अस्सी वर्षभन्दा अघि अमेरिकी पत्रकार एड्गर स्नोले ‘चीनको आकाशमा रातो तारा’ नामको पुस्तक लेखेका थिए । पुस्तकमा सन् १९३० दशकमा चिनियाँ क्रान्तिको दुर्लभ र विस्तृत व्याख्या गरिएको छ ।
उनले पुस्तकको झन्डै एकतिहाइ भाग उत्तरपश्चिम चीनको निङ्स्या हुई स्वशासित क्षेत्रको हिजोआज तोङ्सिन काउन्टी भनी चिनिने युवाङबारे लेखेका छन् ।
पुस्तकमा स्नोले युवाङमा चर्को कर र तिरो खारेज गरिएको र लाल सेनाका सिपाहींहरूका मिहिनेती र अनुशासित जीवनबारे लेख्नुका साथै स्थानीय मुसलमान परम्पराप्रति लाल सेनाको सम्मानबारे पनि लेखेका छन् ।
यो वर्ष चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो शतवार्षिकी मनाउँदै गर्दा तोङ्सिन काउन्टीका ३ करोड ८० लाखभन्दा बढी मानिसले निरपेक्ष गरिबीबाट बिदा गरे । त्यहाँ बसोबास गर्ने आदिवासी समूहबीच गतिलो सद्भावपूर्ण सम्बन्ध छ । अनि समृद्धिको भविष्य पनि सुनिश्चित छ ।
गरिबीविरुद्धको लडाइँ
युवाङमा लाल सेना आउनुअघि त्यहाँ कोमिङताङको शासन थियो । त्यत्तिबेला त्यो काउन्टी चरम गरिबीको दलदलमा फसेको थियो । स्नोले लेखेका छन्, “अध्ययन गरिएको एउटा जिल्लामा ७० प्रतिशतभन्दा बढी किसानहरू ऋणमा रहेको पाइयो । त्यस्तै झन्डै ६० प्रतिशत जनताले ऋण लिएर खाना किनेको देखियो ।”
“लाल सेनाले गरिबको पक्षमा लडे”, याङ चेनह्वाका ७० वर्षका हजुरबुबाले स्नोलाई भनेका थिए । याङका अनुसार उनको हजुरबुवा र त्यत्तिबेलाका गाउँलेहरू लाल सेना आउँदा डराएर भागेका थिए । तर, पछि उनीहरूले लाल सेनाहरूले आफ्नो एउटा सियो र धागोमा पनि हात नलिएको र खेतको बालीनालीमा पनि कुनै हानि नगरेको देखे ।”
“मेरो बुबाले लाल सेनाको प्रशंसा गरे । उनीहरूलाई उहाँले जनताको असल सेना भएको पाए”, उनले भने ।
प्रतिकूल वातावरणको कारण संसारमै बस्न निकै कठिन मानिएको सिहाइकुमा पर्ने तोङ्सिनले चरम गरिबी निवारणमाथि ऐतिहासिक जीत हासिल ग¥यो ।
दशकौँसम्म याङले सखारै बिहानदेखि ढिला रातिसम्म आफ्ना श्रीमतीसहित पाँच जना केटाकेटीले मरीमरी काम गर्दा पनि पेटभरि खान पुगेको थिएन । वर्सेनि हुने खडेरीको कारण उनीहरूले लगाएको बालीमा फसल लाग्दैनथ्यो ।

पार्टी प्रमुख तिङ पशुको उपचार गर्दै
सन् २०१४ मा उनको परिवार गरिब परिवारमा दर्ता भयो । सरकारको गरिबी निवारण कोषबाट ८ हजार युआन (१ हजार २५० अमेरिकी डलर) प्राप्त भएपछि उनले दस वटा भेंडा किने । सरकारको त्यही कोषबाट उनले वार्षिक भेंडा हुर्काउने अनुदान पनि प्राप्त गरे । अहिले याङसँग तीस वटा भेंडा छन् ।
एड्गर स्नोले त्यत्तिबेला याङको आँगनको पूर्वी पर्खालको तस्वीर खिचेका थिए । याङको परिवारले त्यो पहाड खोस्रेर बनाएको घर छोडेर रातो भित्ता र सेता टाइलले छाएको आधुनिक नयाँ घरमा सरेको धेरै वर्ष भइसकेको छ ।
तोङ्सिनका एक लाखभन्दा बढी गरिब बासिन्दामध्ये याङको परिवार पनि थियो । अहिले त्यहाँका बासिन्दाले गरिबीको जरा उखेलिसकेका छन् । गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा र पूर्वाधारका साथै काउन्टीका किसानहरूको प्रतिव्यक्ति कुनै पनि समय खर्च गर्न सक्ने आम्दानी सन् २०१४ मा ६ हजार युआनबाट यो वर्षको अन्त्यसम्ममा ११ हजार युआन पुगेको छ ।
क्रान्तिकारी भावना
कुनै समय लाल सेनाको सैनिक कारबाहीको लडाइँ भूमि ‘रेड टाउन’ (क्रान्तिकारी नगर) मा स्नोले सिपाहीहरूको साहसको प्रशंसा गरेका थिए । “चट्टानी धैर्यता र बिनागुनासो कठिनाइ सामना गर्ने चिनियाँ किसानहरूले ओगटेको लाल सेना अपराजयी थिए”, उनले लेखेका थिए ।
“सबैको लागि समानता र समृद्धिमा आधारित उज्यालो भविष्यप्रतिको दरिलो विश्वास नै लाल सेनाको विलक्षण लडाइँको जग थियो”, स्नोले भनेका छन् ।
काउन्टीको हानतियानलिङ गाउँका पार्टी प्रमुख तिङ चियाङह्वाले आफ्ना गाउँलेहरूलाई एउटा गोठ बनाउन परिवारको सबै सम्पत्ति र बचत खर्च गरेका छन् । उनले त्यो गोठ गाउँलेहरूलाई निःशुल्क प्रयोग गर्न दिएका छन् । उनी गाउँकै सबै गाइवस्तुको स्वशिक्षित पशु चिकित्सक पनि बनेका छन् ।
सन् २०१३ को तुलनामा अहिले गाउँमा गाइवस्तुको सङ्ख्या ३ हजारभन्दा बढीले बढेको छ । एक दशकमा गाउँका गाउँलेहरूको आम्दानी दस गुणाले बढिरहेको छ ।
“मेरो लक्ष्य भनेको गाउँका हरेक परिवारलाई नयाँ घर र एउटा कार किन्ने अवस्थामा पु¥याउनु हो”, तिङले भने ।
ग्रामीण क्षेत्रमा पानी, विद्युत्, सडक र इन्टरनेट पूर्वाधारमा सुधारपछि धेरैभन्दा धेरै युवाहरू आफ्नै गाउँ फर्केर काम गर्न लालायित भएका छन् । उनीहरू ग्रामीण विकासको सबभन्दा बलियो आधार बनेका छन् ।
कलेजको पढाइ सकेर चाङ चिफेई नानयुआनको आफ्नो गाउँ फर्के । उनले वैज्ञानिक तरिकाबाट कुखुरा पाल्ने काममा गाउँमा नेतृत्व गरिरहेका छन् । उनको कुखुरा फार्ममा कुखुराको हुल चारा टिप्दै छन् भने आधुनिक सङ्गित पनि गुञ्जायमान भइरहेको छ ।
“लगातार सङ्गित सुन्दा तनाव पनि कम हुन्छ र कुखुराको आयु पनि बढ्छ”, उनले भने ।
उनकै सहायतामा गाउँका आठ परिवारले कुखुरा पालिरहेका छन् । उनीहरूले औसतमा तीन हजार कुखुरा पालेका छन् ।
कुखुरा कोरल्ने पहिलो महिना ज्यादै महत्वपूर्ण हुन्छ । उनी त्यत्तिबेला खोरमा हरेक दिन प्रत्येक दुई घण्टामा दिन रात निगरानी राख्ने गर्छन् । तापक्रम र आद्र्रता परीक्षण गर्छन् । कुखुराको हुर्काईमा पनि लगातार ध्यान दिन्छन् ।
“यी सबै गतिविधिलाई लालसेनाको लामो हिँडाइसँग तुलना गर्न कठिन छैन”, उनले भने ।
स्रोत : सिन्ह्वा
नेपाली अनुवाद : अमित
Leave a Reply