जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
भारतको दक्षिणपूर्वी आन्ध्र प्रदेशको एउटा अस्पतालमा सोमबार साँझ अक्सिजनको अभावको कारण कम्तीमा एघार जना बिरामीको निधन भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार बताए ।
दक्षिण एसियाली देश भारतमा भइरहेका धेरै वियोगपूर्ण घटनामध्ये यो एउटा अर्को दुःखद घटना हो । भारतभरि महामारीको दोस्रो लहर फैलिएसँगै अक्सिजनको आपूर्ति प्रणाली नै अस्तव्यस्त भएपछि त्यहाँ अहिले अक्सिजनको चर्को अभाव छ ।
आफ्ना प्रियजन गुमाउँदा परिवार र मित्रहरू एकातिर दुःखमा परेका छन् भने अर्कोतिर महामारीले निम्त्याएको भद्रगोल अवस्थाबीच सरकार र अस्पताललाई अक्सिजनको अभाव समाधानको लागि तत्काल कदम चाल्न दबाब दिइरहेका छन् ।
मृत्युको सङ्ख्या साढे दुई लाख
बुधबार भारतमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या २ करोड २९ लाख ९२ हजार ५१७ पुगेको छ भने मर्नेको सङ्ख्या २ लाख ४९ हजार ९९२ पुगेको छ ।
दोस्रो लहर सुरु भएयता भारतभरका अस्पतालहरूमा चिकित्सकीय सामग्री विशेषतः अक्सिजनको अभावको कारण धेरै थरी घटना घटिरहेका छन् ।
अप्रिल २३ मा नयाँ दिल्लीको एउटा अस्पतालमा कम्तीमा २६ जना कोभिड–१९ का बिरामीको निधन भयो । सघन उपचार कक्षमा अक्सिजन सकिएपछि उनीहरूको निधन भएको थियो । अक्सिजनकै अभावमा सात दिनपछि नयाँ दिल्लीको दक्षिणपश्चिम सहर गुरुग्रामस्थित एउटा अस्पतालमा अक्सिजनकै अभावको कारण थप ६ जनाको निधन भयो ।
“हामी आफ्नो प्रियजनको हेरविचार गर्न अस्पतालमा चिकित्सक भएको भन्दै आयौँ । तर, उनीहरूले अक्सिजन नै नभएको बताए”, सर्वसाधारण अमृथाले भनिन्, “अक्सिजन दिने कसको जिम्मेवारी हो ? अनि यो मृत्युको लागि कसलाई दोष दिने ? अस्पतालमा अक्सिजनको सुविधा नभएकै मानिस मरिरहेका छन् किन ?”
राजधानी नयाँ दिल्लीकै बाट्रा अस्पताल तथा चिकित्सा अनुसन्धान केन्द्रमा अक्सिजनकै अभावको कारण मे १ को अपराह्न १२ जनाको निधन भएको थियो । मर्नेमा सोही अस्पतालको ग्याट्रोइन्टरोलोजी विभागका प्रमुख डा. आरके हिमथानी पनि थिए ।
“डा. आरके हिमराथीप्रति श्रद्धाञ्जली । हामीले आज हँसिलो र रसिलो व्यक्ति गुमाायौँ । उनको निधन भाइरसको कारण होइन, अक्सिजनको अभावको कारण भयो”, हिमराथीका सहकर्मी डा.तुसर मेहत्ताले सामाजिक सञ्जालमा लेखे ।
विज्ञहरूका अनुसार भारतमा अक्सिजनको आपूर्तिको समस्या यातायात र अभाव भएको बताउँछन् ।
भारतका अधिकांश अक्सिजन उत्पादकहरू पूर्वी भारतमा छन् । तर, अहिले अक्सिजनको माग भने विशेषतः पश्चिम, मध्य र उत्तरी क्षेत्रमा बढेको छ । त्यसका साथै अक्सिजन बोक्ने क्रायोजेनिक ट्याङ्करको अभाव भएको उनीहरूले बताए । तरल अक्सिजनलाई न्युन तापक्रममा वितरककहाँ पु¥याउन त्यस्तो ट्याङ्करको आवश्यकता हुन्छ । भारतका अधिकांश अस्पतालमा अक्सिजन भण्डारण गर्ने आफ्नै स्थलगत प्लान्ट छैन ।
अक्सिजनमा कालोबजारी
धेरै अस्पतालहरूमा सङ्क्रमित बिरामीहरू एउटै शय्यामा खुम्चिएर दुई जना पल्टेका छन् अथवा अस्पतालको वार्ड र बाटोमै सुतेका छन् । अस्पताल परिसरबाहिर स्ट्रेचरमै सुतेका वा आफू आएको गाडीमै बसेका बिरामीहरू पनि धेरै छन् ।
चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई कुन बिरामीलाई अक्सिजन पहिले दिने भन्ने कुरा टुङ्गो लगाउन समस्या हुने गरेको जानकारहरूले बताए ।
“अवस्था विकराल छ । हामीलाई कसैप्रति विभेद नगरी उपचार गर्न सिकाइएको थियो । तर, अहिलेको महामारीले त सबै अस्पतालहरू अस्तव्यस्त छन् । सेवा सबै अपुग भएका छन् । यस्तो बेला हामीलाई कुनै निर्णय गर्न नै कठिन हुने गरेको छ”, एक जना चिकित्सकले भने, “आखिरमा हामी सबै मानिस नै हौँ । ज्यादै गा¥हो अनुभव हुन्छ ।”
अस्पतालहरू अक्सिजनको अभाव भएपछि बिरामीका आफन्त आफैले अक्जिनको जोहो गर्न आफै लाग्नुपरेको छ । परिणामतः सामाजिक सञ्जालहरूमा अक्सिजन सिलिन्डर र सिलिन्डर भर्ने ठाउँको निम्ति पीडित परिवारका याचनाले भरिएका छन् । त्यसले अक्सिजन सिलिन्डर र कन्सनट्रेटरमा अनियमित कालोबजारी बढेको छ । ती सामानको सामान्य मूल्त्न्दा निकै बढी मूल्यमा बेचबिखन भइरहेको छ ।
खबरअनुसार सामान्यतः ८ हजार २ सय देखि १३ हजार ७ सय पर्ने सिलिन्डर अहिले दस गुणा बढी मूल्य लिएर किनबेच भइरहेको छ । सर्वसाधारणको लागि त्यो मूल्य तिर्न निकै कठिन भएको छ । प्रहरीले कालाबजारी गरेको अभियोगमा धेरै मानिसलाई पक्राउ गरेको छ ।
“जताततै अराजक अवस्था छ । आफ्नो बिरामी परिवारको सदस्यको लागि आफन्तजनले अक्सिजनको सिलिन्डर बोकेर हिँड्नुपर्ला भनेर कसले पो सोचेको होला र ¤”, मानिसहरूलाई अक्सिजन सिलिन्डर र अस्पतालका शय्या खोज्न मद्दत गरिरहेको स्वयम्सेवक टोलीका अशिष बर्दनले भने । “सरकारले अघि नै तयारी गरेको भए र कोभिड–१९ को दोस्रो लहर सामना गर्ने विषयमा विज्ञहरूका सल्लाह मानेको भए अहिलेको अवस्था आउने थिएन”, उनले भने ।
अक्सिजन दिन अस्थायी शिविर
सिख समुदायका स्वयम्सेवकहरूले दिल्लीमा र वरपरका क्षेत्रमा कोभिड–१९ का बिरामीलाई अक्सिजन दिन अस्थायी शिविरहरू खोलेका छन् । साथै उनीहरूले २५० वटा शय्या भएको अस्थायी अस्पताल पनि खोलेका छन् ।
मानिसहरू आफ्नो परिवारका तीन जना सदस्यको निधन भएको र चौथो सदस्य पनि मर्न लागेको भन्दै रुँदै आउँछन् । उनीहरू अक्सिजन र शय्या मिलाइदिन अनुनय गर्छन् । दिल्लीको गुरुद्वारा व्यवस्थापन समितिका सभापति मनजिन्द्र सिंह सिर्साले भने, “मेरो विचारमा यो धर्तीमा मानिसहरू मरिरहेको र हामी उनीहरूलाई अक्सिजन दिइरहेको वा कुनै चामत्कारिक सहायता गरिरहेको यस्तो अवस्था कहिल्यै आएको नहोला ।”
“अस्पतालहरू सबै भरिभराउ छन् र बिरामीलाई फर्काउन थालेपछि अन्तिम सहारा खोज्दै हामीकहाँ आउँछन् र हामी बिरामीलाई अक्सिजन दिने गर्छौैं”, सिख स्वयम्सेवक जमिर सिंहले भने ।
अक्सिजनको अभावको कारण भारतका विभिन्न राज्य र सङ्घीय सरकारबीच कोटाको विषयमा तँ तँ र म म भइरहेको छ ।
गत साता भारतको उत्तरी प्रदेश उत्तर प्रदेशको अल्लाहवाद उच्च अदालतले लखनउ र मेरुत सहरमा अक्सिजनको अभावको कारण कोभिड–१९ को बिरामीको निधन हुनु आपराधिक कार्य भएको फैसला ग¥यो । अक्सिजन आपूर्ति सुनिश्चित गर्ने जिम्मेवारी पाएका अधिकारीहरूको हातबाट भइरहेको यो ‘आमनरसंहारभन्दा कम’ नभएको अदालतले जनायो ।
शनिबार भारतको सर्वोच्च अदालतले देशभर अक्सिजनको आपूर्ति चुस्त बनाउन १२ जनाको एउटा कार्यदल गठन गरेको छ । त्यो कार्यदलले देशभर अक्सिजनको माग र वितरणको अध्ययन गरी आवश्यक सल्लाह दिनेछ ।
अक्सिजन अभावको यो सङ्कट सामना गर्न सङ्घीय सरकारले चलायमान अक्सिजन उत्पादक प्लान्ट आयात गर्न थालेको छ । उसले एक ठाउँबाट अर्को ठाउँमा लान मिल्ने अक्सिजन कन्सट्रेटर पनि आयात गरिरहेको छ । अक्सिजनको चर्को अभाव भएको क्षेत्रको लागि विशेष रेलबाट अक्सिजन ल्याउने काम भइरहेको छ ।
स्रोत : सिन्ह्वा
नेपाली अनुवाद : अनिल
Leave a Reply