भर्खरै :

सङ्कटको समयमा प्रदेश सरकार सुस्त र असंवेदनशील

ललितपुर, १३ जेठ । बागमती प्रदेशसभाका राजनीतिक दलहरूको बैठक बिहीबार ललितपुरस्थित सुशासन केन्द्रमा बिहीबार सम्पन्न भयो । अवरूद्ध स्थितिमा रहेको प्रदेशसभाको बैठक सञ्चालन गर्ने, आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न सर्वदलीय बैठक राखिएको बताइन्छ ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् सांसद सुरेन्द्रराज गोसाईंले सङ्कटको बेला प्रदेश सरकार संवेदनशील, सक्रिय तथा जिम्मेवार हुनुपर्नेमा सुस्त एवम् अव्यवस्थित रहेको बताउनुभयो ।
कोभिडको महामारीमा केन्द्रीय सरकार मात्र होइन प्रदेश सरकार पनि प्रस्टरूपमा पक्षपाती देखिएको भन्दै उहाँले पीसीआर परीक्षण्मा ढिलाइ या रिपोर्ट दिन ढिलाइ हुनाले र समयमा खोप उपलब्ध नहुँदा महामारी फैलिरहेको र नियन्त्रणमा कठिन भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रदेश सरकार मातहतका अस्पतालले निजी अस्पतालमा भर पर्नुपर्ने स्थिति बिडम्वनापूर्ण छ । भक्तपुर अस्पताललाई हरेक हिसाबले सुविधा सम्पन्न गर्न ढिलाइ नगरौँ ।”
उहाँले अगाडि भन्नुभयो, “जनताको व्यापक सेवा गरिरहेको ख्वप अस्पतालमाथि सङ्घीय र प्रदेश सरकारले जुन अन्याय ग¥यो र त्यो गैरप्रजातान्त्रिक तथा विभेदकारी छ । ख्वप अस्पतालमा किन ध्यान गएन ?”
प्रदेश सांसद गोसाइँले प्रदेश सरकारको नयाँ नीति तथा कार्यक्रम र बजेट विद्यमान स्वास्थ्य सङ्कट तथा जनताका समस्यालाई समाधान गर्ने उद्देश्यतर्फ केन्द्रित रहोस् भन्दै अक्सिजन, आईसीयू भेन्टिलेटरलगायत अत्यावश्यकीय उपकरण अभाव भएर देखिएको भयावह स्थिति अन्त्य गर्न सकेमात्र जनता उत्साहित हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्र र मोहडामा बसेर कोभिडविरूद्ध लडिरहेको जनशक्ति, डाक्टर, नर्स, प्राविधिक, मजदुर आदिलाई प्राथमिकता दिँदै मनोबल बढाउन सरकारले जोड देओस् । चिकित्सक, नर्स र अन्य जनशक्तिलाई बलियो नबनाई कोभिडविरूद्धको लडाइँ जित्न सकिन्न ।”
मुख्यमन्त्री डोरमणि पौडेलले भन्नुभयो, “अरूलाई दियौँ तर ख्वप अस्पतालमा हाम्रो ध्यान नपुगेको हो ।”
नेपाली काङ्ग्रेसका नेता इन्द्रबहादुर बानियाँले भन्नुभयो, “ख्वप अस्पताललाई किन सहयोग नगरेको ? प्रभावकारी सेवा दिने अस्पताल नदेख्ने राज्य के अन्धो वा बहिरो हो ? विकास बजेट खर्च गर्न पनि नसक्ने अनि अत्यावश्यक ठाउँलार्य बेवास्ता गर्ने ? राज्य चलाउनेले राम्रो जानकारी राखोस् । विभेद नगरोस् ।
प्रदेश सभामा क्रियाशील दलले बारम्बार आवाज दिँदा त बेवास्ता गरिन्छ भने अन्तको अवस्था के होला ? प्रदेश सरकारको ध्यान खोप र खानाको बन्दोवस्त गर्नतर्फ जाओस् !”
माओवादी केन्द्रका नेता तथा पूर्व सामाजिक विकासमन्त्री युवराज दुलालले भन्नुभयो, “प्रदेश सरकारले ख्वप अस्पताललाई पनि सहयोग गरोस् अन्य जिल्लाका अस्पताललाई पनि यथोचित ध्यान दिइयोस् !”
माओवादी केन्द्रका अर्का नेता सालिकराम जम्मकट्टेलले संसद् अवरोधको कार्यक्रम गरिरहने बताउुनते । प्रदेश सरकारले मागहरू सम्बोधन नगरेसम्म अवरोध जारी रहने प्रस्ट पार्नुभयो ।”
सरकार पेलेर जान खोजे सोहीबमोजिम प्रस्तुत हनु तयार भएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले प्रदेश सरकार नहराएको जानकारी दिनुभयो । उहाँले संसद् सुचारु गर्न सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले मदन भण्डारी फाउन्डेसनलाई प्रदेश सरकारद्वारा प्रदान गरिएको पचास लाख रूपैयाँ फिर्ता गर्ने र विद्युतीय गाडी सञ्चालनबारे थप विस्तृत छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्रीको प्रतिबद्धता आएपछि विपक्षी दलहरू केही सकारात्मक भएका थिए । नेमकिपाले त्यही प्रस्ताव सुरूदेखि राख्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *