भर्खरै :

राष्ट्रियसभाको निर्वाचनसँगै उदाङ्गिएका शासक दल

देशमा कोभिड – १९ को दोस्रो लहरको महामारी तीव्ररूपमा पैmलिँदो छ । देशमा निषेधाज्ञा जारी छ । यही भयावह स्थितिबीच राष्ट्रियसभामा बागमती प्रदेशसभाबाट खाली भएको सदस्य पदका लागि जेठ ६ गते हेटौँडामा निर्वाचन सम्पन्न भयो । राष्ट्रियसभाका बहालवाला सदस्य रामबहादुर थापा ‘बादल’ लाई ‘एमाओवादी’ पार्टीले ‘एमाले’ पसेको भनी उनलाई संसद् सदस्यबाट बर्खास्त गरेपछि सो स्थान रिक्त भएको थियो । निर्वाचनमा नेमकिपा, एमाले र स्वतन्त्र गरी तीन जना उम्मेदवार खडा थिए । नेमकिपाबाट कृष्णबहादुर तामाङ, एमालेबाट रामबहादुर थापा र स्वतन्त्र डा. खिमलाल देवकोटाले उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवारलाई एमाओवादी, काङ्ग्रेस र एमालेको माधव गुटले समर्थन जनाए । विवेकशील साझा पार्टीले निर्वाचन बहिष्कार ग¥यो भने राप्रपाले एमालेका उम्मेदवारलाई मत दियो । तसर्थ, मतपत्रमा एमालेको सूर्य चिन्ह, नेमकिपाको मादल र स्वतन्त्रको कलम चिन्ह गरी जम्मा तीन वटा चिन्ह थिए ।
दलगतरूपमा भन्ने हो भने मतपत्रमा मादल र सूर्य मात्र थिए । मतपत्रमा प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसको रुख र एमाओवादीको गोलाकारभित्रको हँसिया–हथौडा नभएकोमा सम्बन्धित दलका नेताहरू स्वयम्ले नै गुनासो गरे । कोही गोहीको आँसु चुहाउँदै थिए भने कोही दुःख पोख्दै थिए । मतदान स्थलमा त्यस विषयमा टिकाटिप्पणी तथा बहस चल्यो । नेकाको एकजना पाको उमेरका नेताले भने – “हाम्रो समाजलाई हामी नैतिकहीन, विचारशून्य तथा आदर्शबाट विचलित बनाउँदै छौँ । मूल्य–मान्यता नचाहिने समाज निर्माण गर्दै छौँ । हामीले कस्तो गणतन्त्र खोजेका थियौँ तर आज कस्तो अभ्यास गर्न थाल्यौँ ?” उनले अगाडि भने – “हामी त ‘बनाना रिपब्लिक’ तिर पो पुग्यौँ !” अर्को एकजना काङ्ग्रेसी नेता भन्दै थिए – “यो उमेरसम्म मैले ‘रुख’ मा बाहेक भोट हालेकै छैन तर आज अर्कै चिन्हमा हाल्नुप¥यो ¤ मतपत्रमा आफ्नो चिन्ह नदेख्दा अर्कै किसिमको अनुभव हुँदो रहेछ ¤ ‘लार्ज पार्टी’ मात्र भनेर के गर्नु ? बुद्धि ‘लार्ज’ भएन ! नेताहरूले कहाँसम्म पु¥याउने हुन् ¤” उनले तर्कसहित अगाडि भने – “बरु नेमकिपाले हार्ने निश्चित हुँदाहुँदै उम्मेदवारी दियो । कमसेकम मतपत्रमा आफ्नो चिन्ह कायम राख्यो । राजनीतिमा त्यसको ठूलो अर्थ रहन्छ । प्रजातान्त्रिक अभ्यास भनेको त्यही हो । नेमकिपा जहाँ जति छ त्यहाँ बलियो र दृढ छ । राजनीतिक दलमा हुनुपर्ने एउटा गुण यही नै हो !” त्यसमै एकजना ‘वामपन्थी’ कार्यकर्ताले थपे – “उहाँहरूको (नेमकिपाको) ‘कल्चर’ सबै दलले थोरैथोरै अनुसरण गर्ने हो भने हाम्रो प्रजातन्त्रमा फल लाग्ने थियो । हामीले छल गर्नमै बढ्ता समय खेर फाल्यौँ । नेमकिपाको स्पष्टता, दृढता तथा इमानदारी लोभलाग्दो छ ।” एकजना गम्भीर खालको नेताले भने – “एकजना मात्र क्रान्तिकारी बाँकी रहेसम्म क्रान्तिको झन्डा फहरिरहन्छ । नेमकिपा पुँजीपति वर्गलाई सजिलै जित्न दिँदैन । उदाङ्गो पार्छ । सङ्घर्ष गर्छ । अन्तिम गोली भएसम्म प्रहार गर्न नछोड्ने योद्धा जस्तो लाग्छ नेमकिपा !”
नेकपा (एमाले) को आधिकारिक उम्मेदवार रामबहादुर थापा (बादल) लाई जिताउन सङ्घीय मन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू सम्पूर्ण मतदानस्थलमा अत्यन्त सक्रिय देखिन्थे । न्वारानदेखिकै बल प्रयोग भइरहेको देखिन्थ्यो ! काङ्ग्रेस, एमाओवादी र माधव गुटका नेताहरूको पनि मनोबल बढेको प्रस्ट देखिन्थ्यो । यद्यपि, दुवै पक्ष विजयबारे ढुक्क
देखिँदैनथे । एमालेका नेताहरू शङ्काले जलिरहेको आभास हुन्थ्यो । माधव गुटले ‘बादल’ लाई मत दिएको, नदिएको या कतिले दिए भन्ने सवालले मतदानस्थलमा निरन्तर चर्चा पाइरह्यो । सबैको चासो त्यतैतिर थियो । यसैबीच असन्तुष्ट एमालेका एक सांसदले भने – “ह्वीप जारी भयो भनी बाटोमा आउँदाआउँदै सुनेको थिएँ । तर, यो त गोप्य मतदान हो !” उनको सङ्केत स्पष्ट थियो । कतिपय काङ्ग्रेसीहरूले अफसोस मान्दै र ‘छातीमाथि ढुङ्गा’ राख्दै ‘स्वतन्त्र’ चिन्हमा मतदान गरेको पनि चर्चा चल्यो ।
नेमकिपाले कसलाई मत दियो भन्ने चासो र चर्चा मतदानको अन्तिम क्षणसम्म चलिरह्यो । ‘ओलीसँग नजिक’ रहेको भन्दै उसैको उम्मेदवारलाई मत दिएको हल्ला प्रायोजित ढङ्गमा चलाइएको पाइयो । एक काङ्ग्रेसी कार्यकर्ता भन्दै थिए – “मलाई पनि सुरुमा त्यस्तै लागेको थियो । तर, मेरो त्यो भ्रममात्र रहेछ ! यो निर्वाचनमा छुट्टै उम्मेदवारी दिएर नेमकिपाले भ्रम चि¥यो । काङ्ग्रेसले बरु ‘प्रतिपक्ष’, ‘प्रजातन्त्रवादी’ को आफ्नो इज्जत समेत जोगाउन सकेन !” एमाओवादीका पूर्वमन्त्री (बागमती प्रदेश) ले भने – “नेमकिपाबारे यहाँ जे भनियो या प्रचार गरियो त्यसमा मलाई सुरुदेखि विश्वास नै लागेको थिएन । नेमकिपाले उम्मेदवारी दिइसकेको र फिर्ता नलिएको सन्दर्भमा मत अन्यत्र जाने सम्भावना कमसेकम मैले देखिनँ ।” “नेमकिपाको राजनीतिक संस्कृति बुझेको कोही कसैले पनि त्यस्तो हल्ला गर्दैन र त्यस्तो हल्लाको पछाडि दौडिँदैन ।” नेमकिपाका कार्यकर्ताले स्पष्ट पारे । एमालेको खरो आलोचना गर्दै उनले भने – “देशभरि कोरोनाको यस्तो महामारी छ । यतिखेर त रोगविरुद्ध लड्न जनएकता तयार गर्न सम्भव भएजति कोसिस हुनुपथ्र्यो । तर, कोभिड नियन्त्रण तथा स्वास्थ्य क्षेत्रमा समेत पक्षपात गर्ने पुरानो रोग अभैm हटेन । अझ त जातीय दमनकै सिलसिला जारी राख्नु के विनाशमा विपरीत बुद्धि होइन ? भाँड्ने बुद्धि र तत्वले कहिल्यै कसैको हित गर्दैन ।” मत मागिरहेका मुख्यमन्त्री, मन्त्रीहरूलाई नेमकिपाका कार्यकर्ताहरू भन्दै थिए – “नेमकिपाको पक्षमा त्यसै त कम मात्र मत छ । खाली त गर्नुभएन नि ? होइन र !”
साँझपख परिणाम सार्वजनिक भयो । ‘स्वतन्त्र’ उम्मेदवार डा. खिमलाल देवकोटाले भारी मत अन्तरले जित हासिल गरे । कमसेकम चौध जना प्रदेश सांसदले र २५–३० जना स्थानीय तहका जनप्रतिनिधिले एमालेका उम्मेदवारलाई नदिई ‘स्वतन्त्र’ लाई मत दिएको प्रस्ट देखियो ।
राष्ट्रियसभाको निर्वाचन र त्यसको परिणामले केही प्रश्न तेस्र्याएको छ । के प्रमुख दल दाबी गर्ने दलहरू स्वयम् ‘निर्दल’ या ‘स्वतन्त्र’ उम्मेदवारको पछि लाग्नु राजनीतिक विचारसम्मत छ ? एउटा दलबाट निर्वाचित सांसदले पदमा बहाल भइरहेकै अवस्थामा दलीय अनुशासन उल्लङ्घन गर्ने छुट दिन के सम्भव छ ? ‘पुरानो प्रजातान्त्रिक’ पार्टी दाबी गर्ने पार्टीले अराजकतालाई बढावा दिनु र प्रजातान्त्रिक मूल्य–मान्यता उल्लङ्घन गर्न उक्साउनु के आधारमा उचित हुन सक्छ ? प्रजातान्त्रिक मूल्य–मान्यता भत्काई राजनीतिको कस्तो जग बसाल्न खोजिएको हो ? के हामी प्रजातन्त्रमा निर्दलीयताको अभ्यास गर्न खोज्दै छौँ ? यी प्रश्नको जवाफ एमाले र अन्य विपक्षी शासक दलहरूले दिनैपर्छ । केही राजनीतिक विश्लेषकहरू भन्दै छन् – “शासन सत्ताको दुरुपयोग गर्दै हिजो अरूको दल तोडफोड गर्दै हिँड्ने पुँजीवादी दलहरू आज स्वयम् अराजकता र अन्तरध्वंसको शिकार बन्दै छन् । यी शासक दलबाट प्रजातन्त्र बलियो हुने आशा गर्नु अब व्यर्थ नै भइसकेको छ ।”
राष्ट्रियसभाको निर्वाचनसँगै शासक दल र तिनका नेताको चरित्र पुनः एकपटक उदाङ्गो भयो । देशमा ठूलो सङ्कट ब्याप्त भइरहँदा भएको चुनावमा समेत शासक नेताहरूमा संवेदनशीलता, गम्भीरता तथा जिम्मेवारीबोध नदेखिनु शुभ–सङ्केत जरुर होइन । शासकहरूको अनैतिकता, अपरिपक्वता, गम्भीरताको अभाव र अदूरदर्शीताका कारण अभैm ठूला–ठूला क्षति पुग्ने लक्षण देखापर्दै छ । देशलाई भयानक दुर्घटनाबाट जोगाउने हो भने सचेत जनता तथा संवेदनशील समुदायले बेलैमा सोचौँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *