भर्खरै :

उभौली पर्वको सामाजिक महत्व

नेपाल कृषिप्रधान मुलुक हो । अझै यहाँ ६४ प्रतिशत मानिस कृषिमा निर्भर छन् । परापूर्वकालदेखि कृषिलाई भरपर्दाे पेशा मानिँदै आएको छ । जस्तोसुकै विषम परिस्थितिमा पनि कृषिबाट सहजै जीविका चलाउन सकिन्छ । हालको विषम परिस्थितिमा मानिस गाउँ फर्केसँगै गाउँका बाझो जमिनमा विभिन्न बालीनाली फल्न थालेका छन् । फाँटहरू हरिया भएका छन् । विभिन्न जाति जनजातिहरूले कृषि कार्यको सुरुआतलाई उत्सवको रूपमा मनाउने गरेका छन् । यसै सन्दर्भमा किरात समुदायले कृषि कार्यको सुरुआतलाई पर्वको रूपमा मनाउने गर्दछ । यस पर्वलाई उभौली पर्वको रूपमा मनाइन्छ । किरातहरूको पवित्र धर्मग्रन्थ मुन्धुममा पनि अन्न सपार्ने कुराहरूको उल्लेख गरिएको पाइन्छ । कृषिबाट नै मानव जीवन चक्र चलेको छ । यसैले परापूर्वकालदेखि नै कृषि कार्यलाई राम्रो पेशा मानिँदै आएको छ । विश्वका धनी राष्ट्रहरू पनि कृषिको उत्पादकत्व बढाउन र कम समयमा धेरै उत्पादन गर्न अन्न बालीको अध्ययन अनुसन्धानमा लागेका छन् । विश्वका धनी देशहरूमा १० देखि १५ प्रतिशत मानिसहरू कृषि कार्यमा लागेका छन् । उनीहरूले आफ्नो देशका जनता र अरूलाई पनि ती कृषि उपजहरू बेच्ने गर्दछन् । तर, हाम्रो देशमा उन्नत जातको बीउ बिजन र प्रविधिको कमीका कारण बहुमत मानिसहरू कृषिमा लागे पनि भारत, चीनलगायतका देशहरूबाट खाद्यान्न आयात गर्नु परिरहेको छ । हामी प्रकृतितिर नफर्कने हो भने अब आउने पुस्ताले आज हामीले देखेका सुन्दर फाँट देख्न पाउनेछैन ।
अलि लेखपढ गर्नेहरू खेतीपाती काम गर्न चाहँदैनन् । कतिपय छोरा छोरीहरू आफ्ना साथी भाइलाई आफ्ना बुबा आमा चिनाउन पनि चाहँदैनन् । उनीहरू आफू किसानको सन्तान हो भन्न लजाउँथे । तर, हाल यो महामारीले सबैलाई पाठ पढाएको छ । हाम्रो संस्कृति र संस्कारमा अझै कृषि कार्यलाई उन्नत पेशा बनाउन विभिन्न चाडपर्वसँग कृषिको महत्व जोडेको छ चाहे त्यो उभौली, उधौली र असारको १५ गते नै किन नहोस् । हरेक कृषि कार्यले आर्थिकमात्र हैन सामाजिक महत्व पनि बोकेको छ । कृषि कार्यलाई सहज पार्न पुर्खाहरूले पर्म, पोमरी नोगारजस्ता प्रथाहरूको सुरुआत गरेका थिए । यसअन्तर्गत आपसमा मिलेर एक अर्काको खेतीपातीको काममा सहयोग गर्ने गरिन्छ, यसलाई बिदयगच भहअजबलनभ कथकतझ भनिन्छ । यसले समाजमा एक अर्काबीच मेलमिलाप कायम गरी झै–झगडा र वैमनष्यतालाई कम गर्ने गर्दछ । यदि कसैको बीचमा समस्या भए पनि पर्म जाँदा कुराकानी हुने र समस्या समाधान हुने गर्दछ । त्यसैले त ग्रामीण भेगमा अझै यस्ता चलनहरू कायमै छन् । सहरी समाज आधुनिकीकरणको होडमा लागेको छ । हरेक कुरा पैसासँग तुलना गरिन्छ । तर, ग्रामीण परिवेशमा अझै हामी भन्ने भावना कायमै छ, एकलाई समस्या पर्दा अर्काले सहयोग गर्ने गर्दछ ।
उभौली पर्वलाई कृषि कार्यको सुरुआती चरणको रूपमा मानिन्छ । राम्रो अन्नबालीको लागि उत्तम बीउको आवश्यकता पर्दछ । प्रशस्त मात्रामा उत्पादन गर्न धर्तीको पनि भूमिका हुन्छ । त्यसैले किरातहरू बीउबिजन राख्न आवश्यक मात्रामा जमिनलाई तयार गरी सामूहिक पूजाआजा आयोजना गरी कृषि कार्यको सुरुआत गर्ने गर्दछन् । यसरी उभौली पूजा गर्दा पृथ्वीका समस्त प्राणीको हितको लागि गर्ने गरिन्छ । यसै पूजामा प्रकृति, खोलानाला, पहाड पर्वतको पनि पूजा गरिन्छ । यसबाट समयमै वर्षा हुने र अन्न बाली राम्रो हुने कुरामा उनीहरू विश्वास गर्दछन् । विश्व वातावरण संरक्षणको लागि विस्तारै अघि सर्दै गर्दा हाम्रा धर्म संस्कृतिमा परापूर्वकालदेखि नै वातावरण जोगाउन यस्ता पूजाआजा हुने गरेका छन् । यसरी किरात समुदायमा कृषि कार्यको सुरुआत पनि पर्वको रूपमा गरिन्छ । हाम्रोतिर पनि कृषि कार्यलाई विशेष मान्ने गरिन्छ । जस्तैः धानको बीउ राख्दा उचित बार वा दिनमा राखिन्छ । यसो गर्नाले बाली राम्रो हुने जनविश्वास छ । जुनसुकै जाति वा भाषी भए पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सबैतिर कृषि कार्यको सुरुआत गर्दा र बाली भित्र्याउँदा रमाइलो गरिन्छ । हाम्रा चाडपर्वहरू पनि जब अन्नबाली भित्र्याइन्छ त्यसलगत्तै सुरु हुन्छ । यसैले पनि हाम्रा चाडपर्वमा विशेष रौनक थप्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *