सरकारको उपस्थिति खोइ ?
- श्रावण १, २०८३
काठमाडौँ, ४ जेठ । नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले उपप्रधानमन्त्री एवम् सीसीएमसीका संयोजक ईश्वर पोखरेललाई मोबाइलमार्पmत कोभिड १९ सङ्क्रमितहरूको अस्पतालमा भर्ना र उपचार तदारूकताका साथ नभइरहेको र भक्तपुर अस्पताल र ख्वप अस्पतालका सङ्क्रमितहरूको लागि आवश्यक अक्सिजन, आईसीयू र भेन्टिलेटरको व्यवस्था नहुँदा सङ्क्रमितहरूको मृत्यु भइरहेको तर्पm सरकारको ध्यानाकर्षण गर्नुभयो ।
सांसद सुवालले मन्त्री र शासक दलका सांसदहरू अक्सिजन सिलिन्डर बोकेर चुनाव प्रचारमा लागेको अख्तियारको दुरूपयोग भएको उल्लेख गर्नुभयो । उपप्रम पोखरेलले सांसद सुवालसँग भक्तपुर र ख्वप अस्पताललगायत काठमाडौँ उपत्यकाका अस्पतालहरूलाई आवश्यक अक्सिजन र स्वास्थ्य सामग्री उपलब्ध गराउने उल्लेख गर्दै मन्त्री र सांसदमार्पmत अक्सिजन सिलिन्डर वितरण गलत भएको स्वीकार गर्नुभयो ।
सांसद सुवालले स्वास्थ्य मन्त्रालयको हटलाइन मोबाइल नं ९८५१२५५८३७ र टल फ्री नं. ११३३ मा सम्पर्क गरी त्यहाँ बसेका अधिकारीहरूलाई कोभिड–१९ सङ्क्रमितहरू शय्याको अभावमा अस्पतालमा भर्ना नभइरहेको तर्पm ध्यानाकर्षण गराउनुभयो । सांसद सुवालले काठमाडौँ उपत्यकाका केही अस्पतालहरूमा फोन गरी आइसोलेसन, आईसीयू, भेन्टीलेटरसहितको शय्या रिक्त रहेको तर सङ्क्रमितहरूको भर्ना र उपचार नभइरहेको प्रकाशित समाचारबारे छलफल गर्नुभयो ।
सांसद सुवालले भक्तपुर अस्पतालका चिकित्सक एवम् सुपरिटेन्ड सुमित्रा गौतमलाई फोन गरी सङ्क्रमितहरूको समयमा यथोचित उपचार नहुँदा सङ्क्रमितहरूको मृत्यु भइरहेको तर्पm ध्यानाकर्षण गराउँदै शय्याको अवस्थाबारे जिज्ञासा राख्नुभयो । सुपरिटेन्ड गौतमले आइसोलेसन र भेन्टीलेटर रिक्त भए पनि आईसीयूको अभाव भएको र पर्याप्त अक्सिजन उपलब्ध नहुँदा बाँच्ने अवस्थाका सङ्क्रमितको समेत उपचार हुननसकेको बताउनुभयो ।
सांसद सुवालले नेपाल प्रहरी अस्पतालका चिकित्सक मनोज यादवसँग फोनमा कुराकानी गर्दै शय्याको अवस्थाबारे बुझ्नुभयो । चिकित्सक यादवले समाचारअनुसारको अस्पतालमा शøया उपलब्ध नभएको, आईसीयू ३०, भेन्टीलेटर २० र एचडीयू ५० शययामात्र उपलब्ध भएको स्पष्ट गर्नुभयो । चिकित्सक यादवले अस्पतालमा आएका सबै सङ्क्रमितलाई अक्सिजन दिनु नै पर्ने तर अक्सिजन पर्याप्त उपलब्ध नभएको बताउनुभयो ।
सांसद सुवालले त्रिवि शिक्षण अस्पतालका चिकित्सक दिनेश काफ्लेसँग फोनमा कुराकानी गर्दै सङ्क्रमितहरूलाई ५–७ वटा अस्पतालमा पु¥याईंदा पनि भर्ना नपाएको र अन्ततः घर फिर्ता ल्याइएको घण्टाभित्र मृत्यु भएको आफन्तहरूको गुनासोतर्फ ध्यानाकर्षण गराउनुभयो । चिकित्सक काफ्लेले पनि समाचारअनुसारको शøया अस्पतालमा उपलब्ध नभएको बरू आईसीयू बच्चाको समेत ५४, भेन्टीलेटर बच्चाको दुईसहित ३३ र एचडीयू ३३ रहेको बताउनुभयो । चिकित्सक काफ्लेले कोभिड सङ्क्रमण नभएका गम्भीर बिरामीको पनि अस्पतालमा उपचार भइरहेको स्पष्ट गर्दै पुरानो आकस्मिक कक्षलाई पनि कोभिड सङ्क्रमित उपचार कक्षजस्तै बनाई उपचार भइरहेको तर अक्सिजनको अभाव रहेको बताउनुभयो ।
सांसद सुवालले निजामती कर्मचारी अस्पतालका चिकित्सक सुमनबाबु मरहठासँग उपलब्ध शय्या र सङ्क्रमितको उपचारबारे फोनमा कुराकानी गर्नुभयो । चिकित्सक मरहठाले अस्पतालमा १५ आईसीयू, एचडीयू २१, सर्जिकल २१ र आकस्मिक सेवा २४ शय्या उपलब्ध भएको उल्लेख गर्नुभयो । चिकित्सक मरहठाले पनि सङ्क्रमितलाई पर्याप्त अक्सिजन दिन नसकेको स्वीकार गर्नुभयो ।
सांसद सुवालले सशस्त्र प्रहरी बल अस्पताल, वीरेन्द्र अस्पताल, वीर अस्पताल, शुक्रराज सरूवा रोग अस्पताल, पाटन अस्पतालमा पनि फोन सम्पर्क गरी सङ्क्रमितहरूको उपचारबारे बुभ्mन खोज्दा केही फोन व्यस्त थिए भने केही फोन उठेन ।
अस्पतालमा शøया उपलब्ध नहुने भएकोले सङ्क्रमितहरू गम्भीर लक्षणपछि मात्रै अस्पताल पुग्ने गरेको र यसबाट जोखिम झन् बढेको विज्ञहरूको मत छ । नेपाल सरकारले सङ्क्रमण रोकथाम गर्न ७४ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । यसमध्ये काठमाडौँ उपत्यकालगायत रूपन्देही, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, काभे्र, सुनसरी, पर्सा, बर्दिया, पाल्पा जिल्ला बढी सङ्क्रमित छन् । स्वास्थ्य मन्त्रालयले निषेधाज्ञामा आउजाउ ६० प्रतिशतमात्र कमि भएको बतायो । स्वास्थ्य क्षेत्र पूरै लागिपर्दा पनि सङ्क्रमण जति घट्नुपर्ने हो नघटेको पनि स्वास्थ्य मन्त्रालयको अध्ययन छ ।
जेठ ४ गतेको गोरखापत्रअनुसार प्रदेश १ र २ मा दोस्रो लहरमा दैनिक सङ्क्रमित सङ्ख्या बढेको छ । जेठ ३ गते सर्वोच्च अदालतले सरकार संवेदनशील नहुँदा सङ्क्रमितको ज्यान गुमेको उल्लेख गर्दै उपचारसम्बन्धी योजना पेश गर्न सरकारलाई आदेश दियो । सङ्क्रमण दर आइतबार ३७ प्रतिशत थियो भने सोमबार ४१ प्रतिशत पुगेको तथ्याङ्क पनि छ । काठमाडौँ उपत्यकामा सङ्क्रमण बढेको एउटा प्रमुख कारणमा उद्योग विभागले यहाँका औद्योगिक क्षेत्रहरू मजदुर आउजाउ गराई उद्योग सञ्चालन गर्न लगाउनु पनि हो । उद्योग विभागले भक्तपुर औद्योगिक क्षेत्रका नेपोलगायत प्लास्टिक उद्योगहरू निर्बाध सञ्चालन गर्न दिएको हुँदा यस क्षेत्रमा कोभिड १९ सङ्क्रमण विस्फोट हुने जनतामा त्रास छ ।
Leave a Reply