काठमाडौँ उपत्यकामा लागूपदार्थको कारोबार बढ्दै !
- बैशाख २८, २०८३
भक्तपुर नगरपालिकाले कोरोना महामारीको यस समयमा मातातीर्थ औँसीलाई मध्यनजर गरी वैशाख २६ र २७ गते दुई दिन नगरभित्रमा मिठाइ पसलहरूको अनुगमन गरेको रहेछ, जुन सराहनीय कुरा हो । तर, अनुगमनको क्रममा अनुगमन टोलीबाट गरिएका अव्यवहारिक काम निन्दनीय छ । बिना कुनै यन्त्र, बिना कुनै उपकरण र बिना कुनै दक्ष जनशक्ति अनुगमन आएर आफू मनपरी सामान जफत गर्ने कार्य ठीक होइन जस्तो लाग्छ ।
अनुगमन टोलीले मिठाइमा कलर बढी राखेको भन्दै बन्दै गरेका र बनिसकेका मिठाइहरू मनपरी उठाएर लग्यो । तर, अनुगमन टोलीसँग मिठाइमा प्रयोग गरिएका कलर मापन गर्ने कुनै उपकरण देखिँदैन । आखिर ती प्रयोग गरिएका कलर पनि त Edible (खान मिल्ने) कलर नै हुन् नि । कलर हालेकै कारण बनिसकेको लड्डु नै जफत गरेर लगेछ । के कलर नभएको सेतो लड्डु देख्नुभएको छ ? सामान जफत नगर्न रोई कराई बिन्ती गरेर माफी माग्दा पनि एक जना कोट पाइन्ट लगाएकाले त “बढी कराउने होइन, पछि आउँदा पनि पसल खोल्यो भने सबै सामान उठाएर लान्छु” भनेर थर्काउनु भएछ । के यही हो त अनुगमन टोलीको व्यवहार ?
अनुगमन पनि कसैलाई काखा र कसैलाई पाखा गरेको देखियो । कोरोनाको जोखिमलाई मध्यनजर गरी गरेको अनुगमनले फलफुल पसललगायत अन्य पसलहरूलाई भने केही गरेको देखिएन । के कोरोना मिठाइ पसलबाट मात्र सर्ने हो र ?
यस विषयमा म सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु । आगामी दिनहरूमा हुने बजार अनुगमन व्यवहारिक होस्, उपकरणसहितको होस् र सम्बन्धित क्षेत्रका दक्ष जनशक्तिसहितको होस् भन्ने आशा राख्दछु । जफत गरेका मिठाइहरू नगरपालिकाले के गर्ने हो भन्ने विषय पनि जनतामाझ खुलस्त पार्न अनुरोध गर्न चाहन्छु ।
Leave a Reply