रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
काठमाडौँ, १० जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशको नागरिकता सिनेमाको टिकटभन्दा सस्तो बनाउने कदमको नेमकिपाले विगतमा पनि सङ्घर्ष गर्दै आएको र त्यो सङ्घर्ष जारी रहने बताउनुभएको छ ।
सोमबार ‘श्रमिक साप्ताहिक’लाई समसामयिक राजनीतिक अवस्थाबारे दिनुभएको अन्तर्वार्तामा उहाँले भारतीय एकाधिकार पुँजी एक एक पाइला गरेर नेपालमा नेपालीभन्दा विदेशी नागरिक बढाउने उद्देश्य पूरा गर्ने बाटोमा रहेको बताउनुभयो । उहाँले नेका नेता शेरबहादुर देउवा, एमाले नेता माधव नेपाल र माओवादी नेता प्रचण्डलगायत प्रधानमन्त्री बनेका नेताहरू पनि भारतीय एकाधिकार पुँजीले बनाएको त्यही बाटोमै रहेको प्रस्ट पार्नुभयो ।
“ठगहरूले केटाकेटीलाई चक्लेट दिएर खुट्टाको कली र कानको गहना लगेजस्तै भारतीय एकाधिकार पुँजीले नेपाली पुँजीवादी दलहरूलाई सत्तामा ल्याउँदै हस्ताक्षर गराउँदै दल र नेताहरूलाई पत्रु बनाउँदै छ”, बिजुक्छेँले भन्नुभयो ।
उहाँले भन्नुभयो,“कहिलेदेखि थाती रहेको नागरिकता अध्यादेश अहिले आयो, अब अन्य पनि पक्ष र विपक्षलाई पालैपालो सत्तामा ल्याएर भारतीय एकाधिकार पुँजीले आफ्नो पोल्टामा पार्ने निश्चित छ । त्यसकारण एमालेलाई नेमकिपाले भन्दै आएको ‘भाइ काङ्ग्रेस’ प्रस्ट हुँदै छ । नेका, एमाले र माओवादी केन्द्र नाम र रङ फरक भए पनि वर्गीयरूपमा पुँजीवादी राजनीतिक दल नै हुन् ।”
हरेक निर्वाचनमा नेमकिपाले पुँजीवादी व्यवस्थालाई उदाङ्ग्याउने नीति लिँदै आएको उल्लेख गर्दै उहाँले अहिले पनि निर्वाचन भयो भने त्यही नीति लिने र नेमकिपाका कार्यकर्ताहरूले आफ्नो बल र बुद्धिले भ्याएसम्म पुँजीवादी निर्वाचनलाई उदाङ्ग्याउँदै जाने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले बलियो शक्तिले कमजोर र देशको हरेक राजनैतिक सङ्कटबाट फाइदा उठाउने गरेको चर्चा गर्दै विदेशी दबाब बढेको खण्डमा सबै राजनैतिक दलहरू भारतीय एकाधिकार पुँजीसँग सङ्घर्ष गर्नु आवश्यक भएको बताउनुभयो ।
अमेरिकी सहस्राब्दी चुनौती परियोजना (एमसीसी) बारे सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “एमसीसीमा हस्ताक्षर गर्ने पहिलो दल नेपाली काङ्ग्रेस नै हो । प्रचण्ड र माधवका भीम रावलहरू विरोधमा थिए, हेरौँ परिणाम के होला !”
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सरकार र प्रमुख प्रतिपक्ष दलहरू नेका, एमाओवादी दल र एमालेबाट छुटेका (माधव–झलनाथ खनाल) गुटले पनि कोरोनाको विरोधमा आ–आफ्नो ठाउँबाट सेवा गरेमा देश र जनताको ठूलो सेवा हुनेछ र आ–आफ्नो कर्तव्य पूरा हुनेछ । दुःखी जनताको सेवा कहिल्यै खेर जानेछैन ।”
Leave a Reply