सरकारको उपस्थिति खोइ ?
- श्रावण १, २०८३
समाचारपत्रको पहिलो पृष्ठमै ठूल्ठूला अक्षरहरूले लेखिएका कोरोना सङ्क्रमित र मृतकहरूको सङ्ख्याको चढ्दो अङ्कमा देशको प्रजातन्त्र र गणतन्त्रको अर्थ खोज्न थाल्छन् – साधारण जनता । राजधानी भएकै कारण विभिन्न जिल्लाका पहुँच पुगेका रोगीहरू ठूलो आशा र भरोसामा काठमाडाँै पुग्छन् । गाउँका नेताहरू पनि प्रदेश सांसद, सङ्घीय सांसद र मन्त्रीहरूकहाँ पुग्छन् ।
तर, काठमाडाँैको स्थिति तलका समाचार शीर्षकबाट प्रस्ट हुन्छ – “वीर अस्पतालको कन्तबिजोग, रुरुरुरुरु छ, अक्सिजन छैन ।”
(नेपाल समाचारपत्र, २ जेठ २०७८)
यसले नेपालको पुँजीवादी व्यवस्थाको असली रूप देखाउँछ । ‘खरिद मूल्य ४ सय, बिक्री मूल्य ९ सय १५’ समाचार अगाडि बढ्छ – ‘अक्सिजनमा चरम नाफा’, ‘आपूर्तिकर्ता र अस्पतालको मिलेमतो’ र ‘टेन्डरमा कार्टेलिङ ।’ (अन्नपूर्ण पोष्ट, १ जेठ २०७८)
अक्सिजन आपूर्तिकर्ता (जवेश ट्रेडिङ कन्सर्न, नेपालगञ्ज) का राजीव तेलङ्गा भन्छन् – ‘मार्जिनलाई अन्यथा लिनुहुन्न ।’
हो, त ¤ व्यापारको अर्थ नै चुस्नु र ठग्नु हो, मानिस लास नभएसम्म चुस्नुपर्छ ¤ ‘नेपालगञ्जको मेडिकल कलेजको शिक्षण अस्पतालमा अक्सिजनको मूल्य ४१५, भेरी अस्पताल नेपालगञ्जमा ९१५, धनगढीमा ८१०, रूपन्देहीमा ७५०, महेन्द्रनगरमा ८१५ तथा दाङमा ८१० ।’ यो हो पुँजीवाद ¤ जसले जहाँ सक्छ, मन लागेजति चुस्ने, पुँजीवादको मान्यता नै यही हो । किन ?
एमाले र प्रचण्डको पार्टी जितेकै पुँजीपतिवर्ग, काला बजारिया, ठेकेदार, गिटी–बालुवा–वन तस्कर जस्ता प्राकृतिक स्रोतको दोहन गर्ने अपराधी र भ्रष्टाचारीहरूकै पैसा, सल्लाह अनि शक्तिको भरमा हो । त्यसकारण, तिनीहरू सरकारमा पुगेपछि कर्मचारी र राज्यका अनेक अङ्गले जनताको होइन ती मालिकहरूकै सेवा गर्छन् । पुँजीवादी व्यवस्थाको धर्म यही हो । टाढा किन जाऔँ– नजिक भारत छ । वर्तमान भाजपा पनि साम्प्रदायिक शक्ति र उद्योग वाणिज्य सङ्घ (कर्पाेरेट) नै त्यहाँको वास्तविक सरकार हो ।
कहिलेदेखि ? मनमोहन अधिकारी प्रधानमन्त्री भएकै बेलाको व्यापारी र उद्योगपतिहरूसँग बसेको सोल्टी होटलको पहिलो बैठकको दृश्यदेखि ! त्यो हिजोको कुरा !
अहिले ? प्रम ओलीका मन्त्रीहरू पनि मारवाडी वा पुँजीपति र व्यापारी छन् । उद्योग वाणिज्य सङ्घकै अध्यक्ष पनि मारवाडी अनि सल्लाहकार पनि मारवाडी ! ‘यसकारण, प्रम के बोल्नुहुन्छ ? नेपाली मारवाडी त्यही बोल्छन् ! मारवाडी के बोल्छन् ? ओलीजी त्यही बोल्नुहुन्छ’ भन्ने कहावत भइसकेको छ ।
यसको अर्थ प्रचण्ड, माधव, ईश्वर पोखरेल, झलनाथ खनाल र अरू मन्त्रीहरू अपवाद होइनन् । यो पुँजीवादी व्यवस्थाको स्वाभाविक प्रक्रिया हो ! ‘जसको सिता खान्छ, उसको गीता गाउँछ’ भन्ने नेपाली उखानै छ ।
‘उपचार अभावमा धेरैको मृत्यु’ (नागरिक, १ जेठ २०७८) तर, रोगीहरूमा आशाको झिनो रेखा देखियो, ‘अक्सिजन व्यवस्थापनमा पोखराका अस्पताल अब्बल’, ‘सुनसरीबाट काठमाडौँ र भैरहवा आपूर्ति’, (नागरिक दैनिक, २ जेठ २०७८)
२ जेठ २०७८ कै ‘अन्नपूर्ण पोष्ट’ ले १७ वैशाखदेखि २८ वैशाखको ग्राफ १७ देखि क्रमशः २२५ सम्मको सङ्क्रमितको मृत्यु दर तथा २९ वैशाखदेखि १ जेठको घट्दो मृत्यु दर छाप्यो । शीर्षक थियो ‘मृत्यु दर घटाऔँ ¤’ तर, त्यही अङ्कमा ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ साङ्केतिकरूपमा तान्दै गरेको स्थानीय जनताको तस्बिर छापियो !
भक्तपुरमा पनि भैरवनाथको रथ तान्दा, विवाह भोज र अन्य भोजले सङ्क्रमित र मृत्युदर बढेको बताइयो ।
‘अन्नपूर्ण’ ले फेरि लेख्यो–‘घट्न थाल्यो सङ्क्रमण र मृत्यु’ (३ जेठ २०७८) ‘१ लाख सङ्क्रमित घरमै’ (राजधानी, ३ जेठ २०७८) ।
अक्सिजन सिलिन्डर तथा अन्य उपचार सामग्री र औषधी समयमै पु¥याउने मित्र राष्ट्र चीन र अन्य सहयोगी मित्रहरूलाई धेरै – धेरै धन्यवाद ! ‘सङ्कटमा सहयोग गर्ने नै राम्रो मित्र हो’ नेपाली उखान यही हो !
Leave a Reply