ट्रम्पले अचानक किन खोजे सीको साथ ?
- जेष्ठ ३, २०८३
एकातिर विश्व कोभिड—१९ को महामारीका कारण त्राहिमाम त्राहिमामको अवस्थामा छ भने अर्कोतिर वातावरणविद्, प्रकृतिप्रेमी तथा संरक्षणकर्मीहरू वातावरण संरक्षण अभियानमा व्यस्त छन् । सन् १९७४ देखि हरेक वर्ष वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि जून ५ तारिखका दिन वातावरण दिवस मनाउँदै आइरहेको छ । सदाझैँ यस वर्ष पनि विश्वभर विविध कार्यक्रमसहित यो दिवस मनाउँदै छ । तर, यसपल्ट महामारीका कारण भौतिक उपस्थिति असुरक्षित भएकोले अनलाइन माध्यमबाटै विविध कार्यक्रमहरू सञ्चालन गरिँदै छ । यस वर्ष १४३ भन्दा बढी राष्ट्रहरूमा ‘पारिस्थितिक प्रणालीको पुनः स्थापना’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ । नेपालमा पनि यस दिन अनलाइन माध्यमबाट वातावरण संरक्षणका तस्बिरहरूको प्रदर्शनी, सभा, गोष्ठी, विचार विमर्श, चुनौती, भावी कदमका छलफल र बहसजस्ता कार्यक्रमहरूका साथ यो दिवस मनाइँदै छ ।
सुरक्षित वातावरणबिनाको मानव अस्तित्व असम्भव छ । क्षणिक लाभको लागि प्रकृतिको दोहन गर्नु कालिदासले रुखमा बसेर हाँगा काटेझैँ मूर्खता गर्नुसरह हुन्छ । विकासको नाममा गरिने विनाशले हालको कोभिड—१९ जस्तै महामारी निम्त्याउँछ । फलतः यसले मानव जातिको जीवन शैलीलाई छेद विच्छेद बनाई जीवन र मरणको सङ्घारमा पु¥याउँछ । जुन अहिले सारा मानव जातिले भोगिरहेका छन् । वातावरणको विनाशकै कारण सन् १९४१ देखि ३३५ भन्दा बढी साङ्घातिक रोगहरू फैलिरहेको छ । विविध प्राकृतिक तथा मानवीय स्वार्थका कारण वन विनास हुँदा लाखौँ वन्यजन्तुहरूले उचित वासस्थान गुमाइरहेका छन् । त्यहाँ रहेका ती असङ्ख्य जीवजन्तुहरू मानवीय बस्तीतिर प्रवेश गरेका छन् । जसका कारण बर्सेनि मानव र वन्यजन्तुहरूको द्वन्द्वका घटनाहरू बढिरहेका छन् । ती वन्यजन्तुको आगमनका कारण पशुजन्य रोगहरू मानव समुदायतिर फैलिरहेको छ । झन्डै ६० प्रतिशत सङ्क्रामक रोग जनावरबाट मानवमा सर्ने गरेको तथ्याङ्कले देखाएको छ । तीमध्ये ७१ प्रतिशत रोग वन्यजन्तुबाट सर्ने गरेको छ भने २९ प्रतिशत रोग घरपालुवा जनावरबाट सर्ने गरेको छ । सन् १९९७ मा तेल उत्पादनको नाममा मलेसियाको घना जङ्गल फँडानी हुँदा त्यहाँ भएका फलफुलमा आस्रित १७ प्रजातिका चमेराहरूको वासस्थान नष्ट भयो । फलस्वरूप ती चमेराहरू मानवीय बस्ती वरिपरिका फलफुलका बोटहरूमा झुम्मिए । यसरी चमेराका बस्तीसहित झरेका फलफुलहरू बङ्गुरपालनमा प्रयोग गरियो । ती बङ्गुरहरूमा ‘निपाह’ नामक भाइरसको सङ्क्रमण भयो । ती बङ्गुरहरूबाट बङ्गुर पाल्ने किसानहरू हुँदै महामारीको रूपमा फैलियो । यस महामारीको मृत्युदर ४० प्रतिशत रह्यो जुन हालको कोभिड — १९ महामारी (मृत्युदर औसत ४ प्रतिशत) भन्दा उच्च रहेको थियो ।
अतः क्षणिक लोभ, लाभ, दबाब, राजनीतिक गतिविधि या विकासको नाममा गरिने प्रकृतिको दोहन वा वातावरणको विनास गर्नुअगाडि विगतको इतिहासलाई सम्झौँ । पाँचौँ विध्वंसमा डाइनोसरहरू संसारबाट लोप भए । अब छैठौँ विध्वंसमा सारा मानव जाति ब्रह्माण्डबाट विलुप्त हुने अवस्था नआवस् । बेलैमा विवेक पु¥याऔँ । प्रकृतिसँग खेलबाड नगरौँ । वन, वन्यजन्तु तथा वातावरणको संरक्षणमा ध्यान पु¥याऔँ ।
(लेखक प्राणीशास्त्री एवम् भक्तपुर बहुमुखी क्याम्पस र बासु माविका शिक्षक हुुनुहुन्छ ।)
Leave a Reply