विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
गतिशील समयभित्र अनेकौँ रहस्यहरू हुँदारहेछन् । समयकाल परिस्थितिसँगै मान्छेको जीवनमा अनेकौँ चुनौतीहरू तेर्सिँदा रहेछन् । हामी मान्छे जस्तोसुकै अवस्था र परिस्थितिमा पनि हतास हुन मिल्दैन, निरास हुन मिल्दैन । जीवन छ र त गतिशीलता छ, अप्ठ्यारो अवस्थालाई सामना गर्नुपर्ने चुनौती छ । हामीसँग भएको ज्ञान, बुद्धि, विवेक र धैर्यले नै हामी हरेक चुनौतीसँग सामना गर्दै अघि लम्कन सकेका छौँ । सुन्दर जीवनका सुन्दर पलहरूलाई सिलसिलेबाररूपमा भोग्न पाएका छौँ ।
संसारलाई कोभिड–१९ कोरोनाले त्राहिमाम बनाउँदै गरेको यस घडीमा जोगिएर बस्न अत्यन्तै गाह्रो रहेछ । आफ्नो दैनिक जीवनमा अत्यन्तै कम सम्पर्कमा मान्छेहरूसँग भेटघाट रहे तापनि यो रोग कहाँबाट कसरी सर्छ भन्नै नसकिने रहेछ । अचानक मलाई पनि शारीरिक रूपमा कमजोरी हुने, ज्वरो आउने, खानामा अरूचि, सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखा पर्यो । कहीँ कतै नगए तापनि मलाई यस्तो खालको लक्षण देखापरेपछि मेरो श्रीमान्ले मलाई नआत्तिन र केही हुँदैन तिमीलाई छिट्टै निको हुन्छ भनी ढाडस दिनुभयो । साथमा बाँकी परिवारका सदस्यहरू बुबाआमा, दातउजूबाट पनि बलियो ढाडस पाई नै रहेकी थिएँ । यद्यपि, मलाई झन्झन् गा¥हो हुँदै थियो । सबै लक्षणले कोरोनाको सङ्केत गरेको थियो । यसबीच जनस्वास्थ्य च्याम्हासिंह पुगेर डा. सुमी चोलेखोले पीसीआर गर, केही हुँदैन ढुक्क हुन पाइन्छ भनेपछि श्रीमान् र म भक्तपुर अस्पताल गएर पीसीआर परीक्षण गरायौँ । दुई दिनमा रिपोर्ट आयो । रिपोर्टले मलाई कोरोना पुष्टि ग¥यो ।
आत्मबल बलियो बनाएर टन्न खानेकुरा र औषधि मिलाएर खायौ भने चाँडै निको हुन्छ भनेर धेरैले सम्झाए, बुझाए । तर, आफूलाई भने अत्यन्तै गा¥हो हुँदै थियो । एक गाँस अन्न मुखमा राख्न नपाउँदै बान्ता हुन्थ्यो । शरीरमा अलिकति पनि तागत बाँकी नभएर शौचालयसम्म आउजाउ गर्न नसक्ने अवस्थामा पुगेँ । यस्तो अवस्थाले घरका सबैलाई चिन्ता लाग्नु स्वाभाविकै थियो । तर, पनि परिवारका सबै माया र स्नेहले सम्झाउनुहुन्थ्यो, आत्मविश्वास बढाउन मलाई सधैँ ढाडस दिनुहुन्थ्यो । तर, आफूले आफैलाई समाल्नै नसक्ने गरी गाह्रो हुँदा रोएँ । आफू मरिएला जस्तो लाग्न थाल्यो । जिन्दगीका सुन्दर सपना र भविष्यका योजनाहरू सम्झेर जीवन झन्झन् प्रिय लाग्न थाल्यो । धत् ! यस्तो सोच्नु हुँदैन छिट्टै निको हुन्छु भन्ने आत्मविश्वास पो राख्नुपर्छ भनी आफैलाई मनमनै सम्झाएँ ।
राति म सुत्यो कि सुतेन भनी आमाबुबा चिन्ता लिएर छटपटाउँदै बस्नुहुँदोरहेछ । ज्वरो घट्दै नघट्ने ! सास फेर्न गाह्रो हुँदै शरीर लल्याकलुलुक हुँदै गयो । मेरो यस्तो अवस्थाले श्रीमान्लाई धेरै पीडा भए पनि मेरोसामु भने तिमी ठीक हुन्छौ चिन्ता नलेऊ, you are my brave wife, you will recover very soon भनी सम्झाउनुहुन्थ्यो । बुबाले तिमीलाई धेरै गा¥हो भयो आइसोलेसन ब्रह्मायणीमा जान्छौ ? त्यहाँ भए चौबीसै घण्टा डाक्टर र नर्सको निगरानीमा हुन्छौ भनेर सम्झाउनुभयो । आवश्यक भए अक्सिजन पनि दिइन्छ भन्नु भयो । बुबा, जे गर्दा मलाई चाँडो निको हुन्छ त्यही गर्नुपर्ला भनेँ ।
भक्तपुर नगरपालिकाको आइसोलेसन केन्द्रबाट एम्बुलेन्स ल्याइयो । मलाई भने अर्कै भावुकताले च्याप्यो । घरबाट हिँड्ने बेला आफ्नो कोठा एकचोटि नियालेँ । घरको तलो तलाबाट माथिसम्म हेरेँ । मलाई मेरो घरको अझ बढी माया लाग्यो । बुबाआमा , श्रीमान्, दातउजू र साना नानीहरू सम्झेर रुन पो मन लाग्यो । म आइसोलेसन पुग्दा श्रीमान् पनि त्यतै पर देखेँ । झन् पो भावुक भएँ । मुस्कुराउँदै बाइ भन्नको लागि उहाँ त्यहाँ पुग्नुभएको रहेछ ।
आइसोलेसनमा पुग्दा मेरो ब्लड प्रेसर, अक्सिजन र ज्वरो अत्यन्तै नराम्रो अवस्थामा थियो । मेरोमात्र होइन त्यहाँ रहेका अधिकांश बिरामीको अवस्था नाजुक नै थियो । कोहीलाई अक्सिजन दिइरहेको, कोही घोप्टो परेर सुतिरहेको, कोही बाफ लिइरहेको, कोही पीडा सहन नसकेर रोइरहेका । यी यावत परिस्थितिबीचमा म आफूले आफैले कमजोर सोच्नुहुँदैन, मन नलागे पनि औषधि र खाना खानैपर्छ, बाफ लिनैपर्छ । सक्ने व्यायाम र ध्यान गर्नुपर्छ भनी मनमा चेत लिइरहेँ । यसैबीच मलाई कोरोना लागेको जानकारी अफिसमा गराएँ । अफिसका सबै सहकर्मी साथीहरूबाट चाँडै निको हुन्छौ भनी शुभेच्छा र माया पाई नै रहेँ । विशेषतः प्रशासकीय अधिकृत विमलप्रसाद पराजुली सरले दिन बिराएर फोन गरी छिट्टै निको हुन्छौ भनी ढाडस दिनुभएको थियो ।
आइसोलेसन सेन्टरमा खानानास्ता, अक्सिजन, ज्वरो तथा प्रेसर नाप्ने उपकरण शौचालयलगायत आवश्यकता हेरी अक्सिजनको व्यवस्था गरिएको थियो । सुरुसुरुमा खानेकुरा खानै सक्दिनथेँ । खाना खाने समय आयो कि नमज्जा लाग्थ्यो, खान खान नपरेजस्तो । कहिलेकाहीँ खाना नै नखाई निदाउँथेँ । घरमा सोध्दा मैले खानै सकिन भनी भन्थेँ । घरबाट तिमी जे खान्छौ त्यही पठाइदिन्छु भनी भाउजूले सम्झाउनुभयो । हुन्छ भनी दुई छाक घरबाटै खाना मगाएँ । पछि, बिस्तारै खाना रुचेपछि आइसोलेसनमा नै उपलब्ध गराएको खाना खान थालेँ ।
यसैबीच मेरा श्रीमान्को पनि कन्ट्याक ट्रेसिङमा कोरोना परीक्षण गर्दा पोजिटिभ देखाएछ । मैले चिन्ता लिन्छु कि भनेर यो कुरा उहाँले मलाई अलि पछि जानकारी गराउनुभयो । उता माइतीमा बहिनीलाई पनि कोरोना भएको देखायो । मामामाइजू र मामाघरकी बहिनीलाई पनि कोरोना पोजिटिभ देखायो । यसरी आफन्तहरूलाई कोरोना लागेको समाचारले मनमा पिर भयो । सबैले आफ्नो आफ्नो ख्याल राख्दै छौँ चिन्ता नगर भनेर सम्झाए बुझाए । सरोजराज गोसाई सरले पनि बेलाबेला फोन गरेर सम्झाउनुभएको थियो । उहाँले आफूलाई पनि कोरोना लागेको तर छिट्टै निको भएको उदाहरण दिनुभयो । मैले पनि आफूले आफैलाई सम्झाएँ । उता थिमिबाट आमा, दातउजू, बहिनीज्वाइँले बेलाबेला गर्ने फोनकलले मेरो निम्ति ‘भिटामिन’ जत्तिकै काम गर्यो । यस्तैमा आमाको मुख हेर्ने दिन आमाको याद आयो । फोनमा आमासँग कुरा गर्दा आवाज रुन्चे पो सुनिएछु । आमाले सम्झाउनुभयो । छिट्टै निको भएपछि भेटौँला, हामी सँगै त छौँ नि भनी सम्झाउनुभयो ।
यता आइसोलेसन सेन्टरमा सँगै बस्ने साथीहरू सबैले सबैलाई माया र स्नेह गर्नुहुन्थ्यो । कोही नखाइकन बसे बाँकी साथीहरूले सम्झाउनुहुन्थ्यो । यसरी दिन बित्दै थियो । मभन्दा पहिला आउनुभएका साथीहरू आइसोलेसनको अवधि सकाएर निको भई फूर्तिलो भई घर फर्किने क्रम जारी थियो । आफूले पनि छिटो निको गरी फूर्तिलो भई घर फर्किने सङ्कल्प गरेँ मनमनै । यता आइसोलेसनमा १० दिनको अवधिको एकान्तवासपछि घर जान मिल्छ भनी नर्सले भन्नुभएकोले होला त्यो १० दिनको अवधि कहिले सकिन्छ भनी दिनमा १० चोटि गन्थेँ । घर भनेको स्नेहको आँगन रहेछ । घरको मायाले यसरी तानिँदो रहेछ । मेरो प्यारो घर सम्झेर मनमनै खुसी भएँ ।
यस्तैमा फेसबुक र अनलाइन न्युजमा कतिपयले अस्पतालमा बेड नपाएर, अक्सिजन नपाएर मृत्युवरण गरेको समाचार देख्दा एकदमै पीडा भयो । कोही चिनेका कोही नचिनेका मान्छेहरूलाई श्रद्धाञ्जलीका शब्द फेसबुकको भित्तामा राखेको देखेर मन रुन्थ्यो । यस्तैमा ख्वप कलेजमा बीएस्सीमा भौतिकशास्त्र पढाउनुभएका सरोज राजलवट सर अल्पायुमा बित्नुभएको समाचारले म स्तब्ध भएँ ।
जनता यसरी रोगले छटपटाउँदै गर्दा सरकार कुर्सीको समीकरण मिलाइरहेको सुन्दा म आक्रोशित भएँ । एक सिलिन्डर अक्सिजन, बेड नपाई छटपटाइरहेको बेला सरकार तिमी कहाँ छौ ? तिमी केको लागि कसलाई शासन गर्दै छौ ? तिम्रो अभिभावकत्व कहाँ छ ? सरकारले जे गर्दा पनि चुपचाप सहेकै थिए जनताले ! आज निमुखा भई आफ्नो आफन्तको जीवनको भीख मागेसरि एक सिलिन्डर अक्सिजन र आइसीयूको लागि आफैले मरिमेट्दा पनि नपाएर अकालमा आफन्त गुमाएका जनताको आँसुले पोल्दैन सरकार तिमीलाई ? तिम्रो औचित्य कहाँ बाँकी छ ? कहिले पो आउने हो सद्बुद्धि ? धत् ! सरकार ।
यसरी दिन बित्दै गयो । आइसोलेसनको एकान्तवासको १० दिनको अवधि सकाइ घर फर्किने दिन पनि आयो । त्यो बिहानदेखि मनमा फूर्ति नै बेग्लै थियो । म घर फर्किने कुरा श्रीमान्लाई १० चोटि सुनाएँ होला ।
अहोरात्र बिरामीको सेवामा समर्पित आइसोलेसन केन्द्रका स्वास्थ्यकर्मी आफ्नो ड्यूटी सकाएर घर पुग्दा आफ्ना परिवारलाई कति जोखिम हुँदो हो ? यद्यपि, ती स्वास्थ्यकर्मी सजग र सचेत भई आफू र आफ्नो परिवारलाई कोरोनाबाट जोगाउन सके त कति अवस्थामा आफू र आफ्नो परिवार सङ्क्रमित भएको समाचार सुन्दा सा¥है दुःख लाग्छ । सम्पूर्ण डाक्टर, नर्स, सफाइ कर्मचारीलगायत त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीले मनलाई द¥हो बनाएर निःस्वार्थरूपमा गरेको सेवा, आफ्नो कर्म गर्न कम आँट र विश्वासले गर्न सकिने काम पक्कै पनि होइन । आफ्नो घर परिवारलाई कोरोना सर्नसक्ने जोखिम हुँदाहुँदै पनि कति कर्मठ भई निःस्वार्थ सेवा गर्न सकेका होलान् भन्ने लाग्दछ । ‘ईश्वर’ ढुङ्गाको मूर्तिमा खोज्छौ तर वास्तविक ‘ईश्वर’, जीवन्त ‘ईश्वर’ त तिनै स्वास्थ्यकर्मी हुन्, तिनै सफाइ मजदुर हुन् जो मात्र एउटा पीपीईको भरमा मजस्ता कोरोना सङ्क्रमितलाई सेवा गर्न अहोरात्र खटिरहेका छन् ।
एउटा बेड, अक्सिजन, आइसीयू नपाएर जनता अकालमै जीवन गुमाइरहेको अवस्थामा सरकारको अकर्मण्यताबीचमा जनता आज सासको सङ्घर्षमा कति लड्छन् ? सरकार सत्ता र कुर्सीको हिसाबकिताब मिलाउनमा बेफुर्सद भएका बखत जनताका जीवनमरणको हेक्का राख्ने समय कहाँ मिल्थ्यो र ? यस्तो विषम परिस्थितिमा भक्तपुर नगरपालिकाले बिरामीको निःशुल्क उपचार गरिरहेको छ । स्रोतसाधन आफैले जुटाई सरकारको मुख नताकेर यसरी देशका फरकफरक ठाउँबाट सम्पर्कमा आएका बिरामीलाई निःशुल्करूपमा स्वास्थ्यसेवा तथा सुविधा उपलब्ध गराइरहेको छ । यहाँबाट स्वास्थ्य लाभ भई घर फर्किने क्रममा सबैले यस आइसोलेसन सेन्टरप्रति आभार प्रकट गरे । यस आइसोलेसन सेन्टरबाट घर फर्किने बेला मलगायत अरू साथीहरूलाई घर पुगिसकेपछि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डका बारेमा परामर्श दिइयो । स्वास्थ्यलाभ गरी घर फर्किने कुराले मनमा बेग्लै खुसी थियो । हामी बिरामी भएका बखत घरसम्म लिन आएका गाडीले स्वस्थ भएका मसँगै अरू साथीहरूलाई घरसम्म पु¥याउन आएको थियो । तत्क्षण ती कठिन १० दिनको समयावधिलाई सरसरती सम्झेँ र ती कठिन दिनमा मलाई निःस्वार्थरूपमा स्वास्थ्यसेवा दिनुहुने डाक्टर, नर्स, सफाइ मजदुरलगायत सम्पूर्णमा हृदयदेखि नै आभार प्रकट गर्दछु । हामीलाई यसरी स्वस्थ बनाएर घर पु¥याउन पाउँदा ती सम्पूर्ण डाक्टर, नर्स तथा अन्य कर्मचारीहरूको मुहारमा खुसी र आनन्द छाएको अनुभव गर्दै थिएँ ।
गरे नहुने केही रहेनछ । मात्र मनमा जनताको सेवा गर्छु भने मूलमन्त्र लिनसक्नु पर्दोरहेछ । कथित राजनीतिक दल सत्ताको ताण्डप नृत्य देखाउनमा बेफुर्सद भइराख्दा भक्तपुर नगरपालिकाले यसरी निःशुल्करूपमा आफ्ना जनतालाई प्रदान गरिएको यस कार्यलाई अन्तर मनदेखि नै सराहना गर्न चाहन्छु ।
घर पुग्दा मलाई अपार सुखानुभूति भयो । घर पुगेर नुहाएर सफासुगर भई भाउजूले पकाएको खाना खान पाउँदा अत्यन्तै सन्तुष्ट भएँ । घरका सबै खुसी भए ।
हामी श्रीमान् श्रीमती कोभिडबाट निको हुने क्रममा छौँ । व्यक्तिगत सरसफाइ तथा स्वास्थ्य मापदण्डलाई विशेष ध्यान दिएर अझै केही दिन घरमा एकान्तवासमा नै हुन्छौँँ । शरीर विस्तारै तङ्गिँ्दै छ । विस्तारै आफ्नो दैनिक जीवनलाई सावधानीका साथ अघि बढाउने क्रममा छु ।
यो कोभिड रोगलाई आफ्नै आत्मविश्वास, सकारात्मक सोच र बलियो खानपान तथा नियमित औषधि सेवनले निको बनाउन सकिँदो रहेछ । साथमा आफन्त घर परिवारको माया, स्नेह र हौसलाले नै यो रोगलाई जित्न मद्दत गर्दोरहेछ । मैले यी सबै कुरा पाएँ र सोचेभन्दा छिटो निको भएर आएँ ।
मलाई शुभेच्छा दिनुहुने, माया गर्नुहुने सबै परिवार, साथीभाइ, सहकर्मी, आइसोलेसन सेन्टरका डाक्टर, नर्स तथा आफन्तप्रति हृदयबाट नै नमन !
Leave a Reply