आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाको समयावधि एक महिना नाघिसकेको छ । यो अवधिमा दैनिक ज्यालादारी काम गर्ने मजदुरकिसानले निकै दुःख र हन्डर खेप्नुपरेको छ । खेतीबाट उत्पादित तरकारी बेचेर जीवन निर्वाह गर्दै आइरहेका परिवारका सदस्यहरूलाई निषेधाज्ञाको नाममा निकै सास्ती खेप्न बाध्य बनाइएको छ ।
खेतभरि मौसमी तथा बेमौसमी बाली छ । अत्यावश्यक वस्तुमा कृषिउत्पादन पनि पर्दछ । बजारमा तरकारीको माग पनि छ । बुटवल बजारमा मात्र होइन, काठमाडौँसम्म भारतीय तरकारी, फलफुल निर्वाधरूपमा ढुवानी भइरहेको छ । तर, गाउँको तरकारी बजारमा लान दिइएको छैन । दैनिक बजार लान नपाउँदा खेतमै तरकारी खेर गइरहेको छ । बेमौसमी खेतीको रूपमा उत्पादन हुँदै आइरहेको गोलभेँडा खेतमै कुहिएको छ । करेला बोटमै पाकेर गलेको छ । लौका झालमै छिपिँदै छ । तर, बजारमा तरकारी हाहाकार छ । तर, बजारका मान्छेहरूले हप्तौँ अगाडिको ओइलिएको भारतीय तरकारी खानु परेको छ ।
अहिलेको चर्को गर्मीमा काँक्रो र खर्बुजाको बजार निकै राम्रो मानिन्छ तर किसानको खेतबारीमा बनेको टनेलभित्र फलेका काँक्रा र खर्बुजा टनेलभित्रै कुहिँदै छ । रूपन्देहीकै किसानहरूले उत्पादन गरेका ती कृषिजन्य उत्पादनहरू बुटवल बजारसम्म पनि लान नदिइँदा किसानको पसिना मलमा परिणत भइरहेको छ । स्थानीय सरकारले किसानलाई कृषिमा आकर्षित गर्न कृषि औजारलगायतमा केही अनुदान दिएपनि बजारमा सहज पहुँच नहुँदा किसान निराश बनेका छन् । व्यक्तिगत वा साझेदारीमा लगानी गरेर कृषि कर्ममा लागेका युवा किसानले पनि राज्यको अदुरदर्शिता र अकर्मण्यताका कारण पेशाबाट हात झिक्नुपर्ने स्थिति आएको छ ।
लेकबेशी बहुउद्देश्यीय कृषि फर्म, कञ्चन – ४ का युवा कृषि उद्यमी टीका श्रीसको टनेलमा करिब १ लाख बराबरको खुर्सानी, काँक्रा र हरियो साग उब्जनी भएको छ । स्पिन्जर च्याउ फर्म, कञ्चन – १ का च्याउ उत्पादक गंगाधर शर्माको करिब २७ वटा टनेलभित्र दैनिक डेढ क्विन्टल च्याउ उत्पादन भइरहेको छ । दुवै कृषि उद्यमीहरूलाई एउटै चिन्ताले सताएको छ – ती उत्पादित च्याउ, खुर्सानी, काँक्रा र हरियो साग बजारमा कसरी पु¥याउने ? निषेधाज्ञाको कारण बजारमा लैजान नपाउँदा ती उत्पादन दिनहुँ कुहाएर फाल्नुपरेको छ ।
एपिएस माध्यमबाट कोरिया गई स्वदेश फर्किएका कञ्चनकै युवाहरूले स्थापना गरेको एग्रो क्राफ्ट कम्पनीबाट सञ्चालित भैँसी फर्मबाट उत्पादित दैनिक डेढ सय लिटर दूध पनि निषेधाज्ञाकै कारण बजारसम्म पु¥याउन नपाउँदा दैनिक खर्च धान्न नै मुस्किल परेको कम्पनी सञ्चालक ध्रुब पुनले बताएका छन् । सञ्चालक पुन भन्छन्, “दूध त्यत्तिकै खेर फाल्नु परेको छ । एक दुई दिनको दूध भए जसरी नि व्यवस्थापन हुन्थ्यो । तर, सधैँ उत्पादन हुने दूधलाई व्यवस्थापन गर्न गाह्रो छ ।”
सामान्य अवस्थामा आफ्नो टनेलबाट उत्पादित च्याउ बजारको माग पूरा गर्न नसकिरहेको बताउँदै स्पिन्जर च्याउ फर्मका सञ्चालक गंगाधर शर्माले निषेधाज्ञापछि दैनिक करिब डेढ क्विन्टल च्याउ कुहिएर गएको बताए । दैनिकरूपमा च्याउ बजार लगेर बेच्ने बजार प्रतिनिधिहरू र च्याउ फार्ममा च्याउ झिक्ने २५÷२६ जनाले समेत दैनिक रोजगारी गुमाउनु परेको सञ्चालक शर्माले बताए । शर्माले करिब १ करोड रुपैयाँ खर्चेर च्याउ जोनको रूपमा विकास गरी विगत १० वर्षदेखि च्याउ खेती गर्दै आएका छन् ।
करिब ३० लाख रुपैयाँ खर्चेर बनाइएको टनेलमा लटरम्म फलेका खुर्सानी, काँक्रो र साग बेच्न नपाएर लेकबेसी बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक टिका श्रीसको दैनिक हजारौँ रुपैयाँ नोक्सान भइरहेको बताइएको छ ।
कोरोना महामारीमा स्थानीय र प्रदेश सरकारहरूले कृषि एम्बुलेन्सको कुरा गरे पनि कार्यान्वयन नगरेकोमा दुःख व्यक्त गर्दै स्पिन्जर च्याउ फर्मका सन्चालक गंगाधर शर्माले स्थानीय तथा प्रदेश सरकारले कृषि एम्बुलेन्सको व्यवस्था नगरिदिँदा कृषकले लाखौँको घाटा व्यहोर्नुपरेको बताए ।
Leave a Reply