भर्खरै :

फ्रन्टलाइन फाइटर – ३, बिरामीको अवस्था देख्दा मनमा भएको डर पनि हराउँछ

(मङ्गलमाया प्रजापति काठमाडौँ मिनभवनस्थित निजामती सेवा अस्पतालको इनडोर नर्सिङको इन्चार्ज हुनुहुन्छ । उहाँले अस्पतालको कोभिड वार्डमा अघिल्लो वर्ष पनि सेवा गर्नुभएको थियो भने यो वर्ष पनि कोभिड वार्डमै सेवारत हुनुहुन्छ । कोभिड–१९ महामारीविरुद्धको लडाइँमा अग्रमोर्चामा लडिरहनुभएका लाखौँ स्वास्थ्यकर्मीहरूजस्तै उहाँ पनि आफ्नो जिम्मेवारीमा दत्तचित्त भएर लागिरहनुभएको छ । अत्यन्त सङ्क्रामक कोभिड–१९ का नयाँ प्रजातिका बिरामीको सुस्वास्थ्य र जीवन रक्षाको निम्ति लडिरहनुभएका मङ्गलमाया प्रजापति फ्रन्टलाइन फाइटरका एक जना प्रतिनिधि हुनुहुन्छ । फ्रन्टलाइन फाइटरको शिलशिला जोड्ने क्रममा मङ्गलमाया प्रजापतिसँग गरिएको फोन वार्ताको सार सङ्क्षेप प्रस्तुत छ–सम्पादक)
कोभिड–१९ को दोस्रो लहरविरुद्ध अग्रमोर्चामा लडिरहनुभएको छ । अहिलेको अवस्था कस्तो छ ?
अहिले फर्केर हेर्दा कोरोनाको पहिलो लहरलाई हामीले सहजरूपमा लिएको जस्तो अनुभव हुन्छ । त्यत्तिबेला हामी बिरामीसँग प्रत्यक्षरूपमा नजिक बसेर काम गर्नुपरेको थिएन । कोभिड सङ्क्रमित बिरामीलाई भित्र कोठामा राखेर हामीले बाहिरबाट सीसी क्यामरामार्फत मात्र नर्सिङ सेवा दिने गरेका थियौँ । त्यहीअनुसारको उपचार गरिएको थियो । त्यत्तिबेला गम्भीर प्रकारका बिरामीहरूको सङ्ख्या निकै कम थियो । त्यसकारण, अघिल्लो वर्ष कोरोनाको लहरमा हामीलाई त्यत्ति गा¥हो भएको थिएन । तर, यसपालिको लहर भने हामी स्वास्थ्यकर्मीहरूको लागि ठुलै चुनौती बन्यो ।
दोस्रो लहरमा सहज किसिमका बिरामीहरू अस्पतालमा आएको देखिएन । आकस्मिक कक्षमा आउने अधिकांश बिरामीहरू श्वासप्रश्वासको गम्भीर समस्या र कठिनाइ लिएर आएको देखियो । त्यस्ता बिरामीहरूलाई अक्सिजन त अपरिहार्य हुन्छ नै । साथै सघन उपचार चाहिने बिरामीहरू ज्वरोलगायत धेरै लक्षणसहित आउने गरेको देखियो ।
सघन उपचारको खाँचो पर्ने त्यस्ता बिरामीलाई सीसी क्यामरामार्फत मात्र नर्सिङ सेवा दिन सम्भव हुन्थेन । यसपालि अरू रोगका बिरामीलाई जसरी नर्सिङ सेवा दिने गर्छौं, त्यसरी नै कोभिडका बिरामीको पनि हामी समीपमै गएर सेवा गर्नुपर्ने अवस्था आयो । त्यसको लागि हामीले सही तरिकाले पीपीईलगायत सावधानीका सबै उपायको कडाइपूर्वक पालना गर्नुप¥यो । त्यहीअनुसार ती स्वास्थ्य सामग्रीको बन्दोबस्त गर्नुप¥यो । बिरामीको सङ्ख्या बढेसँगै स्टाफहरूको सङ्ख्या पनि त्यही अनुपातमा बढाउनुप¥यो । चिकित्सकहरूको पनि सङ्ख्या अथवा ड्युटीको समय बढाउनुप¥यो । त्यस अर्थमा अहिलेको समय स्वास्थ्य क्षेत्रका सबै मानिसको निम्ति चुनौती नै बनेको छ ।

अस्पतालमा प्रजापति


पहिलेको तुलनामा बिरामीहरूलाई निकै गा¥हो हुने गरेको छ । सामान्य अवस्थामा दस प्रतिशत बिरामीलाई मात्र अक्सिजनको खाँचो हुन्थ्यो भने अहिले अस्पताल भर्ना भएका कुल बिरामीमध्ये ९० प्रतिशत बिरामीलाई अक्सिजनको खाँचो परिरहेको छ । अक्सिजनको खाँचो पर्ने बिरामीमध्ये ५० प्रतिशत बिरामीलाई उच्च चापको अक्सिजन (हाइफ्लो अक्सिजन) को खाँचो परिरहेको छ ।
अहिलेसम्म निजामती अस्पतालमा हामीले पीपीई र मास्कजस्ता स्वास्थ्य सामग्रीको अभाव अनुभव गर्नुपरेको छैन । अस्पताल व्यवस्थापनले ती सबै स्वास्थ्य सामग्रीको बन्दोबस्त गरिरहेको छ । विडम्बना ! अहिले देशभरकै समस्या बनेको अक्सिजनको अभाव हो । हामीले पनि त्यो समस्या सामना गर्नुपरिरहेको छ । सामान्य अवस्थामा जम्मा दस प्रतिशत बिरामीलाई चाहिने अक्सिजन अहिले सबैजसो बिरामीलाई नभई नहुने अवस्था छ । निजामती अस्पतालमा चौध वटा सघन उपचार शय्याआईसीयू) छन् । ती सबै शøयामा कोभिडका बिरामी छन् । त्यहाँका सबै बिरामीलाई उच्च चापको अक्सिजन नभई हुँदैन । त्यसबाहेक हामीसँग पचास वटा उच्च स्याहार शøया (एचसीयू) छन् । त्यहाँ पनि अक्सिजनको सख्त खाँचो हुने श्वासप्रश्वासमा समस्या भएका बिरामी राख्ने गरेका छौँ । त्यहाँ लगातार स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने बिरामीहरूलाई राखिएको छ । उनीहरूलाई अक्सिजन अपरिहार्य हुन्छ । यी सबै कारणले सामान्य अवस्थाको तुलनामा अहिले अक्सिजनको खाँचो तड्कारो छ । अक्सिजनको अभावकै कारण हामीले जति कोभिडका बिरामीको उपचार गर्छौं सक्छौँ, त्यत्ति सङ्ख्यामा बिरामीलाई अस्पतालमा भर्ना नै गर्न सकेका छैनौँ ।
इनडोर बेड हिजो अस्तिसम्म त भरिभराउ थियो । अहिले एक–दुई वटा खाली भए पनि अक्सिजनको अभावकै कारण निर्धक्क बिरामी भर्ना गर्न सकिरहेका छैनौँ । अस्पतालको अक्सिजन प्लान्ट सानो छ । दैनिक ३०–४० सिलिन्डरमात्र अक्सिजन उत्पादन हुने गरेको छ । त्यत्तिले हामीलाई पुगिरहेको छैन । अस्पतालमा अहिले झन्डै एक सय जना कोभिडका बिरामी छन् । उनीहरूको लागि चौबीस घण्टामा हामीलाई एक सय पचासदेखि दुई सय सिलिन्डर जति अक्सिजनको आवश्यकता पर्छ । हामीले हिजोआज सबभन्दा बढी सामना गरिरहेको अक्सिजनकै समस्या हो । सरकारले अस्पताललाई सक्दो सहयोग गरिरहेको छ । तर, पहिलेजस्तै निर्धक्क अक्सिजनको प्रयोग गर्न हामीलाई गा¥है छ ।
हाम्रो अस्पतालको सन्दर्भमा कोभिडको कारण मर्नेहरूमध्ये ३० देखि ६० वर्ष उमेर समूहको सङ्ख्या बढी छ । त्यो उमेरका बिरामीहरू अस्पतालमा आउँदा नै निमोनियाबाट पूर्णतः ग्रसित भइसकेका पाउँछौँ । उनीहरूको अक्सिजन लेभल (स्याचुरेसन लेभल) पनि निकै कम भइसकेको हुन्छ । त्यस्ता बिरामीलाई तत्कालै सम्भव उपचार गर्नुपर्ने हुन्छ । भेन्टिलेटर खाली नभएको अवस्थामा उनीहरूलाई हामीले बाइ प्याक अक्सिजन मेसिन लगाइदिने गरेका छौँ । ८० प्रतिशतभन्दा बढी बिरामीहरू बाइ प्याक मेसिन नै राम्रो भएको देखिन्छ । कमैमात्र बिरामीलाई भेन्टिलेटरको खाँचो हुने गरेको छ ।
कोभिडको कारण जीवन गुमाउने बिरामीमध्ये अधिकांश अस्पताल आउँदा नै गम्भीर अवस्थामा पुगिसकेको पाएका छौँ । निमोनिया धेरै फैलिसकेको अवस्थामा एन्टीबायोटिक र एन्टीभाइरल औषधिले पनि छुने गर्दैन । त्यस्ता बिरामीले जीवन गुमाउनु परिरहेको छ ।
तर, सकारात्मक पाटो के हो भने हाम्रो अस्पतालमा भर्ना भएका कोभिड बिरामीमध्ये अधिकांश बिरामी निको भएर घर फर्किरहेका छन् । हाम्रो अस्पतालमा तुलनात्मकरूपमा मृत्युदर कम छ । निमोनिया लागेर पनि समयमै उपचार गर्दा निको भएर घर फर्किने धेरै छन् । यो हाम्रो लागि खुसीको कुरा हो ।
अस्पतालमा कोभिडका बिरामीको सङ्ख्या कहिलेदेखि बढ्यो ? शय्या अभाव हुने समस्या कहिलेदेखि भयो ?
हाम्रो अस्पतालमा शय्याको अभाव हुन थालेको तीन साता भयो । हामीलाई बितेका तीन साता काम गर्न ज्यादै कठिन भयो ।
जोखिम क्षेत्रमा काम गर्दा कस्तो अनुभव हुन्छ ?
हामी स्वास्थ्यकर्मीहरूमध्ये पनि कति जना त सङ्क्रमित भइसकेका छौँ । सङ्क्रमित स्वास्थ्यकर्मीहरू पनि दश दिन आइसोलेसनमा बस्नुहुन्छ । दस दिनपछि लक्षण हेरी थप साता दिन आइसोलेसनमा बस्नुहुन्छ । त्यसपछि उहाँहरू पनि आफ्नो नियमित काममा फर्किनुहुन्छ । रोगसँग डराएर पनि कति डराएर बस्नु । हामी स्वास्थ्यकर्मी हौँ । डरै माने पनि काम त गर्नु नै पर्छ । बिरामीको अवस्था देखिसकेपछि हामीले आफूसँग भएको डर पनि बिर्सिसकेका हुन्छौं । हामी पीपीई, एन ९५ मास्क लगाएर बिरामीलाई दिनुपर्ने सबै सेवा दिन पछि पर्दैनौँ ।
एक वर्षअघि पहिलो लहरको कोभिड महामारीमा हामीलाई निकै डर लाग्थ्यो । बिरामीलाई छुन पनि हामी डराउँथ्यौँ । अहिले फैलिएको नयाँ प्रजातिको भाइरस अझ बढी सङ्क्रामक भए पनि हामीले डर मानेका छैनौँ । हाम्रो अस्पतालमा चिकित्सक र नर्सहरूले अन्य रोगका बिरामीलाई जस्तै कोभिडका बिरामीलाई स्याहार गरिरहनुभएको छ । कोभिड वार्डमा काम गर्दिनँ÷सक्दिनँ भन्ने कोही छैन । कन्सल्ट्यान्ट डाक्टरदेखि सबैले उस्तै भावनाका साथ काम गरिरहनुभएको छ । व्यक्तिगत काम देखाएर कोभिड वार्डमा काम गर्दिनँ भन्ने स्वास्थ्यकर्मीहरू छैनन् । यो हामी सबैको लागि खुसीको कुरा हो ।
त्यहीअनुसार सरकारले दिने सुविधाबाहेक स्वास्थ्यकर्मीहरूलाई आवश्यक खानपिनको व्यवस्था अस्पतालबाट नै भइरहेको छ । एक दिन बिराएर बा¥ह घण्टाको ड्युटी हुने गरेको छ । कदाचित सङ्क्रमित भए सबै उपचार निःशुल्क हुने गरेको छ ।
परिवारलाई सङ्क्रमण हुनसक्ने भयले घर नजाने स्टाफहरूलाई हामीले आवासको पनि व्यवस्था गरेका छौँ । आवासको सुविधा प्रयोग गर्न चाहनेले होस्टेलमै बस्न सक्छन् । अन्य कर्मचारीलाई हामीले घर फर्किन यातायातको व्यवस्था गरेका छौं ।
बिरामीहरूलाई मानसिकरूपमा हौसला दिन केही गर्नुहुन्छ कि ?
अहिले सबै शय्याहरू गम्भीर बिरामीहरूले भरिएका छन् । सघन उपचार कक्षमा त अझ गम्भीर बिरामी छन् । आइसीयूमा प्रत्येक तीन वटा शय्या बराबर एक जना नर्स र भेन्टिलेटरमा रहेको प्रत्येक बिरामीको लागि एक जना नर्सको जिम्मेवारी तोकिएको हुन्छ । त्यसअतिरिक्त अन्य बिरामीहरूको सन्दर्भमा हामीले बिरामीसँग एक–एक जना कुरुवा बस्न पाउने व्यवस्था गरेका छौँ । कुरुवाहरू आफै पनि सावधानीका उपाय अपनाएर बस्न खोज्नुहुन्छ । यस्तो बेला कुरुवाको उपस्थितिले बिरामीको मनोबल पनि उच्च हुन्छ । कुरुवा नहुँदा बिरामीलाई त्यसै पनि रोगको चिन्ता हुन्छ भने अर्कोतिर कुरुवा भए खानपिन र स्याहारमा पनि ध्यान पुग्ने हुन्छ । तर, बिरामीको तनाव कम गर्ने खालका गतिविधि भने अहिले हामीले गर्न भ्याएका छैनौँ । एकछिन अक्सिजन टुट्यो भने अक्सिजन लेभल निकै घट्ने भएकोले हामीले हरेक बिरामीको ज्यादै सावधानीका साथ निगरानी राख्नुपर्ने हुन्छ । त्यसकारण हाम्रो व्यस्तताको कारण त्यस्ता गतिविधि गर्न सकेका छैनौँ ।
कतिपय अवस्थामा त बिरामीहरू आपसलाई हेरेर पनि चित्तबुझाउने गर्छन् ।
कोभिड वार्डमा काम गर्दाको मनस्थितिबारे केही भन्नुहुन्छ कि ?
कोभिडका बिरामी होस् वा अन्य रोगका बिरामी होस्, कोही पनि बिरामीको निधन हुँदा दुःख लाग्नु स्वाभाविक हो । तर, विशेषतः ३० देखि ६० वर्ष उमेर समूहका कोभिडका बिरामीको निधन हुँदा ज्यादै नरमाइलो अनुभव हुने गरेको छ । ड्युटी सकेर घर फर्किदा पनि मानसिकरूपमा तनाव भएको अनुभव हुन्छ । कम उमेरका बिरामीलाई समेत बचाउन नसक्दा दुःख लाग्छ । कोभिडका बिरामीसँग नजिकमा काम गर्ने भएकोले घर जाँदा परिवारलाई सर्छ कि भन्ने पीर लागिरहन्छ । अहिलेसम्म मैले सात पटक पीसीआर परिक्षण गराएँ । निगेटिभ नै आएको छ । तर, मानसिक दबाब भने हुने गर्छ । कोभिड कहिले सकिएला जस्तो अनुभव हुन्छ ।
घरमा कस्तो सावधानीका उपाय अपनाउनुभएको छ ?
अस्पतालमा लगाएको लुगा अलगै हुन्छ । अस्पतालबाट फर्किंदा अर्कै लुगा लगाउने गरेका छौँ । घरमा पनि हामी सकेसम्म अलगै बस्ने गरेका छौँ । बच्चाहरूलाई अलगै कोठामा सुताउने गरेका छौँ । परिवारका अन्य सदस्यहरूबाट पनि सकेसम्म टाढै बस्ने गरेका छौँ ।
अक्सिजनको अवस्था अहिले कस्तो छ ?
तीन साताजति अक्सिजनको निकै अभाव अनुभव भयो । अक्सिजनको चाप कम हुने, बिरामीको स्याचुरेसन कम हुने, बिरामी र कुरुवा आत्तिने अवस्था थियो । अहिले को अवस्थामा केही सुधार भएको छ । सरकारले पनि तदारुकता देखाएको देखिन्छ । अस्पतालका सबै उच्चपदस्थ पदाधिकारीहरू पनि अक्सिजनको व्यवस्था गर्न लागिरहनुभएको छ । आफै दौडादौड गरिरहनुभएको छ ।
आम सर्वसाधारणलाई तपाईंको सन्देश के छ ?
हाम्रो सन्देश पनि सरकारले अहिले दिंदै आएको सन्देश नै हो । भीडभाड नगरौँ । घरमै बसौँ । सावधानीका उपायको पालना गरौँ ।
कोभिडका बिरामीलाई छिः छिः दुरदुर नगरौँ । अहिले कोभिड सङ्क्रमित नभएको कुनै घरै छैन जस्तो देखिन्छ । त्यस्तो अवस्थामा कसैलाई हेलाहोचो नगरौँ । यो पनि एउटा सरुवा रोग हो । यसको खोप आइसके पनि औषधि अझै आएको छैन । भाइरसले पनि नयाँ नयाँ रूप परिवर्तन गरिरहेको छ । त्यसकारण औषधि पत्ता लगाउन पनि गाह«ो भइरहेको छ । भएका औषधिले पनि काम गरिरहेको छैन । रेमडेसिभिर औषधिको पनि धेरै साइडइफेक्ट धेरै हुन्छन् । त्यसकारण अन्तिम विकल्पको रूपमा मात्र हामी यो औषधि प्रयोग गरिरहेका छौँ ।
भाइरस बिहान–बेलुका नसर्ने भन्ने होइन । त्यसकारण, बिहान वा साँझ किनमेलको नाममा भीडभाड नगरौँ । सावधानीका उपायको पालना गरे हामी यो भाइरसबाट जोगिन सक्छौँ ।
प्रस्तुति : सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *