भर्खरै :

सबैले खोप कहिले पाउने ?

कोरोना भाइरसको औषधि या खोप बनेपछि सबैले सहजै खोप पाउने छन् र रोग फैलिने छैन भन्ने पहिले लागेको थियो । त्यस रोगविरुद्ध लड्ने क्षमता भएको यो रोगले नछुने औषधि या खोप पनि विभिन्न मुलुकमा बनाइयो । खोप उत्पादन गर्ने देशहरूले आ–आफ्नो देशका नागरिकलाई खोप दिलाए र दिलाउँदै छन् । खोप तयार गर्ने मुलुकले अरू देशलाई पनि खोप प्रदान गर्ने कुरो चल्यो । नेपालले पनि चीन र भारतबाट खोप पायो । पाएको खोप समय निर्धारण गरेर दिलाइयो । भारतको सेरम इन्स्टिच्युटबाट कोभिड–१९ विरुद्धको १० लाख डोज प्राप्त भयो । तर, पूर्व सम्झौताअनुसार थप १० लाख डोज अहिलेसम्म प्राप्त भएको छैन । खोप उत्पादन गर्ने संस्था सेरम इन्स्ट्च्यिुटले खोप बाहिर नपठाउने निर्णय ग¥यो । चीनले पनि ८ लाख डोज प्रदान ग¥यो । थप डोज पाउन सरकारले पहल गरेको देखिँदैन ।
भारतले सम्झौताअनुसार नेपालमा पठाउनुपर्ने खोप किन नपठाएको भन्ने चर्चा अन्तर्राष्ट्रियकरण भएको छ । कमसेकम सम्झौताअनुसार थप १० लाख खोप पठाउन भारतले आनाकानी गर्नुहुँदैनथ्यो । नेपाल सरकार चीनसँग खोप किन्न किन पहल गर्दैन ? नेपालभर जनसमुदाय नै कोरोना सङ्क्रमण फैलिरहेको बेला सित्तैमा फेरि खोप पाउने आशामा सरकार बसिरहनु ठीक होइन । निःशुल्क खोप पाएपछि खोप दिने आशामा पर्खेर बसिरहुञ्जेल यहाँ धेरै सङ्क्रमितहरूको मृत्यु हुनेछ । स्वास्थ्य सङ्कटको बेला निःशुल्क खोप पाउने आशा गरेर मगन्ते प्रवृत्ति देखाइरहनु उचित होइन । बरु, कुनै पनि देशसँग समन्वय गरी तुरुन्तै खोप झिकाउनेतर्फ सरकार अघि बढ्नुपर्छ ।
कुनै मुलुकले विचारेर स्वास्थ्य सेवाका सामग्रीहरू उपलब्ध गराउनु राम्रो हो । चीन र स्पेनलगायतका विदेशी मुलुकले स्वास्थ्य सेवा सामग्री प्रदान गर्नु सकारात्मक छ । तर, नेपाल सरकार सहयोग पाउला र सहयोग पाएपछि सङ्क्रमितलाई उपचार गरौँला भनेर बसिरहनु ठीक होइन । प्रक्रिया नै अघि नबढाइकन अरू देशले कसरी खोप पठाउँछ ? सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, शिक्षक, कर्मचारी तथा केही उमेर समूहका नागरिकलाई खोप सेवा पु¥याइए पनि सो समुदाय सबैले पाएका छैनन् । ६० वर्षदेखि ६४ वर्षका नागरिकले त एक खोप पनि पाएका छैनन् । खोप लिन योग्य नेपालीले खोप पाएका भए उनीहरू ढुक्क हुन्थे । कोरोनाले सहजै पेल्न सक्दैनथ्यो । चीनमा एक दिनमात्र १ करोड ३० लाखभन्दा बढीलाई खोप दिएको समाचार प्रकाशमा आयो । नेपालमा तीन करोडको जनसङ्ख्या छ । तीन करोड नेपालीमध्ये खोप लिन योग्य नेपालीलाई खोप दिन नसकिने होइन । सबैले खोप लिने बन्दोबस्त गर्न सरकार पछि हट्नु हुँदैन । कुनै एक देशकबाट खोप नपाइए अरू देशबाट पनि लिइने बन्दोबस्त गरिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *