको जोखिम

काठमाडौँ, २४ वैशाख । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेको छ । बिहीबार चौबीस घण्टामा ४ लाख १४ हजार १८८ जना सङ्क्रमित थपिएका भने ३ हजार ९१५ जनाको मृत्यु भयो । विज्ञहरूले भारतमा तेस्रो लहर आउने चेतावनी दिंदै देशभर लकडाउन गर्न सुझाव दिएका छन् । पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीले आफ्नो राज्यमा पठाइने अक्सिजन अन्य राज्यमा पठाइएकोमा विरोध गरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेकी छिन् ।
कोभिड–१९ उत्पत्तिबारे चीनलाई आरोप लगाएको अस्टे«लियासँग चीनले आर्थिक वार्ता स्थगित ग¥यो । अस्टे«लियाको प्रमुख बजार चीन पनि हो ।
रोकथामको निम्ति तेस्रो खोप
नास्टका प्राज्ञ डा. अञ्जना सिंहले कोभिड–१९ सङ्क्रमण रोकथाम नभए नेपालीलाई तेस्रो खोप दिन जरुरी हुने उल्लेख गरिन् । नेपालका कतिपय अस्पतालमा सङ्क्रमितहरूको लागि शय्या उपलब्ध नहुँदा भुइँमा सुताइ उपचार भइरहेको छ । यही बेला निजी क्षेत्रले प्रम ओलीद्वारा घोषणा गरिएको न्यूनतम पारिश्रमिक मजदुरलाई दिन कठिन हुने वक्तव्य प्रकाशित ग¥यो । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रम ओलीले आउने साउन १ गतेदेखि मजदुरको न्यूनमत मासिक तलब रु.९ हजार ३८५ र महँगी भत्ता रु. ५ हजार ६१५ गरी कुल रु. १५ हजार निर्धारण गरेका थिए ।
उद्योग विभागले अक्सिजन सिलिन्डर नियमन गरेको दाबी गरे पनि यसको कालोबजारी र भण्डारण बढ्दो छ । काठमाडौँ उपत्यकाभित्र ४८ हजार अक्सिजन सिलिन्डर हुनुपर्नेमा १ हजार १३४ मात्र फिर्ता भएको समाचार छ । पश्चिम नेपालको दाङ र बाँके कोभिड–१९ सङ्क्रमणको केन्द्र बन्ने जोखिम बढिरहेको छ ।
चीनले नेपाललाई थप ३५ सय थान अक्सिजन सिलिन्डर पठाउने र त्यसमध्ये ४ सय थान सिलिन्डर र केही भेन्टिलेटर तत्काल पठाउँदैछ । बङ्गलादेशले पनि नेपाललाई ५ हजार रेम्डेसिभिर औषधि उपलब्ध गराउने भएको छ ।
निजी अस्पतालमा कोभिड–१९ सङ्क्रमित बिरामीमाथि खुला ठगी भइरहेको तर स्वास्थ्य र वाणिज्य विभागले ‘चर्को मूल्य तोकिएको भेटिएन’ भनी ठगहरूको पक्षमा बोल्दैछन् । खोपलगायत स्वास्थ्य सामग्री समयमा आपूर्ति गर्न आवश्यक व्यवस्था नगरेको स्वास्थ्य विभागका महानिर्देशकलाइृ अविलम्ब निलम्बन गरी बर्खास्त गर्नुपर्ने जनताको माग छ ।
औद्योगिक क्षेत्रभित्र मजदुरहरूलाई खाने र बस्ने व्यवस्था गरेर मात्र उद्योग सञ्चालन गर्ने सरकारको निर्देशन भए पनि भक्तपुरको औद्योगिक क्षेत्रका टेक्सटाइल, प्लास्टिक, रङरोगन उद्योगहरू मजदुरहरूको आवतजावतमा सञ्चालन भइरहेको समाचार छ । सरकारले अत्यावश्यकबाहेकका कतिपय उद्योग सञ्चालन गर्न दिने र कतिपयलाई बन्द गराउने पक्षपातपूर्ण काम गरेकोमा जनताको विरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *