अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
पछिल्लो साता काठमाडौँ उपत्यका र उपत्यकाबाहिर पनि कोभिड–१९ को सङ्क्रमण दर क्रमशः ओरालो लाग्दै छ । दोस्रो लहरले सबभन्दा सुरूमा चर्को प्रहार गरेको बाँके जिल्लाका अस्पतालहरूमा कोभिड शय्याहरू क्रमशः खाली हुँदै छन् । वैशाख मसान्त र जेठको पहिलो साता सङ्क्रमण दर उत्कर्षमा पुग्दा बाँकेका सबै अस्पतालहरूलाई बिरामीको चाप ठेग्न हम्मेहम्मे परेको थियो । अक्सिजनको मनग्य आपूर्ति नहुँदा धेरै मानिसले ज्यान गुमाउनुपरेको थियो । तर, अक्सिजन प्लान्टको स्थापना, भारतबाट तरल अक्सिजनको सहज आयात, महिना दिनदेखिको निषेधाज्ञा, जनस्तरको सक्रियता र सजगताको कारण बाँके र वरपरका जिल्लामा जीवन क्रमशः सहज बन्दै गएको देखिन्छ । महामारीले घातक प्रहार गरेको अर्को रूपन्देही जिल्लामा पनि अस्पतालहरूमा बिरामीको चाप क्रमशः घट्दै गएको बताइएको छ । अक्सिजन अभावकै कारण एकै दिन धेरै कोभिडका बिरामीको ज्यान गएको रूपन्देहीमा पछिल्लो समय केही सहज बन्दै गएको देखिन्छ ।
काठमाडौँ उपत्यकामा पनि साता दिनअघिको तुलनामा सङ्क्रमण र मृत्यु दर क्रमशः घटिरहेको तथ्याङ्कले देखाएको छ । टेकु र त्रिवि शिक्षण अस्पताललगायत सरकारी अस्पतालहरूमा शय्या अभावको कारण अस्पताल परिसरमै बिरामीको उपचार गर्नुपर्ने अवस्थामा क्रमशः परिवर्तन देखिँदै छ । अस्पतालहरूमा शय्याको चरम अभाव क्रमशः हल भइरहेको छ । अक्सिजन अभावको कारण देशैभरि कोभिडका गम्भीर बिरामीले दुई साता ज्यादै नराम्रो समय भोग्नुप¥यो । तर, अहिले अक्सिजनको समस्या क्रमशः सहज बन्दै गएको देखिन्छ । कोभिड सङ्क्रमितको तुलनामा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्यामा झिनो वृद्धि भएको छ । यो सकारात्मक सङ्केत हो ।
कोभिडको महामारीबीच सरकारले भेरोसेल खोपको पहिलो मात्रा लिइसकेका सर्वसाधारणलाई दोस्रो मात्रा पनि दियो । विज्ञानले खोप नै कोभिड–१९ को सङ्क्रमणबाट जोगिने सबभन्दा पछिल्लो उपाय भएको भनेको छ । कोभिडको जोखिमलाई कम गर्न तत्काल हामीसँग खोप लिनुको विकल्प छैन । सरकारले यसबीच धेरै देशसँग खोप खरिदको लागि प्रयास ग¥यो । छिमेकी देश भारत आफै पनि महामारीको चपेटामा परेको अवस्थामा तत्काल उसबाट खोपको अपेक्षा गर्नु मित्रवत भावना होइन । छिमेकी देश चीनले बुधबार नेपालाई थप दस लाख खोप अनुदान सहयोग दिने घोषणा गरेको छ । चीनले यसअघि पनि आठ लाख मात्रा खोप दिइसकेको छ । चीनको यो सहायताले नेपाली जनतालाई घातक भाइरसबाट जोगाउन मद्दत गर्नेछ । अन्य विभिन्न मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संस्थाहरूले प्रदान गरेका स्वास्थ्य सामग्रीहरूले पनि महामारीको चपेटाबाट निस्कन नेपाललाई मद्दत गर्नेछ । विडम्बना ¤ नेपालका शासकहरू भने छिमेकी र मित्रले दिएको सामग्रीमा समेत स्वार्थी नजर लगाउँछन् र जनहितको लागि प्रयोग गर्नुपर्ने सामग्री चिसो गोदाममा लुकाउने अपराध गर्छन् ।
वैशाखको दोस्रो साताबाट देशका अधिकांश जिल्लामा लगाइएको निषेधाज्ञाको परिणामस्वरूप अहिले सङ्क्रमण दर घटेको देखिन्छ । सङ्क्रमण केही घटेको देखिए पनि चुनौती र जोखिमका दिन भने अझै सकिएको छैन । थोरैमात्र हेलचक्र्याइँ भए महामारीले अझ उग्रता लिने सम्भावनालाई कदापि नकार्न सकिन्न । अघिल्लो महामारीको तुलनामा दोस्रो लहरले नेपालका ग्रामीण भेगसम्म प्रभावित बनाइरहेको छ । त्यसकारण ओरालो लागेको रेखा र कम भएको अङ्ककै आधारमा चित्त बुझाउन सकिने अवस्था छैन । अझै पनि सावधानीका सबै उपायको कडाइपूर्वक पालनामा कति पनि खेलाँची गर्न हुन्न ।
वैज्ञानिकहरूले तेस्रो लहरको सम्भावनातर्फ पनि औँल्याइरहेका छन् । त्यसकारण, दोस्रो लहरको प्रभाव केही कम भइहाले पनि अझै पनि सावधानीको पर्खाल अझ बलियो बनाउन जरूरी छ । वैशाख र जेठमा देशले भोगेको भयावह अवस्थालाई आगामी दिनको लागि पाठको रूपमा लिन जरूरी छ । महामारीको दोस्रो लहरले हाम्रो स्वास्थ्य प्रणालीका कमजोरी प्रस्ट बनाएको छ । अब ती कमजोरीका प्वाल टाल्नतिर लाग्न जरूरी छ । आशाको किरण देखिएको छ । तर, अब अँध्यारा सकिए भन्दै खुसीले नाचेर हिँड्ने दिन आइसकेको छैन ।
Leave a Reply