जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
सन् २०२१ को अप्रिल २९ मा द गार्जियन र द वायरमा प्रकाशित विचारमा अरुन्धती रोयले कोभिड–१९ महामारीको दोस्रो लहरको क्रममा भारतले सामना गरिरहेको अतुलनीय दुःख र मानव पीडाको व्याख्या गर्न ‘मानवताविरुद्ध अपराध’ शब्दावलीको प्रयोग गरिन् । त्यसपछि भारतमा बितेका केही साताभरि देखिएका घटनाक्रमको व्याख्या गर्न उनकै शब्दावली प्रयोग गरिरहेका छन् । अन्तर्राष्ट्रिय कानुनमा सो शब्दावलीको परिभाषा, ऐतिहासिक जटिलता र गहन सामाजिक–राजनीतिक महत्वको कारण यो शब्दावली प्रयोगले सबैको ध्यान खिचेको छ ।
कुनै पनि कोणबाट भारतमा अहिले भइरहेका घटनालाई अन्तर्राष्ट्रिय कानुनका परिभाषाअन्तर्गत जस्ताको तस्तै लागु गर्न सकिन्न । त्यसकारण अहिले जुन तरिकाबाट यो शब्दावलीको प्रयोग भएको छ त्यो गलत छ । तथापि, त्यो शब्दावलीको ऐतिहासिक पृष्ठभूमि र त्यसमै आधारित सामाजिक–राजनीतिक अवस्थाले पछिल्ला केही साता भारतमा मच्चिएको मृत्यु, विनाश र पीडाको व्याख्या गर्न अरू कुनै पनि शब्दावलीभन्दा यही शब्दावली उपयुक्त हो ।
महत्वपूर्ण कुरा के हो भने शब्दावली प्रयोगको यस्तो अभ्यास आगामी दिनमा पनि चालु रहन सक्छ र भारतमा दोस्रो कोभिडको लहरमा भएका घटनालाई ‘मानवताविरोधी अपराध’ कै रूपमा लिइरहने सम्भावना हुन्छ ।
शब्दावलीको उत्पत्ति र वैधानिक प्रयोग
‘मानवताविरोधी अपराध’ शब्दावली राजनीतिकरूपमा निकै विवादास्पद मानिएको ‘आम नरसंहार’ शब्दको नजिकको सहोदर दाजु–भाइजस्तै हो । दुवै शब्दावलीको उत्पत्ति दोस्रो विश्व युद्धपछि बनेको हो । यद्यपि, फिलिप स्यान्ट्सले आफ्नो पुस्तक ‘इस्ट वेस्ट स्ट्रीट’ मा उस्तै त्रासद कार्यबाट उत्पत्ति हुने भए पनि आम हत्याको घटनालाई व्याख्या गर्न फरक–फरक अवधारणाको प्रयोग गरेका छन् ।
‘आम नरसंहार’ अर्थात् ‘जिनोसेड’ शब्दको निर्माण पोल्यान्डका वकिल राफेल लेमकिनले गरेका थिए । उनले राज्य आफैँले कुनै पनि समुदायका मानिसलाई निमिट्यान्न गर्न कामको लागि प्रयोग गरेका थिए । अर्कोतिर ‘मानवताविरोधी अपराध’ शब्दावली क्याम्ब्रिजका कानुनका प्राध्यापक हेर्स लौतरपेचले विकास गरेका थिए । जुनसुकै समुदायका मानिसको गरिने आम नरसंहारको लागि उनले सो शब्द प्रयोग गरेका थिए ।
यसर्थमा आम नरसंहारले समूहको पहिचानलाई जोड दिएको हुन्छ भने मानवताविरुद्धको अपराधले व्यक्तिलाई जोड दिएको हुन्छ । तथापि, ‘अपराधको पनि अपराध’ मानिने ती दुवै शब्दावलीले आपराधिक कार्यको शृङ्खलाबारे मात्र बोल्दैन बरु मानिसको विवेकमाथि सामूहिक खोटलाई पनि अभिव्यक्त गरेको हुन्छ ।
दोस्रो विश्व युद्धका दोषीहरूलाई सजाय गर्न आयोजना गरिएको नुरेम्बर्ग इजलासले यी दुवै शब्दावलीलाई अन्तर्राष्ट्रिय कानुनमा समावेश ग¥यो । त्यही आधारमा ‘मानवताविरुद्ध अपराध’ शब्दावलीलाई सन् १९९८ को अन्तर्राष्ट्रिय आपराधिक अदालतको रोम कानुनमा विस्तृतरूपमा व्याख्या गरिएको छ । सो परिभाषामा ठुलो सङ्ख्यामा मानिसहरूबीच थोपरिएको सक्रिय हिंसालाई समावेश गरेको छ । कोभिड–१९ महामारी र स्वास्थ्य प्रणाली ध्वस्त हुँदा भारतले सामना गरिरहेको अवस्थालाई रोम विधानको त्यो परिभाषाले समेट्न सकेको देखिँदैन ।
कसैले देखिने हमला नगरेको अवस्थामा ‘मानवताविरोधी अपराध’ को लागि आवश्यक कानुनी सर्त पूरा भएको छैन । किनभने, रोम विधानअनुसार सबै अपराधको लागि कोही न कोही हमलाकारी हुने अपेक्षा गरिएको हुन्छ । निःसन्देह भारतको सन्दर्भमा सरकारले स्वास्थ्य पूर्वाधार बनाउने, चिकित्सकीय सामग्रीजस्तै अक्सिजन र अन्य औषधिजन्य वस्तुको जोहो नगर्नु र भारतीय जनताबीच तीव्ररूपमा खोप दिएको भए भाइरसको घातक दोस्रो लहरबाट देशलाई जोगाउन सकिने थियो ।
त्यसको साथै पहिलो लहरपछि कोभिड– प्रतिरोधी व्यवहारको लागि सबै बन्दोबस्त गर्नमा भारतको केन्द्रीय तहको सरकार विफल भयो । यस्ता असफलता केन्द्रबाट सुरु भयो र भारतमा अहिले देखिएको त्रासद परिणामको निम्ति आधारभूतरूपमा सङ्घीय सरकार जिम्मेवार हो ।
कुरालाई सजिलै यहीँ बिसाउन सकिन्थ्यो । तर, यो खेलको पछाडि अरू पनि खेलाडी छन् । दोस्रो लहर आउनुअघि स्वास्थ्य क्षेत्रमा राज्य सरकारहरूको पनि उल्लेखनीय नियन्त्रण थियो । (भारतको संविधानको सातौँ परिच्छेदमा जनस्वास्थ्यलाई राज्य सरकारको नियन्त्रणमा राखिएको छ ।) पहिलो लहरपछि जनस्वास्थ्यका नियमको कडाइपूर्वक पालनामा कमजोरी र केही राज्य सरकारहरूका फितला तयारीको कारण अहिलेको भद्रगोल अवस्था निम्तिएको हो ।
दोस्रो लहरबीच ठुलठुला चुनावी सभाहरू आयोजना गर्न दिएकोमा भारतको निर्वाचन आयोगलाई पनि केही दोष लगाउन सकिन्छ । महामारीको अवस्थामा अदालतहरूले पनि धिमा, अस्थिर र असंवेदनशील हस्तक्षेपलाई पनि यो अवस्थाको दोषी मान्न सकिन्छ ।
त्यसको साथै दोस्रो लहरको आजको भयावह अवस्थाबाट आफ्ना जनतालाई जोगाउन भारतले प्रशस्त खोप वितरण गर्न नसकेकोमा संरा अमेरिका, बेलायत र क्यानाडाजस्ता धनी र विकसित देशहरूलाई पनि दोषारोपण गर्नुपर्ने हुन्छ । आफूलाई खाँचो पर्नेभन्दा बढी खोप ती देशहरूले जोगाड गर्दा भारतजस्तो धेरै ठुलो जनसङ्ख्या भएका देशलाई तीव्रगतिमा जनतालाई खोप लगाउन कठिनाइ भयो ।
त्यसबाहेक संरा अमेरिकाको बाइडेन सरकारले हालै कोभिड–१९ का खोपमा सबै बौद्धिक सम्पत्ति अधिकार छुट हुने प्रस्तावमाथि समर्थन गर्ने घोषणा भए पनि त्यसको व्यवहारिक कार्यान्वयन अथवा भारतीय खोप उत्पादकका लागि लाभको घोषणा भने अझै हुन बाँकी नै छ ।
सन् २०२० को अक्टोबरमा विश्व स्वास्थ्य सङ्गठनको ट्रिप्स सम्झौताअन्तर्गत कोभिडको खोपमा प्याटेन्ट अधिकार छुट हुनुपर्ने भारत र दक्षिण अफ्रिकाको माग पछि हाल सो प्रस्ताव प्रक्रियामा अघि बढेको हो । भारतका खोप उत्पादकहरूलाई प्रविधि हस्तान्तरणको सन्दर्भमा दुई पटकको असफलतापछि धनी पश्चिमा देशहरूबाट यस्ता काम कोभिड–१९ को घातक दोस्रो लहरअघि भएको भए पनि भारतको वर्तमान अवस्थाको निम्ति यसले पक्कै पनि केही न केही भूमिका खेलेकै छ ।
निःसन्देह ! भारतमा बनेको खोप एकातिर संसारभर उच्च मूल्यमा बिक्री भइरहेको र भारतमा बनेका खोप कोभ्याक्सिनको बौद्धिक सम्पत्ति अधिकारमा भने अझै छुट नभइसकेको तथ्यले पनि खोपको पहुँचको विषय अझ खराब बनेको हो ।
भारतमा आजको अवस्था बन्नुमा धेरै पात्र र परिस्थिति जिम्मेवार छन् । हामीलाई चारैतिर घेरा हालेको मृत्यु र विनाशको निम्ति कोही पनि ‘हमलाकारी’ देखिँदैन । त्यसो भए के भारतमा अहिले जे भइरहेको छ, त्यसलाई मानवताविरोधी अपराधको रूपमा व्याख्या गर्नु अरुन्धती रोय र सिङ्गो भारतको कमजोरी थियो ?
कानुनभन्दा बाहिर
मेरो विचारमा यो प्रश्नको सफा उत्तर हो– होइन । पोल्यान्डका यहुदी मूलका लौतरपेचले ‘मानवताविरोधी अपराध’ शब्दावली नै आफ्नो समुदाय र आफ्नो परिवारले भोगेको निर्मम हत्या र विनाशको पृष्ठभूमिमा बनाएका थिए ।
मानिसहरू पीडाले छटपटाइरहेको र भविष्यका धेरै पुस्तासम्म घाइते भइरहने यस्तै भावनाले नै लौतरपेचलाई त्यो शब्दावली बनाउने प्रेरणा प्राप्त भएको थियो । जब उनले कानुनी क्षेत्रमा सो शब्दावलीको प्रयोगमा ल्याए त्यसले अझ बढी महत्व पायो । आम नरसंहार, दुःख र नभनिएका दुःखले पुस्तौँ पुस्तासम्म कस्तो अकल्पनीय प्रभाव पार्छ भन्ने कुराको प्रतिनिधित्व सो शब्दावलीमार्फत अभिव्यक्त गरिएको थियो ।
त्यस अर्थमा ‘मानवताविरुद्धको अपराध’ शब्दावलीले त्यसको खास कानुनी अर्थअनुसारको बुझात्न्दा अझ ठुलो आकार लिएको हुनसक्छ । त्यसकारण यो शब्दावलीले उसको गोतियार ‘आम नरसंहार’ (गिनोसाइड) शब्दले जस्तै उत्पत्तिको सुरुदेखि नै कानुनभन्दा पनि फराकिलो अर्थ बोकेको देखिन्छ ।
अन्तर्राष्ट्रिय कानुनमा (सन् १९४८ को आम नरसंहार महासन्धिमार्फत) यो शब्दावलीमा प्रतिनिधित्व भए पनि यसको अधिकांश प्रयोग आम नरसंहार सन्धिका कानुनी आधार पूरा नगरेर पनि राज्यले कुनै एउटा समूहको पहिचानलाई खत्तम गर्न खोज्नु वा लक्ष्यको व्याख्यामा हुने गरेको छ ।
भारतमा ‘मानवताविरुद्धको अपराध’ शब्दावलीको कानुनभन्दा फराकिलो अर्थमा व्यापक प्रयोग गर्नुले यो शब्दावलीलाई कोभिड भाइरसको दोस्रो लहरको कारण पीडित जनताको पीडा देखेर सिङ्गो भारतलाई अनुभव गरेको पीडादायी निरीहता र मानवीय सङ्कटसँग जोड्ने ठाउँ दिएको छ । यस्तो गम्भीर परिवेशमा यो शब्दावलीले भारतले पछिल्ला साता देखेका दृश्यका साथै संसारभरका जनताले आफ्ना प्रियजन, परिवार र समाजबाट छुटिंदा महसुस गरेको अनुभूतिको सटिक व्याख्या गर्नसक्छ ।
खासमा यो शब्दावली सुरुमा प्रयोग हुँदा त्यत्तिबेला सामना गरिएको परिस्थितिले यस्तो अवस्था दोहोरिन नदिन विश्वव्यापी सहकार्यको आवश्यकतामा जोड दिइएको थियो । ‘मानवताविरुद्धको अपराध’ विश्व युद्ध फेरि दोहोरिन नदिन विश्वव्यापी सहकार्यको बोध यो शब्दावलीमा गरिएको थियो । यदि हामीले यो शब्दावलीको प्रयोग हामीले जे भोगिरहेका छौँ, त्यसप्रति विश्वव्यापी ध्यानाकर्षणको लागि र विकासशील देशहरूमा जनस्वास्थ्यको पूर्वाधारको अवस्था सुधारमा विश्वव्यापी सहकार्य बढाउन जीवनप्रदायक आधारभूत औषधि र खोपमा बौद्धिक सम्पत्ति अधिकार नराख्ने हो भने भारत र सिङ्गो संसारले यो साता भारतले सामना गर्नुपर्ने अवस्था अर्को पटक दोहोरिन पाउनेछैन । जनस्वास्थ्य सङ्कटले यो संसारलाई फेरि पनि ङाक्न पाउनेछैन ।
भारतमा अहिले जति मानिस मरिरहेका छन्, त्यहाँ कसैले हमला गरिरहेको छैन । अर्थात्, यी ‘अपराध’ को निम्ति प्रष्टतः कोही हमलाकारी हुने गर्दैन । कोभिड भाइरसको दोस्रो लहरको प्रभाव भारत र भारतीय जनतामा लामो समय रहिरहनेछ । अहिलेको आम मृत्युको प्रभाव धेरै माध्यमबाट प्रतिबिम्बित भइरहनेछ । जसले अहिलेको अवस्था ‘मानवताविरोधी अपराध’ को कानुनी व्याख्याको लागि उचित भएको देखाउँछ ।
अरू वकिलहरू मानवताविरोधी अपराधको कानुनी बन्दोबस्तमा प्रस्टतः हमलाकारी वा आक्रमणकारी हुनुपर्ने भनी चिच्याइरहेको बेला हामी भने भारतमा अहिले जे भइरहेको छ, त्यसलाई मानवताविरोधी अपराधको रूपमा व्याख्या गरिरहेका छौँ । हामीले धेरै लामो समयसम्म यसरी नै व्याख्या गरिरहनेछौँ ।
लेखक बाङ्गलोर र लन्डनमा काम गर्ने वकिल हुुनुहुन्छ ।
स्रोतः द वायर
नेपाली अनुवादः सुमन
Leave a Reply