भर्खरै :

जनतासँगको हातेमालोले बन्दै छ अक्सिजन प्लान्ट, भेन्टिलेटर र आईसीयू

कोभिड १९ रोगको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिएसँगै सङ्क्रमितहरूको उपचारका लागि भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालमा अक्सिजन प्लान्ट, भेन्टिलेटर, आइसीयूलगायतका स्वास्थ्य उपकरण खरिदका लागि जनस्तरबाट आर्थिक एवं भौतिक सहयोग सङ्कलन भइरहेको छ । जेठ ५ गतेबाट १३ गतेसम्ममा विभिन्न सहकारी संस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी तथा सङ्घसंस्था र व्यक्तिहरूबाट १ करोड ३४ लाख ६९ हजार ६ सय २५ रूपैयाँ सङ्कलन भएको नगरपालिका स्रोतले जनाएको छ । जेठ १३ गते एक दिनमा मात्र ७१ लख ३१ हजार ९ सय २७ रूपैयाँ सङ्कलन भएको थियो ।
त्यस्तै शुक्रबार रू. ४३ लाख ४४ हजार ७ सय ९५ बराबरको आर्थिक सहयोग प्राप्त भएको छ । भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा जेठ ५ गतेदेखि १४ गतेसम्ममा रू. १ करोड ७८ लाख १४ हजार ४ सय २० सहयोग प्राप्त भएको छ ।
कोषमा ख्वप कलेज/शारदा क्याम्पस (संस्थागत) र ख्वप कलेज/शारदा क्याम्पस (शिक्षक/कर्मचारी) को तर्फबाट रू. ६ लाख १० हजार, ख्वप मावि/शारदा क्याम्पस मावि (संस्थागत) र ख्वप मावि/शारदा क्याम्पस मावि (शिक्षक/कर्मचारी) बाट रू. २३ लाख ९५ हजार, ब्रह्मायणी आधारभूत विद्यालय तथा शिक्षक र विद्यालय कर्मचारीबाट रू. ३४ हजार, ब्राइट स्टार ई. स्कूलबाट रू. २५ हजार सहयोग प्राप्त भयो ।
त्यस्तै सहकारी संस्थाहरूको तर्फबाट साथीभाइ बचत तथा ऋण सहकारी संस्थाबाट रू. २५ हजार, ज्ञानकुञ्ज बचत तथा ऋण सहकारी संस्थाबाट रू. २० हजार, सिद्धि कृषि सहकारी संस्था लि. बाट रू. ३२ हजार १ सय, अभियान बचत तथा ऋण सहकारी संस्था लि.बाट रू. ५५ हजार ५ सय ५५, श्रमजीवी बचत तथा ऋण सहकारी संस्थाबाट रू. १ लाख ११ हजार १ सय ११, चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारीबाट रू.१ लाख १० हजार, सहयोग संस्थाबाट रू. ७० हजार ७ सय ७, सयपत्री बचत तथा ऋण सहकारी संस्थाबाट रू. ५५ हजार ५ सय ५५, तलेजु बचत तथा ऋण सहकारी संस्था लि.बाट रू. ३० हजार ३ सय, लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.बाट रू. १ लाख १ हजार सहयोग प्राप्त भएको छ ।
त्यस्तै व्यक्तिगत तर्फबाट रत्नप्रसाद भुजुबाट रू.५० हजार, विजय÷सुनिता मुनंकर्मीबाट रू. ११ हजार १ सय ११, कृष्णकुमार राजचलबाट रू. ५० हजार, रत्नलाल कैटीबाट रू. ६ हजार १ सय ५, हेरामाया सुवालबाट रू. ५ हजार १ सय १, कृष्ण ग्वाछाबाट रू. २५ हजार, नारायणभक्त भेलेबाट इनफरेड थर्मोमिटर र स्ट्यान्ड १ सेट तथा केएनभी मास्क २०० वटा, सुरेश बोयजुबाट रू. १५ हजार, स्व. जानकीलाल प्रधान (मधुमैया प्रधान–लाकौल) बाट रू. २० हजार, बुद्धिबहादुर ज्याख्वबाट रू. ५ हजार पचास, प्रेमलाल ध्वोजुबाट रू. ५० हजार, राजेश मचामसीबाट रू. १५ हजार १ सय, जनकदेवी राजभण्डारी÷युवक राजभण्डारीबाट रू. १ लाख १ हजार, स्वयम्भूराज किलम्बु, पुष्पलाल सुजखुबाट रू. १० हजार, तुल्सीराम ग्वाछाबाट रू. १० हजार १ सय ५, विष्णुनारायण ग्वाछाबाट रू. ५५ हजार ५ सय ५५, नारायणप्रसाद कवांबाट रू. ५५ हजार ५ सय ५५, चन्द्रकेशरी प्रधानाङ्गबाट (छोरा रविन्द्र प्रधानाङ्गमार्फत) रू. ५० हजार, न्हुछेरत्न खाइतुबाट रू. ५० हजार ५ सय ५ सहयोग प्राप्त भयो ।
त्यस्तै ज्ञानकुञ्ज टोल सुधार समितिबाट रू. ५३ हजार ७ सय २५, अजिमा अटो वर्कसपबाट रू. १५ हजार, द लास्ट फ्राइडेको तर्फबाट रू. १५ हजार ५ सय ५५ आर्थिक सहयोग प्राप्त भयो ।
सहयोग सङ्कलन अभियानको हप्तादिनमा जनस्तरबाट यति धेरै सहयोग रकम सङ्कलन हुनुमा कोभिड रोग सङ्क्रमणको जोखिम न्यूनीकरण एवं सङ्क्रमितहरूको उपचारका लागि नगरपालिकाले गरिरहेको कार्यप्रति जनताको उच्च मूल्याङ्कन रहेको नगर प्रमुख सुनिल प्रजापतिले बताउनुभयो । उहाँले भन्नुभयो, “ख्वप अस्पताललाई जनताको अस्पताल बनाउने अभियानको सुखद सुरुवात हो यो । यसलाई ख्वप अस्पतालमा जनताको अपनत्व कायम भएको एक उदाहरणको रूपमा लिन सकिन्छ ।”
कोभिडको दोस्रो लहरको सङ्क्रमण फैलिएसँगै सङ्क्रमितहरूले अस्पतालमा सामान्य बेड, आइसीयू र भेन्टिलेटर पाउन मुश्किल हुन थालेको र उपचारको निम्ति आधारभूत आवश्यकताको रूपमा रहेको अक्सिजनसमेतको अभावमा कैयौँ बिरामीहरू अकालमै मृत्युवरण गर्न बाध्य भएको अवस्थामा भक्तपुर नगरपालिकाले अक्सिजन प्लान्ट जडान गर्ने तयारी थालेको हो । प्रमुख प्रजापतिले प्लान्ट जडान तथा आइसीयू र भेन्टिलेटरको निम्ति सङ्घीय सरकार र प्रदेश सरकारसँग पटक–पटक सहयोग माग गरेको उल्लेख गर्दै अहिलेसम्म दुवै सरकारले वास्ता नगरेको बताउनुभयो । उहाँले नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रले बिरामीको उपचारवापत बीमामार्फत आउनुपर्ने करिब साढे ५ करोड रूपैयाँ समेत सङ्घीय सरकारले अहिलेसम्म निकासा नदिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारबाट पैसा आएन भनेर बिरामीको उपचार गर्न रोक्दैनौँ, “स्थानीय जनतालाई नगरपालिकाको सबै आयव्यय पारदर्शी गरेपछि जनताको अस्पताल निर्माणमा जनता आफैं जागेको उदाहरण हो सहयोग सङ्कलन अभियान ।”
प्रमुख प्रजापतिले जनताबाट प्राप्त एक एक पैसाको सही सदुपयोग हुने प्रस्ट पार्दै भन्नुभयो, “जनताले स्वेच्छाले दिएको पैसाबाट हामी अक्सिजन प्लान्ट, भेन्टिलेटर र आइसीयू स्थापना गर्छौं ।”
भक्तपुरका कामदार जनताले आप्mनो गाँस काटेर ख्वप अस्पतालका लागि हार्दिकतापूर्वक सहयोग गरेको उहाँको कथन थियो । उहाँले नगरपालिकाले सहयोगको लागि आह्वान नगर्दै जनताले आर्थिक सहयोग गर्न थालेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले हाल ब्रह्मायणीस्थित आफ्नै भवनमा २५ शय्याको हाइ डिपेन्डेन्सी यूनिट (एचडीयू) र ५० शय्याको आइसोलेसनसहित ख्वप अस्पताल कोभिड युनिट सञ्चालन गरेको छ । हालसम्म उक्त युनिटले १५६ जना विरामीको उपचार गरिसकेको छ । कोभिड सङ्क्रमित भई गृह एकान्तवासमा बस्न नमिल्ने तथा अक्सिजन आवश्यकता हुने बिरामीहरूको त्यहाँ उपचार भइरहेको छ । युनिटमा २ जना एमबीबीएस डाक्टरसहित ६ जना स्टाफ नर्सले चौबीसै घण्टा उपचार सेवा दिन्छन् भने एक जना जनरल फिजिसियन दिनभरि र एक जना एनेस्थेसियोलोजिस्टले पनि सेवा दिइरहेको छ । उक्त अस्पतालमा सम्पूर्ण उपचार खर्च निःशुल्क भइरहेको प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
“हामीले अस्पतालमा दैनिक उपचार गरिरहेका बिरामीहरूको विस्तृत विवरण केन्द्र सरकारलाई पठाइरहेका छौँ । सरकारले उपचार खर्च पठाउने कुरा गरेको छ तर निश्चित छैन ।” उहाँले भन्नुभयो, “केन्द्र सरकारले खर्च नपठाउँदा पनि नगरपालिकाले आप्mनै विकास बजेट कटाएर भए पनि स्वास्थ्य उपचारलाई पहिलो प्राथमिकता दिन्छ ।”
ख्वप अस्पताल सञ्चालनका लागि दैनिकरूपमा जनस्तरबाट आर्थिक सहयोग आइरहँदा साँच्चै नेपाल मजदुर किसान पार्टी र यसका कार्यकर्ताहरूले जनताको निःस्वार्थ सेवा गरिरहेको जनताको मूल्याङ्कन रहेको उपप्रमुख रजनी जोशीले अनुभव गर्नुभयो । “हामी इमानदारीतापूर्वक जनताको सेवा गरिरहेको जनताले मूल्याङ्कन गरिरहेका रहेछन् । नभए आप्mनो छाक काटेर अस्पतालको निम्ति सहयोग गर्न किन आउँथे र ?” उपप्रमुख हरेक दिन विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोग ग्रहण गर्दै सबैलाई नगरपालिकाको तर्फबाट धन्यवाद पत्र प्रदान गर्नमा व्यस्त हुनुहुन्छ ।
कोभिड सङ्क्रमणको जोखिममा समेत अस्पतालको स्वास्थ्य सामग्री खरिदका लागि स्थानीय जनताले सहृदयतापूर्वक नगरपालिकालाई आर्थिक सहयोग प्रदान गरिरहेको देखेर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ दङ्ग पर्नुभएको छ । “स्थानीय तह र स्थानीय निकायमा लामो समय जागिर खाइयो, तर भक्तपुर नगरपालिकामा जस्तो जनप्रतिनिधि र स्थानीय जनताको एकताबद्ध भावना कहीँ देख्न पाइएको थिएन । नगरपालिकाले सहयोगको आह्वान नगर्दै अक्सिजन प्लान्ट, भेन्टिलेटर र आइसीयू स्थापनाको लागि जनस्तरबाट करोडौँ सहयोग सङ्कलन हुनु चानचुने पक्कै होइन ।” उहाँले भक्तपुर मोडेल सबैका लागि अनुकरणीय हुने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले १०० शय्या क्षमताको ख्वप अस्पताल सञ्चालनका लागि भनपा ९ च्याम्हासिंहमा भवन निर्माण कार्यलाई तीव्रता दिएको छ । नगरपालिकाको आप्mनै लगानीमा निर्माण भइरहेको उक्त भवनमा चाँडै नै सुविधा सम्पन्न अस्पताल सञ्चालनको तयारी भइरहेको बताइएको छ ।
उक्त भवनसँगै नगरपालिकाको जनस्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ । केन्द्रमा विभिन्न रोगका विशेषज्ञहरूबाट नियमित ओपीडी सेवा, इमरजेन्सी सेवा, ल्याव सेवा, एक्स रे र अल्ट्रासाउन्ड, सेवा, फिजियोथेरापी सेवा, खोप सेवा र फार्मेसी सेवा सञ्चालन भइरहेको छ । कोभिड सङ्क्रमणका बीच पनि गत वर्ष ९७ हजार ६ सत्न्दा बढी बिरामीहरूलाई उक्त केन्द्रबाट स्वास्थ्य उपचार सेवा प्रदान गरेको नगरपालिका स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *