भर्खरै :

नङ्गा नाचे हजार दाउ !

एउटा नेपाली उखान छ– ‘नङ्गा नाचे, हजार दाउ ।’ ‘न्यायपालिकाको आँगनमा व्यवस्थापिकाको बहुमत’ शीर्षकमा समाचार प्रकाशित भयो । ‘नयाँ पत्रिका’ ११ जेठ २०७८)
१२ जेठ २०७८ को अन्नपूर्ण पोष्टले लेख्यो– ‘शरम लाग्दैन नेताज्यू ?’ २७१ सदस्यीय प्रतिनिधि सभाका १४६ सदस्य सशरीर उपस्थित थिए– १० जेठको दिन न्यायपालिकाको आँगनमा !
१२ जेठ २०७८ कै ‘अन्नपूर्ण पोष्ट’ को पहिलो पृष्ठमा भँगेरा अक्षरमा छापियो– ‘निषेधाज्ञाको धज्जी – कानुन लाग्दैन, नेताज्यू ?’ शीर्षकको प्रश्नले बेइज्जती ग¥यो ।
नेपाली काङ्ग्रेसकै एकजना कट्टर समर्थक र बुद्धिजीवीले भने, “शेरबहादुर देउवाजस्ता नालायक र अक्षम नेता नेपाली काङ्ग्रेसमा कोही छैन ।” यो त नेपाली जनताकै दुर्भाग्य हो । तर, माधव नेपाल, झलनाथ खनाल र प्रचण्डजस्तो ‘कम्युनिस्ट’ को कुन बुद्धिले शेरबहादुर देउवाजस्ता व्यक्तिलाई प्रमको लागि सिफारिस गरे ? के ‘कम्युनिस्ट’ भन्नेहरूसँग शेरबहादुर देउवाभन्दा योग्य, इमानदार र लायक व्यक्ति अरू थिएनन् !? यो नेपाली जनताको अर्को दुर्भाग्य हो !
पूर्वका पारिवारिक नेता गिरिजाप्रसाद कोइरालाको विरोधमा शेरबहादुर देउवालाई उभ्याइयो । भुक्तभोगी काङ्ग्रेसी नेताहरूले भारत ‘परस्त’ काङ्ग्रेसीको विरुद्ध पश्चिमका एक ठकुरीलाई उभ्याएका थिए । त्यस्तै नेपाली काङ्गेसमा भारतको नभई पश्चिमको प्रभाव बढोस् भन्ने हेतुले नेपालको निम्ति एक अमेरिकी राजदूतले राणा परिवारका एक महिलासँग देउवाको विवाह गराइदिएका थिए ।
शेरबहादुर देउवाले एसियाली देश अफगानिस्तानमा हमला गर्ने र क्लस्टर बमहरू खसाल्ने अमेरिकी लडाकु हवाई जहाजलाई पेट्रोल भर्न नेपालको हवाई स्टेसन प्रयोग गर्ने स्वीकृति दिएका थिए ।
महाकाली सन्धिलगायत अनेकौँ देशघाती निर्णय गर्ने कुख्यात प्रम शेरबहादुर देउवालाई पुनः समर्थन गरी एमसीसी पारित गराउने र बदनामीको भागी बनाई गरी निर्वाचनमा कम्युनिस्टहरूलाई पराजीत गराउने उद्देश्य ती दुवै पार्टीको गुप्त योजना रहेको परिणामले देखाउने नै छ ।
कोरोनासँग शासक दलका नेताहरूको कस्तो लडाइँ ?
सरकारको विरोधमा एमाले–माओवादी केन्द्रले गरेका प्रदर्शनहरूबारे प्रचार माध्यमले पृष्ठका पृष्ठ समाचार राखे र समय खर्चे । तर, जनता मरे पनि केही मतलब नभएका ती नेताहरूले प्रधानमन्त्री बन्न पार्टीको आन्तरिक झगडामा गाली–गलौजका अशिष्ट शब्दहरू अदालतमा पुग्नुभन्दा पहिले नै खर्चिसकेका थिए । आफूलाई योग्य, अनुभवी र अब्बल सम्झिएका र पटक–पटक प्रम भइसकेका नेताहरूमा कोभिड–१९ विरूद्धको लडाइँमा अगुवाइ गरी नेपाली जनताको सेवा गर्ने भावना जागेन । भित्री लडन्त–भिडन्त, सडक–बजार हुँदै तिनीहरू अदालतसम्म पुगे ।
१२ जेठको ‘नागरिक’ ले नरम भाषामा सरकार र ती नेताहरूलाई व्यङ्ग्य ग¥यो, ‘खरायो कोरोना–कछुवा सरकार’ । अर्थात, कोरोनाले तीव्रगतिमा नेपाली जनतामाथि आक्रमण गर्दै थियो तर सरकार कछुवाको गतिमा । किनभने, शासकहरू आफ्नो आन्तरिक लडाइँमा व्यस्त छन् । ‘नागरिक’ को उक्त अङ्कले थप्यो – ‘गाउँमा कोरोना–भूसको आगोझैँ’ शीर्षकले सारा संवेदनशील नेपालीलाई शासक दलका नेताहरूले उल्लेख गर्ने आवश्यकता नै देखेन ।
सरकार र एमाले तथा एमाओवादी केन्द्रका नेताहरूले कोरोनाको विरोधमा प्राथमिकता नदिँदा जनता पुरानै शैलीमा काम गर्दै थिए । परिणामबारे प्रचारमाध्यमले खबरदारी ग¥यो, ‘विवाहमा बढेको कोरोना देवालीमा डढेलो नबनोस् ।’ (नेपाल समारचारपत्र, १२ जेठ २०७८)
एमाले र एमाओवादी केन्द्रले सरल र इमानदार जनतालाई ‘बहुदलीय जनवाद’ को लोभ देखाएर व्यवहारमा ‘संसारकै कम्युनिस्ट’ हरूको बदनाम गर्ने काम गरेको भनी तथाकथित ‘कम्युनिस्टहरू’ को ‘उत्कर्ष काल’ भनी व्यङ्ग्य ग¥यो । (नागरिक, १२ जेठ २०७८)
यी तथाकथित कम्युनिस्टहरूलाई ‘भाइकाङ्ग्रेस र पुँजीवादी दल’ भनेकोमा चित्त दुखाउनेहरूलाई पत्रिकाको शीर्षकले नै धेरै कुरा भन्यो, ‘निषेधाज्ञामा साना व्यवसाय बन्द, ठुला खुला !’ (नागरिक, १२ जेठ २०७८) । यसले साबित हुन्छ, एमाले–एमाओवादी केन्द्र देशका ठुला पुँजीपति वर्ग, कालाबजारीया, भ्रष्ट ठेकेदार, प्राकृतिक स्रोतहरूको विध्वंश गर्ने र वन तस्करहरूका दलहरू हुन् ।
 
तस्बिरः गुगल

Leave a Reply

Your email address will not be published. Required fields are marked *