रास्वपाको राष्ट्र सङ्घमा सम्बोधन अध्ययन – २
- कार्तिक १०, २०८३
केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई जसरी भए पनि सत्ताच्युत गर्न चाहेका देशका केही राजनीतिक दलहरू गृहकार्यमा जुटिरहेका छन् । यस सरकारमार्फत कुनै हालतमा निर्वाचन गर्न नदिइने उद्देश्य राखेर नेका, माओवादी केन्द्र र जसपाका नेताहरू लागिरहेका हुन् । प्रधानमन्त्री केपी ओलीको अल्पमत सरकार असफल पार्न या निर्धारित समयभित्र विश्वासको मत नदिलाउन नेका र माओवादी केन्द्रको चाहना पूरा गर्न पछिल्लो पटक जसपाका नेताहरू लागेको देखिन्छ । जसपाले हालै ओली नेतृत्वको सरकारमा सहभागी नभई आफ्नै दलको नेतृत्वमा सरकार चलाउने निर्णय गरेको छ । त्यस्तै निर्णय यसअघि नेकाले गरेको थियो । माओवादी केन्द्रले पनि पहिले त्यस्तै चासो देखाएको थियो ।
एउटै दलको नेतृत्वमा ५ वर्षसम्म सरकार सञ्चालनको आशा गर्ने ती दलका नेताहरूले आ–आफ्नै पार्टीको नेतृत्वमा सरकार चलाउने आँट गर्न थालेका छन् । अब कुन दिन नेका र जसपाले झैँ माओवादी केन्द्रले पनि आफ्नै दलको नेतृत्वमा सरकार चलाउने निर्णय गर्ने हो ? ठेगान छैन । यसरी हरेक दलले आ–आफ्नो दलको नेतृत्वमा सरकार चलाउने निर्णय गरेर प्रमको लागि होडबाजि गर्नु के ठीक हो ?
संयुक्त सरकार गठन गर्न आफ्नै दलको नेतृत्वमा सरकार चलाउनुपर्ने दलहरूको निर्णयले ती दलका नेताहरूमा नै एक अर्काप्रति विश्वास नरहेको सङ्केत गर्छ । हालको सरकार ढाल्न कसरतमा जुटेका नेताहरूको कुनै एजेन्डा छैन । के एमसीसी सम्झौता पारित गर्न नयाँ सरकार गठन गर्ने ? के नयाँ सरकारले नेपाल–भारतबीच खुला सीमाको नियमन गर्छ ? कालापानीमा रहेको भारतीय सेना हटाएर लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि कायम गर्न के नयाँ सरकारले पहल गर्छ ? भिन्न भिन्न विचारका या एक अर्कासित विचार र सिद्धान्त नै नमिलेका दलहरूको नेतृत्वमा सरकार गठन गरेर देशलाई कसरी दिशा निर्देश गर्छ देश ? कसरी अघि बढ्छ ? के फेरि अर्को दुई वर्ष देशलाई अनिर्णयको बन्दी बनाइराख्ने ?–मेरिना शाक्य
Leave a Reply